तुलसीपुर,३ असोज ।
झुलेनी सेवा समाज नेपाल दाङले संविधान दिवसको अवसर पारेर रक्तदान गरेको छ ।
दिवसको अवसरमा समाजले आज (बिहीबार ) तुलसीपुरमा रक्तदान गरेको हो । कालिकादेवी रक्तसञ्चार केन्द्र तुलसीपुरमा भएको कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन् ।
समाजका अध्यक्ष गोबिन्दराज भण्डारीको अध्यक्षता तथा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका वरिष्ठ सर्जन डाक्टर सुशील आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि आचार्यले हरेक तीन-तीन महिनाको अवधिमा रगत दान गर्नु मानवीय स्वास्थ्यमा सकारात्मक प्रभाव रहने बताउनुभयो । उहाँले पछिल्लो समय सबै रक्त समुहका रक्तदाताहरूले कार्यक्रम रक्तदान गर्ने परिपाटिको विकास भईरहेका बेला अब रक्त समूह विभाजन गरेर रक्तदान गर्ने परिपाटिको विकास गर्नुपर्ने बताउनुभयो ।
धनञ्जय गोत्रीय भण्डारी समाजका केन्द्रीय सल्लाहकार भीमप्रसाद भण्डारीले रक्तदान कार्य मानवीय सेवाका साथै स्वास्थ्यलाई समेत फाइदा हुने भएकाले हरेक नागरिकले रक्तदान गर्न कन्जुसाई गर्न नहुने बताउनुभयो ।
त्यस अवसरमा गोविन्दराज भण्डारी, सुरज भण्डारी, बसन्त पौडेल, एकराज भण्डारी, विष्णु भण्डारी, विमल भण्डारी, फर्साराम भण्डारी, शारदा भण्डारी बुढा, त्रिभुवन भुसाल,कृष्ण भण्डारी र मिनराज भण्डारीले रक्तदान गर्नुभएको हो ।
समाजका सदस्य तथा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दुर्गा प्रसाद भण्डारीले गर्नुभएको हो ।