२०८३ बैशाख २० गते आइतवार

तपाईको आजको राशिफल २०८१ असोज ५ गते शनिबार



 

मेष राशि: मनमा हर्ष उल्लास छाउला। कम मेहनतमा पनि सफलता हात लाग्ला। बाणि द्वारा अरुलाई प्रभावित परिनेछ।

वृष राशि: कार्यमा वाधा उत्पन्न हुनेछन्। कसैको दबाब सहनु पर्ला। मन अशान्त रहला। पारिवारिक समस्या बढ्ला।

मिथुन राशि: सामाजिक कार्यमा रुचि बढ्नेछ। कुनै विशिष्ट व्यक्तिको भेटघाटले मनमा हर्ष उत्पन्न होला। हिम्मत बढेर आउला।

कर्कट राशि: शिक्षक र विद्यार्थीको लागि आज दिन शुभ रहला। आदर्श व्यक्तिसँग सहकार्य हुनेछ। कुनै पनि सामाजिक कार्यमा सरिक भइएला।

सिंह राशि: अधुरा कार्यहरू आज पुनः सुचारु हुनेछन्। तपाईँको कार्यको प्रसंसा हुनेछ। नयाँ कुरा सिक्न पाउँदा मनमा खुसी छाउनेछ।

कन्या राशि: स्वास्थ्यमा अलिक ख्याल राख्नु होला। निर्णय गर्दा विचार गरेर अगाडि बढ्नु होला। चुनौतिको सामना गर्नु पर्ला।

तुला राशि: न्यायिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्ला। चिताएका कार्यहरू पूर्ण होलान्।

वृश्चिक राशि: तपाईँले गरेको कामको प्रसंसा बढ्नेछ। धर्मकर्ममा मन जाला। मनमा भने एकखाले भय उत्पन्न होला।

धनु राशि: भाग्य बढ्ने समय छ। विभिन्न अवसर प्राप्त होला। सम्मान बढ्ला। नयाँ कार्यको प्रारम्भ होला।

मकर राशि: सामान हराउने, चोरी हुने सम्भावना छ। कार्यमा वाधा उत्पन्न होला। यात्रामा सजगता अपनाउनु होला।

कुम्भ राशि: सामाजिक कार्यमा सरिक भइएला। तपाईँको कामको मूल्याङ्कन होला। दिन मनोरन्जनात्मक भएर बित्ला।

मीन राशि: बोलिको प्रभावले कार्य सम्पादनमा सहजता आउला। अधुरा कार्य पुनः सुचारु होलान्। लेखन कलाले प्रसंसा पाउला।

आजको लागि वास्तु टिप्स
घरको उन्नति र प्रगतिको लागि ऐना राख्दा कुन दिशामा राख्ने त?

पूर्व वा उत्तर भित्तामा राख्नुस्।बेडरुममा नराख्नुस्, तर राख्नै परे बेडको सामुन्ने राख्नु हुदैन। ढोकाको सामुन्ने राख्नु हुदैन।वाथरुममा पश्चिम र दक्षिण भित्तामा राखिनु हुदैन। गोलाकार एवं त्रिकोणिय ऐना राख्नु शुभ हैन।

ज्योतिषी तथा वास्तुविद् माधवा शर्मा आचार्य
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क लाइन, जेसिस चोक, दाङ।
फोन नं: ९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार