मेष राशि: आफ्नै प्रयासले गरिएका कार्य सफल रहनेछन्। मनमा हर्ष छाउनेछ। रोजगारका अवसर प्राप्त हुनेछ।
बृष राशि: सोचे अनुसार कार्य सम्पन्न नहुन सक्छ। सामाजिक तथा राजनीतिक कार्यमा अपजस सहनु पर्नेछ। मध्यान्नपछिको समय भने केही ठीक हुनेछ।
मिथुन राशि: लामो समयदेखि अधुरा रहेका कार्य पुनः सुचारु हुनेछन्। शुभकार्यको चर्चा हुनेछ।
कर्कट राशि: आजको दिन मध्यम रहनेछ। कठिनाइको बाबजुद पनि कार्य सफल हुनेछ। धार्मिक र सामाजिक कार्यमा मन जानेछ।
सिंह राशि: मनमा खुशी छाउनेछ। शुभकर्ममा मन जानेछ। विद्यार्थीहरूको लागि विशेष रहनेछ। सोचे अनुसार कार्य सम्पादन हुनेछ।
कन्या राशि: चञ्चलता बढ्नाले कार्यमा ध्यान केन्द्रित गर्न गाह्रो हुनेछ। अनावश्यक धन खर्च हुन सक्छ।
तुला राशि: आजको दिन प्रेममय रहनेछ। तपाईंको कार्यको प्रशंसा हुनेछ। व्यावसायिक सफलता मिल्नेछ।
वृश्चिक राशि: मनमा अनेकौं नयाँ योजनाहरू बन्नेछन् जसले दीर्घकालीन फाइदा पुर्याउनेछ। यात्रा हुन सक्छ। पारिवारिक साथले महत्वपूर्ण कार्य सम्पादन हुनेछ।
धनु राशि: पारिवारिक साथ बिना कार्य गर्दा बिग्रन सक्छ। सजग रहनुहोस्। हिम्मत बढ्नेछ।
मकर राशि: स्वास्थ्य बिग्रन सक्छ, सजग रहनुहोस्। मन अशान्त रहनेछ। हिम्मत घट्नाले महत्वपूर्ण कार्य बिग्रन सक्छ।
कुम्भ राशि: कार्यहरू कागजी रूपमा मात्र सफल हुनेछन्। आज अरूको सहयोगमा धेरै काम अघि बढ्नेछ। राजनीतिक र कूटनीतिक सफलता प्राप्त हुनेछ।
मीन राशि: आज मनमा शान्ति छाउनेछ। आटेका कार्य सहजै सफल हुनेछन्। मन धार्मिक हुनेछ। हरेक कार्यमा उन्नति हुनेछ।
आजको लागि वास्तु टिप्स
बिहान उठ्नासाथ के गर्दा दिन शुभ हुन्छ त?आमाबुबाको चरण ढोग्ने, जसले गर्दा दिन अत्यन्तै शुभ हुन्छ। हरेक अफ्ठ्यारा कार्य सहजै सम्पन्न हुन्छन्।तुलसीमा जल चढाउने।सूर्यलाई जल चढाउने। पूजा स्थलमा दियो बाल्ने। आफ्नो योजना भगवानको अगाडि बोल्ने। सम्भव भए घरको दैलो वा गेट अगाडि स्वस्तिक वा अन्य शुभ चिन्हको रंगोली बनाउने।
के नगर्ने त?
ऐना नहेर्ने। अपशब्द र गालीगलौज नगर्ने। नकारात्मक विचार मनमा नल्याउने।
ज्याेतषी तथा वास्तुविद् माधवा शर्मा
सचिव – नेपाल ज्याेतिष परिषद् लुम्विनी प्रदेश ।
फाेन नं 9848060799
मनकामना ज्याेतिषय तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चाेकदेखि दक्षिणतर्फ ।