मेष राशि: आकस्मिक धन प्राप्त हुनेछ। साथीभाइको पूर्ण सहयोग मिल्नेछ। तपाईँको कामको प्रशंसा हुनेछ।
वृष राशि: स्वादिष्ट भोजन प्राप्त हुनेछ। तपाईँको बोलीको प्रभाव बढ्नेछ। कार्यमा सफलता मिल्नेछ र मन प्रसन्न हुनेछ।
मिथुन राशि: अधुरा कामहरू पूरा हुनेछन्। पारिवारिक साथले हरेक कार्यमा सहजता आउनेछ। मनमा उत्साह छाउनेछ।
कर्कट राशि: समय मध्यम रहनेछ। बोल्दा ध्यान दिनुहोस्, गलत अर्थ लाग्नाले मन दुख्न सक्छ। सम्बन्धमा अलिकता दूरी आउन सक्छ।
सिंह राशि: नयाँ कामको थालनी गर्न उपयुक्त समय हो। बुद्धिको प्रयोगले समस्याहरू समाधान हुनेछन्। दिन शुभ रहनेछ।
कन्या राशि: आफ्नो क्षमताप्रति तपाईँ स्वयं गर्वित हुनुहुनेछ। कला तथा साहित्यमा रुचि बढ्नेछ। पारिवारिक स्नेह र सहयोग बढ्नेछ।
तुला राशि: व्यवसाय फस्टाउने दिन छ। तीर्थयात्रा हुने सम्भावना छ। एउटै कार्यबाट दोहोरो लाभ प्राप्त हुने सम्भावना छ।
वृश्चिक राशि: कसैको दबाबले काममा बाधा आउन सक्छ। पारिवारिक समस्याहरू सिर्जना हुन सक्छन्। मानसिक शान्तिमा ध्यान दिनुहोला।
धनु राशि: कामहरू सहजै सम्पन्न हुनेछन्। अग्रजहरूको प्रशंसा पाइनेछ। धनागमनका स्रोतहरू बढ्नेछन्।
मकर राशि: सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ। आज गरिएको लगानीले दीर्घकालीन फाइदा दिनेछ।
कुम्भ राशि: दिन मध्यम फलदायी हुनेछ। अतिथिको स्वागत सत्कार गर्ने मौका मिल्नेछ। साथीभाइको सहयोग पाइनेछ, तर खर्च बढ्न सक्छ।
मीन राशि: नयाँ वस्त्र वा आभूषण प्राप्त हुनेछ। दैनिक कार्यहरू सोचेजस्तै सफलता मिल्नेछन्। दीर्घकालीन लगानी वा शेयर बजारमा विचार गरेर मात्रै निर्णय गर्नुहोला।
वास्तु टिप्स
यदि तपाईँलाई अनावश्यक खर्च भइरहेको छ भने निम्न कुराहरू ध्यान दिनुहोस्:
पर्समा बिल वा औषधिको कागज कहिल्यै नराख्नुहोस्, यसले ऋणको सम्भावना बढाउँछ।पर्समा औषधि राख्नु हुँदैन।सिरानीमा पैसा नराख्नुहोस्।सिक्का र नोटहरू सँगै नराख्नुहोस्।समय-समयमा आफ्नो पर्स सफा गर्नुहोस्।पर्समा रातो रंगको कागज वा कपडा सधैं राख्नुहोस्।घरमा प्रत्येक दिन गृहलक्ष्मीको गंगाजलले अभिषेक गर्नुहोस्।पर्समा पञ्चमुखी वा सप्तमुखी रुद्राक्ष राख्न सक्नुहुन्छ।
ज्योतिषी तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, दाङ
फोन: ९८४८०६०७९९
–

