२०८३ बैशाख २० गते आइतवार

तपाईको आजको राशिफल असोज ८ गते मङ्गलबार



मेष राशि – धर्मकर्ममा मन जाला। नयाँ कार्यमा सहभागी भइएला। हिम्मत बढेर आउला।

वृष राशि – मनमा उमङ्ग छाउला। दैनिक कार्यमा प्रगति होला। स्वास्थ्य भने विग्रेला।

मिथुन राशि – समय मध्यम फलदायि रहला। स्वास्थ्यमा सजगता अपनाउनु पर्ला। सामाजिक कार्यमा मन जाला।

कर्कट राशि – हिम्मत साहसले आफ्नो क्षेत्रमा नेतृत्व गर्न सकिनेछ। शत्रु पराजित् होलान्। स्वास्थ्य भने ख्याल राख्नु पर्ला।

सिंह राशि – वाणीको प्रभाव बढ्ला। मिष्ठान्न भोजन प्राप्त होला।

कन्या राशि – दिन प्रेमिल रहला। यात्रामा सरिक भइएला। मित्र मिलनले मनमा हर्ष छाउला।

तुला राशि – मन अशान्त रहला। आत्मबल घट्ला। मनमा नयाँ योजना बन्नेछन्।

वृश्चिक राशि – जोशजागर बढ्ला। रोकिएका कार्य पुन: सुचारु होलान्। स्वास्थ्य भने ख्याल राख्नु होला।

धनु राशि – बुद्धिको राम्रो प्रयोग होला। दोहोरो लाभ लिन सकिनेछ। स्वास्थ्यमा भने विचार पुर्याउनु होला।

मकर राशि – अध्ययन र अध्यापन क्षेत्रमा रुचि बढ्ला। सन्तानसँगको सम्बन्धमा सुधार आउला।

कुम्भ राशि – आत्मविश्वास उच्च रहला। धार्मिक यात्राको योजना बन्ला। व्यक्तिगत आकर्षण बढ्ला।

मीन राशि – स्वास्थ्यमा खराबी आउला। विवादबाट बच्न नै उपयुक्त रहला। खर्च बढ्ला।

आजको लागि वास्तु टिप्स

घरमा नकारात्मक ऊर्जा बढेको छ?

गाईको गोबरको दियो बनाउने, त्यसमा तेल राखेर सोमबार राति घरको मध्य भागमा दियो बालिदिनु, सबै नकारात्मकता हटेर जानेछ।

कमिलाको प्वाल नजिकै आटामा चिनी मिलाएर राखिदिँदा हरेक बाधाहरू हटेर जान्छन्।

ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा
सचिव, नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
फोन: ९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार