मेष राशि: रोकिएका कार्यहरू पुन: सुचारु हुने सम्भावना छ। नयाँ कार्यमा सहभागिता हुनेछ। हिम्मत बढ्नेछ।
वृष राशि: मनमा उमंग छाउनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। नयाँ ज्ञान प्राप्त गर्ने अवसर मिल्नेछ।
मिथुन राशि: स्वास्थ्यमा सजगता अपनाउनु पर्नेछ। सामाजिक कार्यमा मन जानेछ। आकस्मिक धन लाभको सम्भावना छ।
कर्कट राशि: चञ्चलता बढ्नेछ। धन हानि हुने सम्भावना छ, स्वास्थ्यको ख्याल राख्नुपर्छ। सरकारी कार्यमा ढिला सुस्ती हुन सक्छ।
सिंह राशि: बोलीको प्रभाव बढ्नेछ। मिष्टान्न भोजन प्राप्त हुनेछ। शुभ कार्यको चर्चा चल्नेछ।
कन्या राशि: दिन प्रेमिल रहनेछ। यात्रामा सरिक हुन सकिन्छ। नयाँ कार्यको योजना बन्नेछ। मित्रसँगको भेटले मनमा हर्ष छाउनेछ।
तुला राशि: आटेका कार्यबाट लाभ हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ। दिन प्रेमिल रहनेछ।
वृश्चिक राशि: निर्णयात्मक क्षमतामा कमी देखिनेछ। सामाजिक कार्यप्रति मन खिन्न रहनेछ। स्वास्थ्यको ख्याल गर्नुहोला।
धनु राशि: बुद्धिको राम्रो प्रयोग हुनेछ। दोहोरो लाभ लिन सकिनेछ। स्वास्थ्यमा विचार पुर्याउनुहोला।
मकर राशि: अध्ययन र अध्यापन क्षेत्रमा रुचि बढ्नेछ। सन्तानसँगको सम्बन्धमा सुधार आउनेछ।
कुम्भ राशि: आत्मविश्वास उच्च रहनेछ। धार्मिक यात्राको योजना बन्नेछ। व्यक्तिगत आकर्षण बढ्नेछ। मिष्टान्न भोजन प्राप्त हुनेछ।
मीन राशि: स्वास्थ्यमा खराबी आउने सम्भावना छ। विवादबाट जोगिनु नै उपयुक्त हुनेछ। खर्च बढ्नेछ तर सामाजिक प्रतिष्ठा बढ्नेछ।
आजको लागि वास्तु टिप्स:
दक्षिणमुखी पसलमा सामान कसरी राख्ने?
मन्दिर वा भगवानको फोटो पूर्व उत्तरतिर राख्नुपर्छ, नमिले पश्चिम उत्तरमा राख्न सकिन्छ।पूर्व उत्तरको कुनो सकेसम्म खाली राख्नुहोस्, नभए हल्का सामान सफा राख्नुपर्छ।उत्तर दिशामा पिउने पानी राख्नुपर्छ।भारी सामान दक्षिण हुँदै पश्चिमतिर राख्नुपर्छ। उत्तर र पूर्व दिशामा हल्का सामान राख्नुपर्छ। बिजुलीसँग सम्बन्धित उपकरण पूर्व दक्षिण दिशामा राख्नुपर्छ। क्यास बक्स पश्चिम वा दक्षिण पर्खालमा सटाएर, पूर्व वा उत्तर फर्केर क्यास बुझ्न मिल्ने गरी बनाउनुहोस्।
ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा
सचिव, नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
फोन: ९८४८०६०७९९

