मेष राशि – धार्मिक, सामाजीक तथा अध्ययनमा रुचि बढ्नेछ। साहस बढ्नेछ, कार्यमा सहजता आउनेछ। बौद्धिक क्षेत्रमा निखार आउनेछ। धनार्जनका स्रोतहरू बढ्नेछन्।
वृष राशि – बोली व्यवहारको प्रशंसा हुनेछ। धार्मिक यात्राको योजना बन्नेछ। पारिवारिक साथले हिम्मत बढ्नेछ। सम्पत्ति सम्बन्धी मुद्दामा सफलता मिल्नेछ। वित्तीय क्षेत्रमा सजगता अपनाउनु पर्नेछ।
मिथुन राशि – सामाजिक प्रतिष्ठा बढ्नेछ। पारिवारिक सहयोगले कार्यहरू सहजै सफल हुनेछन्। व्यवसायमा प्रगति हुनेछ। नयाँ योजनाहरू बन्नेछन्। यात्रा गर्नका लागि अनुकूल समय छ।
कर्कट राशि – स्वास्थ्यमा सुधार हुनेछ। सकारात्मक सोच र दृढ इच्छाशक्तिले हरेक कार्य सफल हुनेछन्। पारिवारिक जीवनमा केही चुनौतीहरू आउन सक्छन्। धैर्यताले कार्यमा सहजता आउनेछ।
सिंह राशि – दिन प्रेमिल हुनेछ। उत्साह र आनन्दमय जीवन हुनेछ। आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन्। सृजनात्मक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आर्थिक पक्ष राम्रो हुँदै जानेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ।
कन्या राशि – धार्मिक तथा सामाजिक कार्यमा मन लाग्नेछ। पारिवारिक साथले आत्मविश्वास बढ्नेछ। अध्ययन र अनुसन्धानमा मन जानेछ। तपाईंको आज विश्लेषण क्षमता उच्च हुनेछ।
तुला राशि – स्वास्थ्यमा सुधार हुनेछ। व्यक्तिगत सम्बन्धमा ध्यान दिनु पर्नेछ। मानसिक विचलन बढ्न सक्छ। कार्यमा चुनौतीहरू आउन सक्छन्, तर संयमता र धैर्यताले सहजता आउनेछ।
वृश्चिक राशि – पारिवारिक जीवनमा ध्यान दिनु पर्नेछ। परिवारसँग समय बिताउन पाउँदा मनमा हर्ष उत्पन्न हुनेछ। वैचारिक स्पष्टताले निर्णयात्मक क्षमतामा निखार ल्याउनेछ।
धनु राशि – साहसिक निर्णयहरू लिनुपर्ने समय आएको छ। व्यक्तिगत विकासका लागि आजको दिन राम्रो छ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। आर्थिक पक्षमा विशेष ख्याल गर्नुहोला।
मकर राशि – तर्क गर्ने क्षमता बढ्नेछ। शिक्षा र सृजनशीलतामा सफलता मिल्नेछ। आर्थिक कार्य गर्दा सोचविचार गर्नु होला। स्वास्थ्यमा सुधार हुनेछ।
कुम्भ राशि – धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। व्यक्तिगत जीवनमा खुसी छाउनेछ। आत्मविश्वास उच्च हुनेछ। पारिवारिक प्रेम बढ्नेछ। छोटो यात्रा फलदायी रहला।
मीन राशि – दीर्घकालीन योजना बन्दै छन् भने अलिक ध्यान दिनु पर्नेछ। पारिवारिक प्रेम बढ्नेछ। करियरमा नयाँ जिम्मेवारी थपिनेछ। आर्थिक पक्षमा स्थायित्व आउनेछ। मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनु पर्नेछ।
आजको लागि वास्तु टिप्स: आज केही गर्न नसके पनि पितृको नाममा दक्षिण फर्केर जल तर्पण गर्नुहोस् र दक्षिण फर्काएरै दियो बाल्नुहोस्। काग र कुकुरलाई भोजन दिनुहोस्, पितृ प्रसन्न हुनेछन्।
ज्योतिषी तथा वास्तु विद् माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९