मेष राशि
धर्मकर्ममा मन जानेछ। सामाजिक कार्यमा प्रेरित भइनेछ। मन प्रसन्न रहला र आर्थिक उन्नति हुनेछ। आज तपाईको प्रसंसा पनि हुनेछ।
वृष राशि
आजको दिन मध्यम रहनेछ। साना कार्यहरूमा अवरोध आउनेछ। झमेलामा पर्न सकिने सम्भावना छ। व्यवसायमा सोचेअनुसार उन्नति नहुन सक्छ। अनावश्यक खर्च बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनु उचित हुनेछ।
मिथुन राशि
आजको दिन शुभ फलदायी रहनेछ। कार्यहरू सिद्ध हुनेछ। अधुरा काम पुनः सुचारु हुनेछन्। विदेश सम्बन्धी काममा मार्ग प्रशस्त हुनेछ। आर्थिक उन्नति हुनेछ।
कर्कट राशि
धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ। अध्ययन र अनुसन्धानमा मन जानेछ। विश्लेषण क्षमता उच्च रहनेछ। स्वास्थ्यमा भने अलिक ध्यान दिनु पर्नेछ।
सिंह राशि
दिन रमाइलो रहनेछ। प्रेम सम्बन्धमा सुमधुरता आउनेछ। पारिवारिक सद्भाव बढ्नेछ। व्यवसायिक सफलता प्राप्त हुनेछ। रिस र आवेगलाई भने नियन्त्रणमा राख्नु पर्नेछ।
कन्या राशि
आजको दिन मध्यम फलदायी रहनेछ। आध्यात्मिक ऊर्जा बढ्नेछ। कार्यमा सोचेअनुरूप सफलता नहुन सक्छ। झमेलामा पर्न सकिन्छ, स्वास्थ्यमा ख्याल राख्नु उचित हुनेछ।
तुला राशि
आजको दिन प्रेमिल र उत्साहपूर्ण हुनेछ। आनन्दमय जीवन बित्नेछ। आर्थिक उन्नति हुनेछ। सामाजिक कार्यमा मन जानेछ। धार्मिक कृत्यहरूमा सरिक हुनेछ।
वृश्चिक राशि
साहसिक निर्णयले प्रगति दिलाउनेछ। दीर्घकालीन योजनाहरू बन्नेछन्। प्रेम सम्बन्ध कसिलो हुनेछ। बेलुकीपख अनावश्यक खर्च हुन सक्ने सम्भावना छ।
धनु राशि
धर्मकर्ममा मन लाग्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। चिताएका कामहरू तीव्र गतिमा सफल हुनेछन्। कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। आर्थिक उन्नति हुनेछ।
मकर राशि
आजको दिन मध्यम रहनेछ। आयव्यय, लाभहानि, दुखसुख बराबरी रहने समय हो। ठूलो लगानी गर्दा सावधानी अपनाउनु होला। कार्य क्षेत्रमा नयाँ जिम्मेवारी लिनु पर्नेछ। धार्मिक कार्यमा मन जानेछ।
कुम्भ राशि
आफ्नो क्षमताले गरेका कामहरू सफल हुनेछन्। तपाईको कार्यको प्रसंसा हुनेछ। पारिवारिक हर्ष बढ्नेछ। नयाँ ज्ञान सिक्ने अवसर आउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।
मीन राशि
आज मिठो भोजन प्राप्त हुनेछ। कार्यहरू सजिलै सम्पन्न हुनेछन्। तपाईको परिश्रमको कदर हुनेछ। पारिवारिक सद्भावमा मिठास आउनेछ। मित्रहरूबाट सहयोग प्राप्त हुनेछ।
वास्तु टिप्स
घरमा लक्ष्मी स्थिर राख्न के गर्ने ?
घरमा लक्ष्मी स्थिर राख्न विशेष सरसफाई गर्नुहोस्। पुराना, फुटेका र चर्केका भाँडाहरू हटाउनुहोस्। झ्याल र ढोकाका फोहोर सफा गर्नुहोस्। सधैं बाहिरबाट आउँदा गोडा धोएर भित्र पस्नुहोस्। घरमुलिको बेडमा अरूलाई सुत्न नदिनुहोस्। सन्ध्याकालमा सुत्न वा अन्य अनुचित क्रियाकलाप नगर्नुहोस्। दैनिक रूपमा कुलदेवता, पितृ, र इष्ट देवताको पूजा गर्नुहोस्।

