२०८२ बैशाख १३ गते शनिवार

तपाईको आजको राशिफल २०८१ असोज २६ गते शनिबार



मेष:आज चन्द्रमा एकादश भावमा छन्। आम्दानीको दृष्टिले दिन अनुकूल छ। तर, दक्षिणको लामो यात्राबाट बच्नुपर्नेछ। परिवारमा सुख र शान्तिको समय रहनेछ। विजय दशमीको टीका लगाउँदा मन शान्त हुनेछ।

वृष:तपाईंको बोलीमा मोहनी छ। बोल्दा शब्दहरूको माध्यमबाट परोपकार गर्नुपर्छ। खानपानमा ध्यान नदिए रोगको जोखिम छ। शिक्षामा गरिएको लगानीले उत्साह बढाउनेछ। शत्रु कमजोर भएकाले तपाईंले चाहेका काम बन्नेछन्। परिवारमा सुख र शान्ति मिल्नेछ।

मिथुन:आफ्नै बोलीले साथी टाढा हुनसक्छन्, त्यसैले बोल्दा सचेत रहनुहोस्। माताको प्रसाद ग्रहण गरेमा दिन सहज हुनेछ। साथीहरूले सोचेकोभन्दा विपरीत बुझ्न सक्ने भएकाले विचार पुर्‍याएर मात्र बोल्नु राम्रो हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ।

कर्कट:शुभग्रहहरूको बहुमत रहेको छ, जसले गर्दा दिन सुखमय बित्नेछ। दाजुभाइसँगको भेटले मन हलुका हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ।

सिंह:धनस्थानमा शुभग्रहहरू रहेकाले सम्पत्ति जोहो गर्न अवसर मिल्नेछ। साथीहरू र संगठनको सहयोगले राम्रो काम बन्नेछ। खानपानमा समस्या हुनसक्छ। परिवारमा सुख र शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने संकेत छ।

कन्या:दिन राम्रो रहनेछ। आशीर्वाद दिने र लिने जमघट हुनेछ। खानपानमा ध्यान नदिए पुरानो रोगले सताउने जोखिम छ। निजी शिक्षामा गरिएको लगानीले उत्साह बढाउनेछ। परिवारसँग घुमघामको योजना बन्नसक्छ।

तुला:दिन अनुकूल छ। लामो यात्राको योजना बन्नसक्छ। खानपानमा समस्या हुनसक्छ। साथीहरू र संगठनको साथले राम्रो काम गर्न सजिलो हुनेछ। परिवारको सल्लाह लिएर अघि बढेमा लाभ हुनेछ।

वृश्चिक:शुभ ग्रहहरूको बहुमत छ, जसले गर्दा तपाईंका चाहेका काम बन्नेछन्। साथीहरू तपाईंको पक्षमा रहनेछन्, महत्त्वपूर्ण निर्णय लिन सक्नुहुनेछ। माता भगवतीको प्रसाद ग्रहण गरेमा रोगबाट मुक्ति मिल्नेछ। परिवारमा बौद्धिक टकराब हुनसक्छ।

धनु:धनलक्ष्मी योग परेको छ। साथीहरूको सहयोग महत्त्वपूर्ण हुनेछ। वर्षदिनको विशेष पर्वमा घरमा आफन्तहरूको भीडभाड हुनेछ। परिवारसँग सहकार्य गर्दा सचेत हुनुपर्नेछ। प्रेम सम्बन्धमा केही असमझदारी हुनसक्छ।

मकर:साढेसाती शनिदशा भए पनि राशिमा शुभग्रहहरूको बहुमत छ। शिवको भजन सुनेर दिनको सुरुवात गर्नु लाभदायक हुनेछ। न्यायिक क्षेत्रमा तपाईंको नाम हुनेछ। शिक्षामा प्रगति हुनेछ। साथीहरूसँगको कुराकानीमा सतर्क रहनु उचित हुनेछ। परिवारको साथ मिल्नेछ।

कुम्भ:सञ्चित धन खर्च हुने दिन हो। साथीहरूसँगको सम्बन्धमा तनाव आउनसक्छ। पठनपाठनमा ढिलासुस्ती हुनेछ। माता दुर्गाको सेवा गरेमा परिवारमा सुख र शान्ति मिल्नेछ।

मीन:आज आफूभन्दा ठुलासँग आशीर्वाद लिने दिन हो। लगानीको क्षेत्रमा प्रगति हुनेछ। खानपानमा ध्यान नदिए पुरानो रोगले सताउने जोखिम छ। शनिदेवको पालो भएकाले बिहान गणेश भगवानको चिन्तन गरेमा दिन शान्त हुनेछ।

ज्योतिषी तथा वास्तु विद्:
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क लाइन, दाङ
फोन: ९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ असोज २६ गते शनिवार