२०८३ बैशाख २० गते आइतवार

दाङमा ११ जना जुवाडे एक लाख बढी रकमहित पक्राउ



दाङ, २७ असोज ।
दाङमा ११ जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका – ३ निवासी ३५ वर्षका गणेश योगी, सोही ठाउँ निवासी मेघराज रजौरे, ४० वर्षका लम्बुधर चौधरी रहेका छन्।

यस्तै ५५ वर्षका भागीराम चौधरी, ३० वर्षका श्यामेश्वर वली, ३९ वर्षका निराजन धिताल, ५० वर्षका महावीर चौधरी, ४२ वर्षका शिवहरी धिताल, ३५ वर्षका ओम प्रकाश पुरी, ३२ वर्षका गोकुल धिताल र ४१ आनन्द रजौरे रहेका छन् ।

प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा गएको प्रहरी टोलीले एक लाख छ हजार छ सय पचास रुपैयाँ सहित जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको हो । प्रहरीले ४ गड्डी तास, तास खेल्नको लागी बिछाएको म्याट्स समेत बरामद गरेको छ । भागीराम चाौधरीको घरबाट करिब साढे १० बजे पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : २०८१ असोज २७ गते आइतवार