२०८२ माघ ३ गते शनिवार

तपाईँको आजको राशिफल २०८१ कार्तिक १ गते बिहीबार



मेष राशि – आज तपाईंलाई प्रतिस्पर्धामा कमजोरी महसुस हुन सक्छ। सामान हराउन वा चोरी हुन सक्छ, विवाद वा झमेलामा फस्न सकिन्छ। आफन्तहरूसँग मनमुटावको सम्भावना छ, तर साँझको समय सकारात्मक रहनेछ। काम गर्दा विशेष ध्यान दिनुहोस्।

वृष राशि – यात्राको अवसर प्राप्त हुनेछ। दीर्घकालीन फाइदाका काममा संलग्न हुनु हुनेछ, नयाँ अवसरहरू आउनेछन्। हर्ष र उल्लासको वातावरण छाउनेछ। व्यवसाय राम्रो हुनेछ, र तपाईंको कामको प्रशंसा हुनेछ। बोलिमा मिठास रहनेछ।

मिथुन राशि – बुद्धिको प्रयोग गरेर गरिएका कामहरू सफल हुनेछन्। अधुरा कामहरू फेरि सुरु हुनेछन्, आर्थिक प्रगति हुनेछ। छोटो रमाइलो यात्रा हुनेछ, र बौद्धिक विकास हुनेछ। एउटै कामले दोहोरो लाभ प्राप्त गर्न सकिनेछ।

कर्कट राशि – धर्मकर्म र सामाजिक कामतिर मन जानेछ। सभा-सम्मेलनमा सहभागिता जनाउने अवसर मिल्नेछ। जटिल र रोकिएका कामहरू पुन: सुरु हुनेछन्, तर स्वास्थ्यमा ध्यान दिन आवश्यक छ।

सिंह राशि – आजका सबै काममा बुद्धिको प्रयोग गर्न आवश्यक छ। काममा अवरोध र बाधाहरू आउन सक्छन्। मनमा अनेक विचार उत्पन्न भई खिन्नता महसुस होला। पारिवारिक वा दाम्पत्य जीवनमा निराशा छाउनेछ, तर व्यवसायमा केही सफलता मिल्नेछ।

कन्या राशि – पारिवारिक प्रेम बढ्नेछ। रोकिएका कामहरू तीव्र गतिमा सम्पन्न हुनेछन्। भूमि सम्बन्धी अधुरा कामहरू सफल हुनेछन्, र न्यायिक सफलता पनि प्राप्त हुनेछ। स्वास्थ्यमा भने ख्याल राख्नु पर्छ।

तुला राशि – नयाँ अवसरहरूले हर्ष र उल्लास छाउनेछ। सफलताले तपाईंलाई पछ्याउनेछ, मान-सम्मान बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। प्रेमिल दिन हुनेछ, र सफल यात्राको सम्भावना रहन्छ।

वृश्चिक राशि – साहसिक निर्णयले कामहरू सफल हुनेछन्। दाम्पत्य जीवनमा खुशीको माहोल छाउनेछ, प्रेमीप्रेमिकाबीच मधुर सम्बन्ध हुनेछ। सफल यात्राको सम्भावना छ, र पारिवारिक सहयोगले नसोचेका कामहरू सजिलै सफल हुनेछन्।

धनु राशि – मनमा दोधारेपन उत्पन्न हुन सक्छ। तनाव र दबाव महसुस हुनेछ, र कामहरू ठप्प हुने सम्भावना छ। जिद्दीपनाले काम बिग्रिन सक्छ, र धन खर्च हुनेछ। साँझपछिको समय भने सुधारिनेछ।

मकर राशि – धार्मिक कामतिर मन जानेछ। बौद्धिक काममा सफलता मिल्नेछ। आत्मविश्वास र साहसिक निर्णयले जीवनमा परिवर्तन आउनेछ। व्यवसायिक सफलता मिल्नेछ, तर शेयर बजारमा लगानी गर्दा ध्यान दिनुहोस्।

कुम्भ राशि – सामाजिक र व्यवसायिक क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछ। अधुरा र रोकिएका कामहरू पुन: सुचारु हुनेछन्। आर्थिक पक्ष बलियो हुनेछ। सामाजिक कामतिर मन जानेछ, र आज तपाईंको प्रशंसा बढ्नेछ।

मीन राशि – आजको दिन रमाइलो हुनेछ। पारिवारिक सद्भावमा मिठास आउला, तर स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। स्वादिष्ट भोजन प्राप्त हुनेछ, र बोलिको कारणले काममा सहजता आउनेछ।

ज्योतिषी तथा वास्तु विद्:
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क लाइन, दाङ
फोन: ९८४८०६०७९९

 

 

प्रकाशित मिति : २०८१ कार्तिक १ गते बिहिवार