मेष राशि – आर्थिक सुधार हुनेछ। महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। कार्य क्षेत्रमा तपाईको नेतृत्व क्षमतामा बृद्धि हुनेछ। मन प्रफुल्ल रहला। सामाजिक कार्यमा मन जानेछ। स्वास्थ्यमा विशेषत: मानसिक स्वास्थ्यमा ख्याल राख्नु होला।
वृष राशि – आत्मविश्वास बढ्नेछ। हिम्मत र आँटले आजका कार्यहरू सम्पन्न हुनेछन्। भौतिक सम्पत्ति जोड्न सकिनेछ र भौतिक सुख पनि मिल्नेछ। पारिवारिक प्रेममा सुमधुरता छाउनेछ। स्वास्थ्यमा सुधार हुनेछ। खानपान र जीवनशैली परिवर्तन गर्नु होला। आफ्नै निर्णयले जीवनमा नयाँ परिवर्तन ल्याउला।
मिथुन राशि – आर्थिक क्षेत्रमा सोचे अनुरूप सफलता मिल्ने छैन। आयव्यय सन्तुलन गर्न ध्यान दिनु पर्नेछ। पारिवारिक सन्तुलन कायम राख्न ध्यान दिनुहोला। आर्थिक लेनदेनमा विशेष सावधानी आवश्यक छ। स्वास्थ्यमा पनि ख्याल राख्नु होला।
कर्कट राशि – धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। अध्ययन र अनुसन्धानमा मन जानेछ। अभिभावकको सल्लाहले तपाईको सम्मान बढ्नेछ। तपाईको क्षमताको कदर हुनेछ र मान-सम्मान प्राप्त हुनेछ। विश्लेषण क्षमता उच्च रहला।
सिंह राशि – सोचेअनुसार कार्यमा सफलता मिल्ने छैन। पारिवारिक जीवनमा केही चुनौतीहरू आउन सक्छन्, तर सेयर बजारबाट फाइदा हुनेछ। कूटनीतिक कार्यमा सफलता मिल्नेछ र आर्थिक सुधार हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।
कन्या राशि – जोश र हिम्मत बढ्नेछ। आत्मविश्वास उच्च रहनेछ। दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ। प्रेमी-प्रेमिकाबीच सुमधुर सम्बन्ध रहनेछ। शत्रु पराजित हुनेछन्। नाम, प्रतिष्ठा र कीर्ति बढ्नेछ। स्वास्थ्यमा भने ध्यान दिनु आवश्यक छ।
तुला राशि – महत्वपूर्ण कार्यमा बाधा आउला। मन स्थिर राख्नाले कार्य सम्पादनमा सहजता हुनेछ। परिश्रमपूर्ण दिन रहनेछ र सफलता पनि मिल्नेछ। सामाजिक कार्यमा मन जानेछ। धार्मिक कृत्यमा सरिक हुने सम्भावना छ। दिन प्रेममय हुनेछ।
वृश्चिक राशि – आकस्मिक धन प्राप्त हुनेछ। खानपान र रमाइलो यात्रामा रुचि बढ्नेछ। बानीको प्रशंसा हुनेछ। साहसिक निर्णयले कार्यक्षेत्रमा प्रगति हुनेछ। अधुरा कार्यहरू पुन: सुचारु हुनेछन्। मिष्ठान्न भोजन प्राप्त होला। नयाँ कार्य योजना बन्नेछ।
धनु राशि – अधुरा कार्यहरू पूर्ण हुनेछन्। धर्मकर्ममा मन जानेछ। आत्मविश्वास उच्च रहनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आर्थिक पक्षमा सुधार हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। पारिवारिक सन्तुलन कायम हुनेछ।
मकर राशि – नयाँ वस्त्र वा अलंकार प्राप्त हुनेछ। मनोरञ्जनमा दिन बित्नेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। संगीतमा रुचि बढ्नेछ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ। पारिवारिक सन्तुलन कायम राख्नुपर्छ। स्वास्थ्यमा ख्याल राख्नु पर्नेछ।
कुम्भ राशि – आर्थिक चुनौती व्यहोर्नु पर्ला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। मन अलिक खिन्न हुन सक्छ। कार्यमा उत्तरदायित्वको कदर हुनेछ। स्वास्थ्यमा ख्याल राख्नु होला।
मीन राशि – सामाजिक कार्यमा मन जानेछ। सृजनात्मक कार्यमा रुचि बढ्नेछ। नयाँ कार्यका योजना बन्नेछन्। बौद्धिक निखारता बढ्नेछ। परीक्षा वा प्रतिस्पर्धामा सफलता मिल्नेछ। पारिवारिक सद्भावमा मिठास आउला। आत्मबल उच्च हुनेछ।
ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
फोन नं: 9848060799

