२०८२ कार्तिक २९ गते शनिवार

पौडेल वंश महासंघको केन्दि«य समितिमा दाङका दुई जना मनोनित



दाङ,८ कात्तिक ।

पौडेल वंश महासंघ नेपालको दोस्रो बैठक बिहीबार मोरङको सुन्दरहरैचामा सम्पन्न भएको छ। बैठकले दाङ जिल्लाबाट दुई जनालाई केन्द्रीय समितिमा मनोनित गरेको छ।

तुलसीपुर उपमहानगरपालिका-१३ फुलबारी निवासी हरिहर पौडेललाई केन्द्रीय सदस्यमा र दंगिशरण गाउँपालिका निवासी गीता पौडेललाई केन्द्रीय सल्लाहकार सदस्यमा मनोनित गरिएको केन्द्रीय कोषाध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयाे ।

हरिहर पौडेल हाल रेडक्रस दाङका उपसभापति संगै उहाँ विभिन्न सामाजिक संघ-संस्थामा पनि सक्रिय रहनुभएको छ। यस्तै सल्लाहकार सदस्यको रूपमा मनोनित गीता पौडेल दाङ जिल्ला उपाध्यक्ष हुनुहुन्छ ।

यसैविच पाैडेल वंश महासंघ तुलसीपुर नगर समितिले पनि केन्द्रीय समितिमा दाङबाट मनोनित भएका हरिहर पौडेल र गीता पौडेललाई बधाई ज्ञापन गरेको छ। नगर समितिका अध्यक्ष कालिका प्रसाद पौडेल र सचिव बसन्त पौडेलले आज एक संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएकाे हाे ।

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार