२०८२ माघ ३ गते शनिवार

तपाईंको आजकाे राशिफल २०८१ कात्तिक १० गते शनिबार



मेष राशि – आज दिन मध्यम फलदायी रहला। आर्थिक पक्ष विस्तारै अगाडि बढ्नेछ। राजनीतिक क्षेत्रमा भने सफलता मिल्ने छैन। वैदेशिक कार्यमा ढिला सुस्ती हुनेछ।

वृष राशि – चिताएको कार्यले तीव्रता प्राप्त गर्नेछ। भाग्यले साथ दिनेछ। आत्मविश्वास बढ्नेछ। नयाँ कामको सुरुवात होला। पारिवारिक प्रेममा सुमधुरता छाउला।

मिथुन राशि – घरजग्गाको कारोबारमा सफलता मिल्नेछ। बन्धु-बान्धवको सहयोगले कार्य सम्पादनमा सहजता मिल्नेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। मान-प्रतिष्ठा बढ्नेछ। नयाँ सामाजिक तथा राजनीतिक क्षेत्रमा मन जानेछ। मन प्रसन्न रहला।

कर्कट राशि – वित्तीय संस्थाबाट फाइदा हुनेछ। शुभ कर्मको चर्चा हुनेछ। पराक्रम बढ्नेछ। सही समयमा निर्णय लिन सकिनेछ। व्यवसायमा केही सफलता मिल्नेछ। मित्र सहयोगले कार्य सम्पन्न हुनेछ।

सिंह राशि – चोटपटक लाग्न सक्छ, ख्याल गर्नु होला। मालसामान हराउने योग छ। आज दिन मध्यम फलदायी रहला। सानातिना कुराको अल्झनमा परिएला। कार्यमा बाधा-अप्ठ्याराहरू आउला। स्वास्थ्य बिग्रन सक्छ। खर्च वृद्धि होला। बुद्धिको सही प्रयोगले कार्यमा केही सहजता आउला। यात्रा गर्दा विशेष ख्याल राख्नु होला।

कन्या राशि – सन्तान सुख तथा व्यवसायिक सफलता मिल्नेछ। सामाजिक कार्यमा मन जानेछ। मान-प्रतिष्ठा उच्च हुनेछ। दाम्पत्य जीवनमा खुसी छाउनेछ। प्रेमी-प्रेमिका बीच सुमधुर सम्बन्ध रहला। नाम, प्रतिष्ठा एवं कीर्ति बढ्नेछ।

तुला राशि – महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वाणीमा मिठास आउनाले प्रशंसित भइएला। मिष्ठान्न भोजन प्राप्त होला। साथीभाई र इष्टमित्रको पूर्ण सहयोग पाईनेछ। तपाईको कर्मको चर्चा चल्नेछ। अन्य क्षेत्र राम्रो रहला। स्वास्थ्यमा भने ख्याल राख्नु होला।

वृश्चिक राशि – एकपछि अर्को अवसर आउने हुँदा मन प्रसन्न हुनेछ। आज भाग्यले साथ दिनेछ। तपाईको बोली समाजका लागि पर्याप्त हुनेछ। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक तथा मित्र सहयोगले केही सहजता हुनेछ। महत्वपूर्ण कार्यको थालनी होला। स्वास्थ्यमा भने ख्याल राख्नु होला।

धनु राशि – सरकारी निकायमा काम पर्ने सम्भावना छ। समय मध्यम फलदायी रहला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। पूर्ण हुन थालेका कार्यमा बाधा-अप्ठ्याराहरू आउला। पारिवारिक साथ भने प्राप्त होला। मनमा दुविधा र स्वास्थ्यमा खर्च बढ्ने सम्भावना छ, ध्यान दिनु होला।

मकर राशि – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। कूटनीतिक सहयोग मिल्नेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आफन्तको सहयोगले कार्य सम्पादनमा मद्दत पुग्नेछ। व्यवहारिक फाइदा हुनेछ।

कुम्भ राशि – आदर्श व्यक्तिसँग सहकार्य गर्दा व्यवसायिक सफलता मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरू प्राप्त हुनेछन्। तपाईको धैर्यता र लगनशीलताले तपाईलाई सफल बनाउनेछ। मन प्रसन्न हुनेछ। कार्यमा उत्तरदायित्वको कदर हुनेछ। भाग्यले साथ दिनेछ।

मीन राशि – मान-प्रतिष्ठा बढ्नेछ। सामाजिक कार्यमा प्रेरित भइएला। नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अरूलाई छिट्टै प्रभावित पार्न सकिनेछ। कार्य सम्पादनमा सहजता आउला। पारिवारिक सद्भावमा मिठास आउनेछ। आत्मबल उच्च हुनेछ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क लाइन, जेसीस चोक, दाङ।
फोन नं – ९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार