२०८३ बैशाख २० गते आइतवार

तपाईँको आजको राशिफल २०८१ कार्तिक ११ गते आइतबार



मेष राशि – नाम ,दाम प्रतिष्ठा एवं कुटुम्ब कमाईएला । आर्थिक पक्ष बलियो हुनेछ ।राजनितिक क्षेत्रमा सफलता मिल्नेछ ।अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । बाणिले अरुलाई प्रभावित् पार्न सकिएला ।

बृष राशि – आज दिन मध्ययम फलदायि रहला ।चिताएका कार्यमा सफलता मिल्न मुस्किल होला ।कारोवार तथा लेनदेनमा समस्या आउला ।बनेका योजना पनि कार्यान्वायनमा ल्याउन समस्या होला ।अनावश्यक खर्च बढ्नेछ ।

मिथुन राशि – घर जग्गाको कारोबारमा सफलता मिल्नेछ । अचल सम्पत्ति हात पर्न सक्छ ।बन्धु वान्धबको सहयोगले कार्य सम्पादनमा सहज होला ।प्रेम सम्बन्ध बलियो होला ।नयाँ सामाजीक तथा राजनितिक क्षेत्रमा मन जानेछ ।मन प्रसन्न रहला ।

कर्कट राशि – वित्तिय संस्थावाट फाईदा हुननेछ कृषकहरुको लागि आज सफलतादायि दिन रहनेछ । ठिक समयमा सहि निर्णय लिन सकिनेछ । शैक्षणिक सफलता पनि प्राप्त होला ।मित्र सहयोगले कार्य सम्पन्न हुनेछ ।

सिंह राशि – दिन मध्ययम फलदायि रहला ।सामाजीक तथा धार्मिक कार्यमा रुची बढ्ला ।दैनिक कार्यमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर होला ।बुद्दिको सहि प्रयोगले कार्यमा केहीँ सहजता आउला । यात्रा गर्दा विशेष ख्याल राख्नु होला । स्वास्थ्यमा पनि अलिक ख्याल राख्नु होला ।

कन्या राशि – मध्यम फलदायि रहनेछ । सुखदुख ,हासोखुसि,लाभहानी बराबर प्राप्त होला । आत्मवल अलि बढाएर अगाडि वढ्नुपर्ने दिन रहेको छ ।दाम्पत्य जीवनमा खुसियालि छाउनेछ ।प्रेमिप्रेमिका विच सुमधुर सम्वन्ध रहला ।नाम ,प्रतिष्ठा एवं किर्ति बढ्नेछ ।

तुला राशि – महिला वर्गवाट विशेष सहयोग मिल्नेछ ।बाणिमा मिठास छाउनले प्रसंसित् भैएला । मिष्ठान्न भोजन प्राप्त होला ।साथीभाई ईष्टमित्रको सहयोग पुर्ण रुपमा पाईएला । तपाईको कर्मको भने चर्चा चल्नेछ । अन्य क्षेत्र राम्रो रहला । स्वास्थयमा भने ख्याल राख्नु होला ।

बश्चिक राशि – शुभ कर्मको चर्चा चल्नेछ ।आज भाग्यले साथ दिनेछ विभिन्न अवसरहरु प्राप्त हुनेछन् ।पारिावरीक तथा मित्र सहयोगले केही सहजता हुनेछ । महत्वपूर्ण कार्यको थालनि होला । छोटो दुरिको सफल यात्रा होला ।

धनु राशि – धन एवं प्रतिष्ठा प्राप्त होला ।आयआर्जनका स्रोतहरु बढ्नेछन् ।पारिवारिक साथ भने प्राप्त होला । वाणिमा मिठास छाउला ।मिष्ठान्न भोजन प्राप्त होला ।अनावश्यक धन भने खर्च होला ध्यान दिनु होला ।

मकर राशि – नजिकका व्यक्तिसंग खटपट हुनेछ । मनमा चिन्ता भय उत्पन्न होला । विश्वास गरियका व्यक्तिले घात गर्नेछन् सजग हुनुहोला ।शरीरमा निराशा एवं आलस्य उत्पन्न होला । अधिकार प्राप्तगर्नको लागि संघर्ष गर्नु पर्ला ।खर्च अनावश्यक होला ।

कुम्भ राशि – आदर्श व्यक्तिसंगको सहकार्यले व्यवसायिक सफलता मिल्नेछ ।धनार्जनका नयाँ श्रोतहरु प्राप्त हुनेछन् ।तपाईको धैर्यता र लगनशिलताले तपाईला सफल वनाउनेछ । मन प्रसन्न होला ।कार्यमा उत्तरदायित्वको कदर हुनेछ । भाग्यले साथ दिनेछ । आर्थिक कारोवार विस्तारै उकालो लाग्नेछ ।

मिन राशि – मान सम्मान बढ्नेछ ।सामाजीक कार्यमा प्रेरित भैएला । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।अरुलाई छिट्टै प्रभावित पार्न सकिनेछ । कार्य सम्पादनमा सहजता आउला । पारिवारीक सद्भावमा भने मिठास आउला ।आत्मवल भने उच्च हुनेछ । दिवा मध्यान्न पछिको समय अझै महत्वपूर्ण हुनेछ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा 
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार