मेष राशि – आज आफ्नो बुद्धि प्रयोग गर्न सके दिन फलदायक हुनेछ। स्वादिष्ट भोजन पाइनेछ, पराक्रम बढ्नेछ, र सामाजिक कार्यमा रुचि बढ्नेछ। अतिथिको स्वागत सत्कार गर्ने मौका मिल्नेछ। व्यवसायमा सफलता मिल्नेछ। स्वास्थ्यमा भने ख्याल राख्नु होला।
वृष राशि – घरमा अतिथीको आगमन हुनेछ र शुभ कार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुचारु हुनेछन्। पारिवारिक साथले मन प्रसन्न हुनेछ, र कूटनीतिक सफलताले आत्मविश्वास बढ्नेछ। स्वास्थ्यमा सजगता अपनाउनु होला।
मिथुन राशि – नयाँ कार्यका योजनाहरू बन्नेछन्। मान–सम्मान बढ्नेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ र चिताएको कार्यले तीव्रता पाउनेछ। वैदेशिक कार्यहरू अगाडि बढ्नेछन्।
कर्कट राशि – कुनै कुरा मन शान्त पार्नेछ र सोचेजस्तै काम अघि बढ्नेछ। आर्थिक लाभ हुनेछ। संगीतमा रुचि बढ्नेछ र पारिवारिक जमघटले आनन्द दिनेछ। कला क्षेत्रमा पनि रुचि बढ्ने संकेत छ।
सिंह राशि – खानपानमा ध्यान दिनुहोस्। अनावश्यक झमेलामा पर्न सकिन्छ। हातमा परेको अवसर पनि अरूको पोल्टामा पर्ने सम्भावना छ, सचेत हुनुहोस्। अनावश्यक खर्च बढ्नेछ।
कन्या राशि – कीर्तिमानी कायम गर्ने समय रहेको छ। मित्रबाट सहयोग प्राप्त हुनेछ र महत्वपूर्ण कार्यको थालनी हुनेछ। आकस्मिक धन लाभ हुनेछ। रोजगारका अवसर मिल्नेछन् र रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ।
तुला राशि – मनमा उत्साह बढ्नेछ र वाणीको प्रभाव रहनेछ। महिला वा मित्रबाट सहयोग प्राप्त हुनेछ। घरमा अतिथिको स्वागत सत्कार गर्ने अवसर मिल्नेछ। जोश, जाँगर र हिम्मत बढ्नेछ। उपहार प्राप्त हुने सम्भावना छ र जिम्मेवारी पनि थपिन सक्छ।
वृश्चिक राशि – आटेका कार्यहरू सफल हुनेछन्। प्रेमसम्बन्धमा सुधार आउनेछ र आर्थिक उन्नति हुनेछ। आत्मबल बढाएर अघि बढ्नुपर्ने दिन रहेको छ। आफन्तजनसँगको भेटघाटले पारिवारिक सुमधुरता कायम हुनेछ।
धनु राशि – विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त होला र कार्यहरू सफल हुनेछन्। व्यवसायमा सफलता मिल्नेछ। आर्थिक पक्ष बलियो हुनेछ र प्रेम सम्बन्ध अझ बलियो हुनेछ। मनोरञ्जनमा दिन बित्नेछ तर बेलुकी खर्च बढ्न सक्छ। स्वास्थ्यमा ख्याल गर्नुहोस्।
मकर राशि – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मनमा शान्ति छाउनेछ र शुभ समाचार सुन्न पाइनेछ। आयआर्जनका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउनेछ र पारिवारिक साथ मिल्नेछ। वाणीमा मिठास रहनेछ। स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ। बेलुका खर्च बढ्ने सम्भावना छ।
कुम्भ राशि – दैनिक कार्यमा प्रगति हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। रमाइलो यात्राको सम्भावना छ। धैर्य र लगनशीलताले नयाँ अवसर प्रदान गर्नेछ। पारिवारिक सद्भाव मिल्नेछ।
मीन राशि – आर्थिक संकटले मन अशान्त र छटपटि बढ्न सक्छ। प्रेम सम्बन्धमा बाधा आउन सक्छ। नयाँ काम गर्दा सोचविचार गरेर अघि बढ्नु होला। लाभहानि, आयव्यय सन्तुलित रहने दिन छ। निर्णय क्षमतामा कमी देखिन सक्छ। आर्थिक क्षेत्रमा कठिनाई आउला र कुनै सामान हराउन सक्छ।
ज्योतिषाचार्य माधवा शर्मा-सचिव, नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशमनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, दाङ
फोन नं.:९८४८०६०७९९

