२०८३ बैशाख २० गते आइतवार

तपाईंको आजको राशिफल २०८१ कात्तिक १९ गते साेमबार



मेष राशि – आज दिन मध्यम फलदायी रहनेछ। शारीरिक स्फूर्तिमा कमी आउनाले काममा ढिलाइ हुनेछ। मनमा अनावश्यक चिन्ता उत्पन्न हुन सक्छ। स्वास्थ्यमा ख्याल गर्नुहोला। आत्मबल बलियो बनाएर काम गर्दा शुभफल प्राप्त हुनेछ।

वृष राशि – राजनीतिक काममा सफलता मिल्नेछ। शुभ कार्यको चर्चा चल्नेछ। रोकिएका कामहरू पुनः सुचारु हुनेछन्। पारिवारिक साथले मन प्रसन्न हुनेछ। कूटनीतिक सफलता मिल्नेछ। स्वास्थ्यमा भने सजगता अपनाउनुहोला।

मिथुन राशि – आज नयाँ कामका योजनाहरू बन्नेछन्। अडिएका कामहरू पूरा हुनेछन्। मान-सम्मान बढ्नेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। चिताएको कामले तिव्रता पाउनेछ। वैदेशिक कामहरू अघि बढ्नेछन्।

कर्कट राशि – सामाजिक काममा सफलता मिल्नेछ। आज कुनै पनि कुराले मनमा शान्ति छाउनेछ। सोचेअनुसार काम अघि बढ्दा मनमा हर्ष छाउनेछ। आर्थिक लाभ हुनेछ। पारिवारिक जमघटले मन आनन्दित हुनेछ।

सिंह राशि – नयाँ योजनाहरू कार्यान्वयनमा ल्याउन कडा मेहनत गर्नु पर्नेछ। खानपानमा ध्यान दिनुहोला। अनावश्यक झमेलामा पर्न सकिनेछ। खर्च बढ्न सक्छ। स्वास्थ्यमा विशेष ख्याल गर्नुहोला।

कन्या राशि – मनमा उमङ्ग छाउनेछ। व्यक्तिगत कामले तिव्रता पाउनेछ। मित्रबाट सहयोग प्राप्त हुनेछ। महत्वपूर्ण कामको थालनी हुनेछ। रोजगारका अवसर मिल्नेछन्। रोकिएका कामहरू पुनः सुचारु हुनेछन्। सामाजिक तथा धार्मिक काममा रुचि बढ्नेछ। दैनिक काममा सफलता मिल्नेछ। घरायसी मनोरञ्जन हुनेछ।

तुला राशि – पारिवारिक सुख प्राप्त हुनेछ। मनमा उत्साह एवं वाणीको प्रभाव बढ्नेछ। आज जोश, जाँगर, र हिम्मत बढ्नेछ। गरेका कामहरूमा सफलता मिल्नेछ। सोचेअनुसार कामले तिव्रता पाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।

वृश्चिक राशि – अडिएका कामहरू सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति हुनेछ। आत्मबल बढाएर अगाडि बढ्नुपर्ने दिन रहेको छ। आफन्तजनसँगको भेटघाटले पारिवारिक सुमधुरता कायम हुनेछ। दिनको उत्तरार्धमा खर्च बढ्न सक्छ।

धनु राशि – आर्थिक संकट आइन सक्छ, सजग रहनुहोला। मनमा भय उत्पन्न हुनेछ। सोचेअनुसार काम बन्न कठिन होला। स्वास्थ्यमा अलिकति सजगता अपनाउनु पर्नेछ। प्रेम सम्बन्धमा बाधा आउन सक्छ।

मकर राशि – उपहार प्राप्त हुने दिन रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मनमा शान्ति छाउनेछ। शुभ समाचार सुन्न पाइनेछ। आयआर्जनका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउँदै जानेछ। पारिवारिक साथ भने प्राप्त होला। दिनको उत्तरार्धमा खर्च बढ्न सक्छ। स्वास्थ्यमा ख्याल गर्नुहोला।

कुम्भ राशि – दैनिक काममा प्रगति हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। रमाइलो यात्राको सम्भावना बढ्न सक्छ। आज धैर्य र लगनशीलताले अवसर प्रदान गर्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक सद्भाव मिल्नेछ। बेलुकीको समयमा धन खर्च हुन सक्छ, ख्याल गर्नुहोला।

मीन राशि – आज मनमा शान्ति मिल्नेछ। उत्साह र उमङ्गमा दिन बित्नेछ। तपाईँको वाणीको प्रशंसा हुनेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। शुभ कर्मको चर्चा चल्नेछ। साझेदारीमा गरिएको कामले विशेष सफलता प्राप्त हुनेछ।

ज्योतिषाचार्य तथा वास्तुविद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन जेसिस चोक, दाङ
फोन नं -९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार