मेष राशि – मानसिक दबाव बढेको महसुस हुनेछ। आजको दिन मध्यम फलदायी रहनेछ। पति-पत्निमा मनमुटाव हुन सक्छ। अनावश्यक चिन्ता मनमा उत्पन्न हुनेछ, स्वास्थ्यमा ख्याल राख्नुहोला। धैर्यताका साथ काम गर्दा सहजता हुनेछ।
वृष राशि – बन्धुबान्धवको सहयोगले कार्य सम्पादनमा सहजता आउनेछ। शुभ कार्यको चर्चा चल्न सक्छ। रोकिएका कामहरू पुनः सुचारु हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कूटनीतिक सफलता मिल्नेछ, तर पारिवारिक जीवनमा मतभेद हुन सक्छ। स्वास्थ्यमा सजग रहनुहोला।
मिथुन राशि – आज नयाँ कार्यका योजनाहरू बन्नेछन्। आफन्त र साथीभाइको सहयोग प्राप्त हुनेछ। सुरु गरेका कार्यहरू पूरा हुनेछन्। मान-सम्मानमा वृद्धि हुनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ र पारिवारिक सद्भाव बढ्नेछ। दिनको उत्तरार्धमा स्वास्थ्यमा समस्या आउन सक्छ।
कर्कट राशि – आज तपाईंको इच्छाअनुसार समय बित्नेछ। कुनै पनि कुराले मनमा शान्ति छाउनेछ। सोचेअनुसार कार्य अघि बढ्दा हर्षित हुनुहुनेछ। आर्थिक लाभ प्राप्त हुनेछ। पारिवारिक जमघटले मन आनन्दित हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
सिंह राशि – आत्मबलमा कमी आउनाले मनमा द्विविधा उत्पन्न हुन सक्छ। नयाँ योजनाहरू कार्यान्वयन गर्न कडा मेहनत गर्नु पर्नेछ। खानपानमा ध्यान दिनुहोला। निर्णय गर्दा विशेष ख्याल गर्नुहोस्। अनावश्यक खर्च बढ्न सक्छ। स्वास्थ्यमा विशेष ख्याल राख्नुहोस्।
कन्या राशि – रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। मनमा हर्ष छाउनेछ। व्यक्तिगत कार्यमा तीव्रता आउनेछ। मित्रबाट सहयोग प्राप्त हुनेछ। महत्वपूर्ण कार्यको थालनी हुनेछ। रोजगारका अवसर मिल्नेछन् र दैनिक कार्यमा सफलता मिल्नेछ। पेशा र व्यवसायमा आदर्श व्यक्तिसँग सहकार्यले नयाँ अनुभव प्राप्त होला।
तुला राशि – आज बिना प्रतिस्पर्धा नै फाइदा हुने समय छ। सामाजिक कार्यमा सहभागी भइनेछ। बौद्धिक विकास हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। मनमा उत्साह र वाणीको प्रभाव बढ्ने समय छ। आज जोस, जाँगर र हिम्मत बढ्नेछ। गरेका कार्यहरूमा सफलता मिल्नेछ। सोचेअनुसार कार्यमा तीव्रता आउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।
वृश्चिक राशि – सांगीतिक क्षेत्रमा रुचि बढ्न सक्छ। पुनर्मिलनको योग छ। सुरु गरेका कार्यहरू सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार आउनेछ। आर्थिक उन्नति हुनेछ। आफन्तसँगको भेटघाटले पारिवारिक सुमधुरता कायम राख्नेछ।
धनु राशि – महत्वपूर्ण कार्यमा व्यवधान आउन सक्छ। आर्थिक समस्या उत्पन्न हुन सक्छ, सजग रहनुहोला। मनमा भय उत्पन्न हुनेछ। सोचेअनुसार काम बन्न गाह्रो हुन सक्छ। नाक, कान, घाँटीमा सामान्य समस्याले सताउन सक्छ। प्रेम सम्बन्धमा बाधा उत्पन्न हुन सक्छ।
मकर राशि – पारिवारिक सुख र शान्ति प्राप्त हुनेछ। अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मनमा शान्ति छाउनेछ। शुभ समाचार सुन्न पाइनेछ। आयआर्जनका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउनेछ। पारिवारिक सहयोग मिल्नेछ। दिनको उत्तरार्धमा खर्च बढ्नेछ। स्वास्थ्यमा ख्याल गर्नुहोला।
कुम्भ राशि – जोस, जाँगर र हिम्मत बढ्नेछ। धर्मकर्म तथा सामाजिक कार्यमा मन जानेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। रमाइलो यात्राको सम्भावना बढ्नेछ। धैर्य र लगनशीलताले अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक सद्भाव मिल्नेछ। कुनै कुराले भ्रमित पार्न सक्छ, सचेत रहनुहोस्।
मीन राशि – विश्वास गरेका व्यक्तिबाट पूर्ण सहयोग प्राप्त हुनेछ। आज मनमा शान्ति छाउनेछ। उत्साह र उमंगमा दिन बित्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। शुभकर्मको चर्चा हुनेछ। दिन आनन्दमय रहनेछ।
ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, जेसीस चोक, दाङ
फोन नं: ९८४८०६०७९९