मेष राशि – ऊर्जा र आत्मबलले भरिपूर्ण भइनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ र आर्थिक सुधार हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। स्वास्थ्यमा भने अलिक ख्याल गर्नु पर्ला।
वृष राशि – पुराना मित्रसँगको भेटघाटले मनमा हर्ष छाउनेछ। दिन प्रेममय रहनेछ। चिताएका कार्यहरू पूरा हुनेछन्। दिन रमाइलो बित्नेछ। स्वास्थ्यमा भने सतर्क रहनु होला।
मिथुन राशि – नयाँ कार्यको शुभारम्भले मनमा हर्ष छाउनेछ। व्यवसायिक सफलता मिल्नेछ। आयका स्रोतहरू बढ्ने हुँदा मन प्रसन्न रहनेछ। स्वास्थ्यमा ख्याल राख्नु पर्नेछ।
कर्कट राशि – आर्थिक मामिलामा स्थिरता आउनेछ। सामान्य चोटपटकको सम्भावना भएकाले सतर्क रहनु होला। उमङ्ग र उत्साहमा कमी आउला। कार्यमा केही ढिलासुस्ती होला। खर्च बढ्नेछ।
सिंह राशि – आर्थिक सुधार हुनेछ। चिताएको कार्यले तीव्रता प्राप्त गर्नेछ र सोचेअनुसार सफलता मिल्नेछ। विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ।
कन्या राशि – स्वास्थ्यमा धन खर्च हुने संकेत छ। फजुल खर्चले मनमा चिन्ता बढ्न सक्छ। वैदेशिक कार्यले भने तीव्रता पाउनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। खानपानमा ध्यान दिनु पर्नेछ।
तुला राशि – नयाँ कार्यका योजनाहरू बन्नेछन्। आर्थिक मामिलामा सोचविचार गरेर मात्र अगाडि बढ्नु होला। चञ्चलता बढ्नाले काममा बाधा आउन सक्छ। बोल्दा अलिक ख्याल गर्नु होला।
वृश्चिक राशि – आर्थिक र व्यवसायिक पक्षमा स्थिरता आउनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। धार्मिक तथा सांस्कृतिक कार्यमा सहभागी भइनेछ। आटेका कार्यहरू सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ र आर्थिक उन्नति बढ्नेछ।
धनु राशि – शुभ समाचारले मनमा हर्ष छाउनेछ। कलाकारिता क्षेत्रमा रुचि बढ्नेछ र दैनिक कार्यमा सफलता मिल्नेछ। तपाईंको लगनशीलताले कार्य सम्पन्नमा सहजता ल्याउनेछ। पारिवारिक स्नेहले मनमा आनन्द उत्पन्न हुनेछ।
मकर राशि – व्यवसायिक जीवनमा केही चुनौतीको सामना गर्नुपर्नेछ। कार्यमा केही चुनौती आए पनि अग्रजको सहयोगले सहजै सम्पन्न हुनेछ। वैदेशिक क्षेत्रका अधुरा कार्यहरू अगाडि बढ्नेछन्। व्यवसाय विस्तारै गति लिनेछ।
कुम्भ राशि – पारिवारिक सद्भाव बढ्नेछ। व्यवसायिक सफलता मिल्नेछ। चिताएका कार्यले तीव्रता प्राप्त गर्नेछन्। मन प्रसन्न रहनेछ। महिला वा दिदीबहिनीको सहयोगले कार्यमा सहजता आउनेछ।
मीन राशि – आफूलाई कमजोर महशुस हुनेछ। फजुल खर्चले मनमा चिन्ता उत्पन्न हुनेछ। महत्वपूर्ण कार्यमा व्यवधान आउन सक्छ। नाक, कान, घाँटीको समस्या बढ्न सक्छ, ध्यान दिनु होला। आत्मबल बढाएर कार्य गर्दा सफलता मिल्नेछ।
वास्तु टिप्स – बच्चाको सयन कक्ष जहिले पनि पूर्व, उत्तर वा उत्तरपूर्व दिशामा बनाउनुपर्छ। सन्तानलाई पश्चिम–दक्षिण दिशामा सुत्ने कोठा बनाउँदा उनीहरूले अभिभावकको कुरा नमान्ने, जिद्दी र अटेरी स्वभाव बढ्ने सम्भावना रहन्छ।
ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
ठेगाना – तुलसीपुर, क-लाइन, जेसिस चोक, दाङ
फोन नं – ९८४८०६०७९९

