मेष राशि – ऊर्जा र आत्मबलले भरिपूर्ण हुनुहुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ र आर्थिक सुधार हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। स्वास्थ्यमा भने अलिकति ख्याल गर्नुहोला।
वृष राशि – पुराना मित्रसँगको भेटले मनमा हर्ष छाउनेछ। दिन प्रेमिल रहनेछ। चिताएका कार्यहरू पूर्ण रूपमा सम्पन्न हुनेछन्। दिन रमाइलो तरिकाले बित्नेछ। स्वास्थ्यमा भने सतर्क रहनुहोला।
मिथुन राशि – नयाँ कार्यको शुभारम्भले मनमा हर्ष छाउनेछ। व्यवसायिक सफलता मिल्नेछ। आम्दानीका स्रोतहरू बढ्नाले मन प्रसन्न हुनेछ। स्वास्थ्यमा ख्याल राख्नु पर्नेछ।
कर्कट राशि – आर्थिक मामिलामा स्थिरता आउला। सामान्य चोटपटकको सम्भावना रहेकाले सतर्क रहनुहोला। उमङ्ग र उत्साहमा कमी आउन सक्छ। कार्यमा केही ढिलाइ र सुस्ती हुनसक्छ। खर्च बढ्नेछ।
सिंह राशि – आर्थिक सुधार हुनेछ। चिताएको कार्यले तीव्रता पाउनेछ। सोचेअनुसार सफलता प्राप्त हुनेछ। विशिष्ट व्यक्तिसँगको भेटले मन प्रसन्न हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ।
कन्या राशि – स्वास्थ्यमा धन खर्च होला। फजुल खर्चले मनमा चिन्ता बढ्न सक्छ। वैदेशिक कार्यमा तीव्रता आउनेछ। पारिवारिक सुख प्राप्त होला। खानपानमा भने अलिक ध्यान दिनुहोला।
तुला राशि – नयाँ कार्यका योजनाहरू बन्नेछन्। आर्थिक मामिलामा सोचविचार गरेर मात्र अघि बढ्नुहोला। चञ्चलता बढ्नाले काममा बाधा उत्पन्न हुनसक्छ। बोल्दा अलिकति ख्याल गर्नुहोला।
वृश्चिक राशि – आर्थिक र व्यवसायिक पक्षमा स्थिरता आउला। पारिवारिक सुख प्राप्त हुनेछ। धार्मिक र सांस्कृतिक कार्यमा सहभागिता हुनेछ। आरम्भ गरेका कार्यहरू सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति हुनेछ।
धनु राशि – शुभ समाचारले मनमा हर्ष छाउनेछ। कलात्मक क्षेत्रमा रुचि बढ्नेछ र दैनिक कार्यमा सफलता मिल्नेछ। तपाईंको लगनशीलताले कार्य सम्पादनमा सहजता ल्याउनेछ। पारिवारिक स्नेहले मनमा आनन्द उत्पन्न हुनेछ।
मकर राशि – व्यवसायिक जीवनमा केही चुनौतिहरू आउन सक्छन्। तर अग्रजको साथले सहजै सम्पन्न हुनेछ। वैदेशिक क्षेत्रका अधुरा कार्यहरू अघि बढ्नेछन्। व्यवसाय विस्तारै गति लिनेछ।
कुम्भ राशि – पारिवारिक सद्भाव बढ्नेछ। व्यवसायिक सफलता प्राप्त हुनेछ। चिताएका कार्यहरूले तीव्रता पाउनेछन्। मन प्रसन्न हुनेछ। महिला वा दिदीबहिनीको सहयोगले कार्यमा सहजता मिल्नेछ।
मीन राशि – आफूलाई कमजोर भएको महसुस हुन सक्छ। फजुल खर्चले मनमा चिन्ता उत्पन्न हुनेछ। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ। नाक, कान, घाँटीको समस्यामा ख्याल गर्नुहोला। आत्मबल बढाएर कार्य गर्दा सफलता मिल्नेछ।
वास्तु टिप्स
बच्चाको सयन कक्ष जहिले पनि पूर्व उत्तर वा उत्तर दिशामा निर्माण गर्नुपर्छ। यदि सन्तानलाई पश्चिम-दक्षिण दिशाको कोठामा सुत्न राखियो भने बच्चामा जिद्दी र अटेरी स्वभाव बढ्दै जान्छ, जसले गर्दा वुवा-आमाको कुरा मान्दैन।
ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मासचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेशमनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाईन, जेसिस चोक, दाङ
फोन नं: ९८४८०६०७९९