२०८३ बैशाख २० गते आइतवार

तपाईंको आजकाे राशिफल २०८१ कार्तिक २७ गते मंगलबार



मेष राशि – आज काम गर्दा सोच विचार गरेर अगाडि बढ्नु होला। नजिकैको साथीबाट धोका पाउन सकिन्छ। व्यवसायमा सोचेजस्तो सफलता मिल्ने छैन। मनमा चिन्ता बढ्नेछ। केयरलेस व्यवहारले दुःख दिन सक्छ।

वृष राशि – सामाजिक तथा धार्मिक कार्यमा मन जान्छ। रचनात्मक कार्यमा सहभागी भइनेछ। पारिवारिक सद्भाव बढ्नेछ। स्वास्थ्यमा भने अलिकति ख्याल गर्नु पर्नेछ। अरुको भलो गर्नाले सुख प्राप्त हुनेछ।

मिथुन राशि – नजिकका आफन्तसँग भेटघाटमा समय बित्नेछ। प्रतिस्पर्धाबिना नै सफलता मिल्नेछ। दिन प्रेमपूर्ण रहनेछ। मनमा हर्ष छाउनेछ। चिताएका कार्यले पूर्णता पाउनेछन्। दिन रमाइलोसँग बित्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ।

कर्कट राशि – रोकिएका कार्यले गति लिनेछन्। घरमा मंगल कार्यको योजना बन्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। आफन्तको सहयोगले मनमा हर्ष छाउनेछ। व्यवसायिक सफलता मिल्नेछ। प्रशासनिक एवं न्यायिक सफलता मिल्नेछ। स्वास्थ्यमा ख्याल राख्नु होला।

सिंह राशि – अपजस सहन गर्नुपर्ने दिन रहेको छ। व्यवसायमा अलिकति विचार गरेर लगानी गर्दा उपयुक्त हुनेछ। विरोधीहरू सक्रिय हुनेछन्। आर्थिक कारोबारमा सोचेजस्तो सफलता मिल्ने छैन। स्वास्थ्य एवं खानपानमा विशेष ध्यान दिनु होला।

कन्या राशि – आफन्तको प्रगतिमा मन रमाउनेछ। मांगलिक कार्यमा सहभागिता रहनेछ। वाणिको प्रभाव बढ्नेछ। कलाको क्षेत्रमा मन रमाउनेछ। आर्थिक सुधार हुनेछ। चिताएको कार्यले तीव्रता पाउनेछ। सोचेजस्तो सफलता प्राप्त हुनेछ।

तुला राशि – शैक्षिक कार्यमा प्रगति हुनेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। दिन प्रेमपूर्ण रहनेछ। नयाँ कार्यका योजनाहरू बन्नेछन्। आर्थिक पक्षमा सुधार आउनेछ। सेयर मार्केटमा सफलता मिल्नेछ।

वृश्चिक राशि – आज दिन शुभ फलदायक रहनेछ। उपहार वा चिठ्ठा प्राप्त हुने सम्भावना छ। विपरीत वर्गको सहयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ। व्यवसायमा केही सफलता मिल्नेछ।

धनु राशि – काम गर्दा अलिकति आत्मबल बढाएर गर्नुपर्नेछ। राजनैतिक कार्यमा सोचेजस्तो सफलता मिल्ने छैन। आर्थिक एवं व्यवसायिक पक्षमा सोचेजस्तो सफलता नमिल्ला। लाभहानि बराबरको दिन रहनेछ।

मकर राशि – शुभ कार्यको चर्चा चल्नेछ। बैदेशिक कार्यमा सफलता मिल्नेछ। सामाजिक सेवामा मन लाग्नेछ। मान–सम्मान बढ्नेछ। शैक्षिक प्रगति हुनेछ। शुभ समाचारले मनमा हर्ष छाउनेछ। रमाइलो यात्रा हुनेछ।

कुम्भ राशि – मान, प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहनेछ। तपाईको क्षमताको कदर हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। व्यवसायिक सफलता मिल्नेछ। चिताएको कार्यले तीव्रता पाउनेछ। मन प्रसन्न रहनेछ। स्वास्थ्यमा ख्याल गर्नु होला।

मीन राशि – वाणिको प्रभाव बढ्नेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्। प्रेमी–प्रेमिकाबीच सुमधुर सम्बन्ध हुनेछ। व्यवसायले केही फड्को मार्नेछ। शैक्षिक क्षेत्रमा पनि आज उत्तम फल प्राप्त हुनेछ। हिम्मत बढ्नाले हरेक कार्यमा सहजता आउनेछ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
तुलसीपुर क लाइन, जेसिस चोक, दाङ
फोन नं. – ९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार