मेष राशि – अधुरा र अपुरा कार्यहरू पुनः सुचारु हुनेछन्। कार्य पूरा हुने दिन रहेको छ। आत्मविश्वास बढ्नेछ। आफन्तसँगको भेटघाटले मनमा खुशी छाउनेछ। अध्ययनमा मन जानेछ। व्यवसाय विस्तारै राम्रो हुनेछ।
वृष राशि – आर्थिक समस्या बढेर मन बेचैन हुनेछ। खर्च बढ्ने सम्भावना छ। संघर्ष अनुसार सफलता नपाउँदा मन खिन्न हुनेछ। व्यवसायमा सोचे अनुरूप सफलता प्राप्त नहुन सक्छ। मनमा चिन्ता बढ्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ।
मिथुन राशि – दैनिक कार्यमा प्रगति हुनेछ। सेवामूलक कार्यमा सफलता प्राप्त हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ। रचनात्मक कार्यमा सहभागी भइनेछ। पारिवारिक सद्भाव बढ्नेछ। विद्यार्थीहरूको लागि आज उपयुक्त दिन रहेको छ।
कर्कट राशि – स्वादिष्ट भोजन प्राप्त हुनेछ। नयाँ योजनाहरू बन्नेछन्। नजिकका आफन्तसँग भेटघाटमा समय बित्नेछ। दिन प्रेमिल रहनेछ। चिताएका कार्यहरू पूर्णरूपमा सम्पन्न हुनेछन्। दिन रमाइलोसँग बित्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। स्वास्थ्यमा भने ख्याल राख्नु पर्नेछ।
सिंह राशि – कीर्तिमान कायम गर्ने दिन रहेको छ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। रोकिएका कार्यले गति लिनेछन्। धार्मिक कार्यमा रुचि बढ्नेछ। व्यवसायिक सफलता प्राप्त हुनेछ। शुभ कार्यको चर्चा चल्नेछ। दिन रमाइलोसँग बित्नेछ।
कन्या राशि – झिनामसिना कार्यहरूको अल्झनमा पर्न सकिन्छ। बोल्दा विचार गरेर मात्र बोल्नु होला। अपजस सहन गर्नु पर्ने दिन रहेको छ। महत्वपूर्ण अवसर गुम्न सक्छ। व्यवसायमा सोचे अनुसार सफलता प्राप्त हुने छैन। धैर्यताले काम गर्दा उचित हुनेछ। स्वास्थ्यमा ख्याल गर्नु पर्नेछ।
तुला राशि – आय आर्जनका नयाँ नयाँ बाटाहरू खुल्नेछन्। व्यवसायबाट मनग्य आम्दानी हुनेछ। दीर्घकालीन योजनाले सार्थकता पाउनेछ। मनोरञ्जनमा दिन बित्नेछ। मांगलिक कार्यमा सहभागी हुने दिन रहेको छ। चिताएको कार्यले तीव्रता प्राप्त गर्नेछ। स्वास्थ्यमा भने ख्याल राख्नु पर्नेछ।
वृश्चिक राशि – वाणीको प्रभाव बढ्नेछ। साझेदारीमा गरिएको कार्यमा सफलता मिल्नेछ। शैक्षिक कार्यमा प्रगति हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ। विद्यार्थीहरूको लागि आज विशेष लाभदायक दिन रहेको छ। दिन प्रेमिल हुनेछ। नयाँ कार्यका योजनाहरू बन्नेछन्।
धनु राशि – आज दिन शुभफलदायक रहेको छ। मित्र सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ। शुभ कार्यको चर्चा चल्नेछ। आर्थिक सवलता बढ्दा मन हर्षित हुनेछ। व्यवसायमा केही सफलता मिल्नेछ।
मकर राशि – कार्य सम्पादनमा ढिलासुस्ती हुनेछ। महत्वपूर्ण अवसर गुम्दा मन खिन्न हुनेछ। पति-पत्नी वा प्रेमी-प्रेमिकाबीच मनमुटाव हुनेछ। विवादबाट जोगिनु नै उपयुक्त हुनेछ। राजनीतिक कार्यमा सोचे अनुसार सफलता प्राप्त हुने छैन। आर्थिक तथा व्यवसायिक पक्षमा सोचे अनुसार सफलता मिल्ने छैन। खानपिनमा अलि ख्याल राख्नु पर्नेछ।
कुम्भ राशि – धनार्जनका नयाँ स्रोतहरू बढ्नेछन्। शुभ कार्यको चर्चा चल्नेछ। सामाजिक सेवामा मन लाग्नेछ। आदर्श व्यक्तिसँग सहकार्य हुन सक्नेछ। मान सम्मान बढ्नेछ। शुभ समाचारले मनमा हर्ष छाउनेछ। रमाइलो यात्रा हुनेछ। साँझको समयमा अनावश्यक खर्च हुन सक्छ।
मीन राशि – शुभ समाचार सुन्न पाइनेछ। मान, प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ। तपाईंको क्षमताको कदर हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। व्यवसायिक सफलता मिल्नेछ। चिताएका कार्यले तीव्रता प्राप्त गर्नेछन्। वैदेशिक कार्यका योजनाहरू सफल हुनेछन्।
वास्तु टिप्स – धनको तिजोरी कहाँ राख्ने?
यदि तपाईंले धनको तिजोरी वा धन पश्चिम उत्तर (वायव्य) दिशामा राख्नुभएको छ भने त्यहाँ धन बचत हुन मुस्किल हुन्छ। त्यसैले धन राख्ने ठाउँ पूर्व उत्तर (ईशान) दिशामा बनाउनु पर्छ।
ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
फोन नं: ९८४८०६०७९९

