मेष राशि – सामाजिक प्रतिष्ठा बढ्नेछ। दाम र नाम दुवै कमाउने अवसर मिल्नेछ। आत्मविश्वास बढ्नेछ। आफन्तसँगको भेटघाटले मनमा खुशी छाउनेछ। अध्ययनमा मन जानेछ। संगीतमा रुचि बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ।
वृष राशि – दैनिक कार्य केही खर्चिलो रहनेछ। मनोमानी तरिकाले काम गर्दा बिग्रने सम्भावना बढ्नेछ। आर्थिक समस्या बढ्नाले मन बेचैन होला। संघर्षअनुसार सफलता नमिल्दा मन खिन्न होला। व्यवसायमा सोचेअनुरूप सफलता मिल्ने छैन। व्यक्तिगत जीवनमा सन्तुलन राख्न जरुरी हुनेछ।
मिथुन राशि – धार्मिक एवं सामाजिक कार्यमा मन जानेछ। दैनिक कार्यमा प्रगति हुनेछ। सेवामूलक कार्यमा सफलता मिल्नेछ। रचनात्मक कार्यमा सरिक भइनेछ। पारिवारिक सद्भाव बढ्नेछ। बौद्धिकताको स्तर बढ्नेछ। पारिवारिक सद्भाव बढ्नेछ।
कर्कट राशि – साथीभाइबाट हिम्मत मिल्नेछ। नाम, प्रतिष्ठा कमाउने समय आएको छ। नयाँ योजनाहरू बन्नेछन्। नजिकका आफन्तसँगको भेटघाटमा समय बित्नेछ। दिन प्रेमिल रहनेछ। चिताएका कार्यले पूर्णता पाउनेछन्। दिन रमाइलोसँग बित्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ।
सिंह राशि – कीर्तिमानी कायम गर्ने दिन रहेको छ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। रोकिएका कार्यले गति लिनेछन्। धार्मिक कार्यमा रुचि बढ्नेछ। व्यवसायिक सफलता मिल्नेछ। कृषकका लागि आजको दिन फलदायी रहनेछ। दिन रमाइलोसँग बित्नेछ।
कन्या राशि – नयाँ योजना कार्यान्वयन गर्न मुस्किल हुनेछ। झिनामसिना कार्यको अल्झनमा परिनेछ। व्यवसायमा सोचेअनुरूप सफलता नहुन सक्छ। धैर्यताले काम गर्दा उचित हुनेछ। स्वास्थ्यमा टाउको, आँखा, नाक, कान, घाँटीको ख्याल गर्नु पर्नेछ। आत्मबल बढाएर कार्य गर्नु पर्नेछ।
तुला राशि – कलाकारिता क्षेत्रमा रुचि बढ्नेछ। आम्दानीका नयाँ बाटाहरू खुल्नेछन्। व्यवसायबाट मनग्य आम्दानी हुनेछ। दीर्घकालीन योजनाले सार्थकता पाउनेछ। मनोरञ्जनमा दिन बित्नेछ। मांगलिक कार्यमा सहभागिता जनाउने दिन छ। चिताएको कार्यले तीव्रता प्राप्त गर्नेछ। स्वास्थ्यमा ख्याल राख्नु पर्ला।
वृश्चिक राशि – सामाजिक मान-सम्मान बढ्नेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। वाणिको प्रभाव बढ्नेछ। साझेदारिमा गरिएको कार्यमा सफलता मिल्नेछ। विद्यार्थीका लागि आज विशेष लाभदायक दिन रहनेछ। शेयर बजारबाट फाइदा मिल्नेछ। नयाँ कार्यका योजनाहरू बन्नेछन्।
धनु राशि – आजको दिन शुभफलदायक रहनेछ। मित्रको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। आर्थिक सबलता बढ्नाले मन हर्षित हुनेछ। व्यवसायमा केही सफलता मिल्नेछ। नयाँ योजनाले मनमा आनन्द दिनेछ।
मकर राशि – सोचेअनुरूप कार्य बन्न मुस्किल हुनेछ। महत्वपूर्ण अवसर गुम्नाले मन खिन्न हुनेछ। पति-पत्नी वा प्रेमी-प्रेमिकाबीच मनमुटाव हुनेछ। वादविवादबाट जोगिनु उचित हुनेछ। राजनैतिक कार्यमा सोचेअनुरूप सफलता मिल्ने छैन। वैदेशिक क्षेत्रका कार्यमा समस्या हुन सक्छ। व्यवसाय भने ठीकै रहनेछ।
कुम्भ राशि – वाणिले अरूलाई प्रभावित पारेर कार्य सम्पादन गरिनेछ। धनार्जनका नयाँ स्रोतहरू बढ्नेछन्। शुभकार्यको चर्चा चल्नेछ। सामाजिक सेवामा मन जानेछ। आदर्श व्यक्तिसँग सहकार्य हुन सक्छ। मान-सम्मान बढ्नेछ। टाढाका व्यक्तिसँगको कुराकानीले मन हर्षित हुनेछ।
मीन राशि – सही समयमा सही निर्णय लिन सकिनेछ। परोपकारमा समय बित्नेछ। शुभ समाचार सुन्न पाइनेछ। मान, प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ। तपाईँको क्षमताको कदर हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। व्यवसायिक सफलता मिल्नेछ। चिताएका कार्यले तीव्रता प्राप्त गर्नेछन्।
ज्योतिषाचार्य तथा वास्तुविद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
फोन नं – ९८४८०६०७९९

