मेष राशि – कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त होलान्। सामाजिक प्रतिष्ठा बढ्नेछ। दाम र नाम दुवै कमाउने अवसर मिल्नेछ। कार्यमा उच्च अधिकारीको साथले सहजता होला। आत्मविश्वास बढ्नेछ। आफन्तसँगको भेटघाटले मनमा खुसी छाउला। अध्ययन-अध्यापनका क्षेत्रमा रुचि बढ्नेछ। मन रमाउनेछ।
वृष राशि – वाणिको प्रभाव बढ्नेछ। मान-सम्मान बढ्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। व्यवसायिक सफलता प्राप्त हुनेछ। चिताएका कार्यले तीव्रता पाउनेछन्। दिन प्रेमिल रहनेछ।
मिथुन राशि – हत्तारिएर गरिएको निर्णयले नकारात्मक असर गर्न सक्छ। दैनिक कार्य केही खर्चिलो रहनेछ। आर्थिक समस्या बढ्नाले मन बेचैन हुनेछ। संघर्ष अनुसार सफलता नमिल्दा मन खिन्न हुनेछ। व्यवसायमा सोचे अनुसार सफलता प्राप्त हुने छैन। व्यक्तिगत जीवनमा सन्तुलन राख्न आवश्यक हुनेछ।
कर्कट राशि – धार्मिक तथा सामाजिक कार्यमा मन लाग्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। सेवामूलक कार्यमा सफलता मिल्नेछ। रचनात्मक कार्यमा संलग्न भइनेछ। पारिवारिक सद्भाव बढ्नेछ। सेयर बजारबाट लाभ मिल्नेछ। बौद्धिकताको स्तर बढ्नेछ।
सिंह राशि – साथीभाइबाट हिम्मत मिल्नेछ। नाम र प्रतिष्ठा कमाउने बेला आएको छ। नयाँ योजनाहरू बन्नेछन्। नजिकका आफन्तसँगको भेटघाटमा समय बित्नेछ। दिन प्रेमिल रहनेछ। चिताएका कार्यले पूर्णता पाउनेछन्। दिन रमाइलो रहनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। विद्यार्थीका लागि आज शुभ दिन रहनेछ।
कन्या राशि – मनलाई धैर्य राखेर काम गर्न सके उत्तम हुनेछ। खानपानमा विशेष ख्याल राख्नुपर्छ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। रोकिएका कार्यले गति लिनेछन्। धार्मिक कार्यमा रुचि बढ्नेछ। कृषकका लागि आजको दिन फलदायी हुनेछ। दिन रमाइलो रहनेछ।
तुला राशि – स्वादिष्ट भोजन प्राप्त हुनेछ। आयआर्जनका नयाँ बाटाहरू खुल्नेछन्। व्यवसायबाट मनग्य आम्दानी हुनेछ। दीर्घकालीन योजनाले सार्थकता पाउनेछन्। मनोरञ्जनमा दिन बित्नेछ। मांगलिक कार्यमा सहभागी हुने समय आएको छ। चिताएको कार्यले तीव्रता पाउनेछ। स्वास्थ्यमा ख्याल राख्नुपर्छ।
वृश्चिक राशि – सामाजिक मान-सम्मान बढ्नेछ। वाणिको प्रभाव बढ्नेछ। लेनदेनको कार्यमा सजग रहँदा शुभ हुनेछ। साझेदारीमा गरिएको कार्यमा सफलता मिल्नेछ। विद्यार्थीका लागि आज विशेष लाभदायक दिन रहनेछ। सेयर बजारबाट फाइदा हुनेछ। नयाँ कार्यका योजनाहरू बन्नेछन्।
धनु राशि – आजको दिन आयव्य र सुखदुःख बराबरी हुने समय छ। निर्णय गर्दा विशेष ख्याल राख्नुपर्छ। पेटसम्बन्धी समस्याले सताउन सक्छ। दिन सोचेभन्दा अलिक संघर्षपूर्ण हुनेछ। आर्थिक पक्ष मजबुत बनाउन आफन्तको साथ आवश्यक हुनेछ।
मकर राशि – दिन शुभ फलदायक रहेको छ। मित्रको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। आर्थिक सबलता बढ्नाले मन खुसी हुनेछ। व्यवसायमा केही सफलता प्राप्त हुनेछ। नयाँ योजनाहरूले मनमा आनन्द दिनेछन्।
कुम्भ राशि – नयाँ कार्यको शुभारम्भ हुनेछ। वाणिले अरूलाई प्रभावित पारेर कार्य सम्पादन गरिनेछ। धनार्जनका नयाँ स्रोतहरू बढ्नेछन्। शुभकार्यको चर्चा चल्नेछ। सामाजिक सेवामा मन लाग्नेछ। आदर्श व्यक्तिसँग सहकार्य हुन सक्नेछ। मान-सम्मान बढ्नेछ। टाढाका व्यक्तिसँगको कुराकानीले मन खुसी हुनेछ। सौखिनता बढ्नाले खर्च पनि बढ्नेछ।
मीन राशि – सही समयमा सही निर्णय लिन सकिनेछ। परोपकारमा समय बित्नेछ। शुभ समाचार सुन्न पाइनेछ। मान, प्रतिष्ठा तथा पदवी प्राप्त हुने दिन रहेको छ। तपाईँको क्षमताको कदर हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। व्यवसायमा केही चुनौती थपिन सक्छ।
ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र: तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
फोन नं:९८४८०६०७९९

