मेष राशि-बाणिको प्रभावले आँटेका कार्य सफल हुनेछन्। मिठा भोजन प्राप्त होला। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। दाम, नाम दुवै कमाउने अवसर मिल्नेछ। आफन्तसँगको भेटघाटले मनमा खुसी छाउनेछ। अध्ययन-अध्यापनका क्षेत्रमा रुचि बढ्नेछ। मन प्रसन्न रहनेछ।
वृष राशि-सामाजिक तथा राजनीतिक क्षेत्रमा मन रमाउनेछ। मान-सम्मान बढ्नेछ। नोकरीमा अधिकारी व्यक्तिको सहयोग प्राप्त हुनेछ। व्यवसायिक सफलता मिल्नेछ। चिताएका कार्यले तीव्रता पाउनेछन्। दिन प्रेमिल रहनेछ।
मिथुन राशि-शत्रुहरूको सक्रियताले मनमा भय उत्पन्न हुन सक्छ। केही ध्यान दिएर काम गर्दा आंशिक सफलता मिल्नेछ। दैनिक कार्य खर्चिलो हुने सम्भावना छ। संघर्ष अनुसार सफलता नमिल्दा मन खिन्न हुन सक्छ। व्यक्तिगत जीवनमा सन्तुलन कायम राख्न जरुरी हुनेछ।
कर्कट राशि –आत्मविश्वास बढ्नेछ। व्यवसायिक सफलता मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा मन लाग्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। सेवामूलक कार्यमा सफलता मिल्नेछ। रचनात्मक कार्यमा सरिक भइनेछ। पारिवारिक सद्भाव बढ्नेछ। विद्यार्थीका लागि दिन शुभमय रहनेछ।
सिंह राशि –सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। चिताएका कार्यहरू तीव्ररूपमा अगाडि बढ्नेछन्। मांगलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। दाम, नाम र प्रतिष्ठा कमाउने बेला आएको छ। नजिकका आफन्तसँग भेटघाटमा समय बित्नेछ। विद्यार्थीका लागि आज शुभ दिन छ।
कन्या राशि-कार्य सुरु गर्दा सोचविचार गर्नुपर्नेछ। कानुनी कार्यहरूमा सफलता मिल्नेछ। मनलाई धैर्य राखेर काम गर्दा उत्तम हुनेछ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता आउनेछ। रोकिएका कार्यले गति लिनेछन्। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रतियोगितामा सफलता प्राप्त हुनेछ।
तुला राशि-आज परिवारलाई समय दिनु लाभदायक हुनेछ। सन्तानको चिन्ताले मन बेचैन हुन सक्छ। आयआर्जनका नयाँ बाटाहरू खुल्नेछन्। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। दीर्घकालीन योजनाले सार्थकता पाउनेछ। मनोरञ्जनमा दिन बित्नेछ। बेलुका अप्रत्याशित उपहार वा वस्तु प्राप्त हुने सम्भावना छ। स्वास्थ्यमा ख्याल गर्नुहोला।
वृश्चिक राशि-दाम्पत्य जीवनमा मिठास बढ्नेछ। सबै क्षेत्रबाट सफलता मिल्नेछ। खानपानमा खर्च बढ्ने सम्भावना छ। सामाजिक मान-सम्मान बढ्नेछ। वाणीको प्रभाव बढ्नेछ। साझेदारीमा गरिएको कार्यमा सफलता मिल्नेछ। विद्यार्थीका लागि विशेष लाभदायक दिन हुनेछ। नयाँ कार्यका योजनाहरू बन्नेछन्।
धनु राशि-आर्थिक पक्ष पहिलेभन्दा सबल हुनेछ। व्यवसायिक कार्यले सफलता मिल्नेछ। निर्णय गर्दा विशेष सावधानी अपनाउनुहोस्। स्वास्थ्यमा लापरबाही गर्दा समस्या हुन सक्छ। मित्रको सहयोगले आर्थिक र सामाजिक पक्ष बलियो हुनेछ।
मकर राशि-आयका स्रोतहरू बढ्नेछन्। आर्थिक लाभ प्राप्त हुनेछ। दिन शुभफलदायक रहनेछ। मित्रको सहयोगले कार्य सम्पादनमा सहजता आउनेछ। शुभकार्यको चर्चा चल्नेछ। व्यवसायमा केही सफलता मिल्नेछ। नयाँ कार्यका योजनाले मनमा आनन्द दिनेछन्। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। स्वास्थ्य सबल रहनेछ।
कुम्भ राशि-आज सोचेअनुरूप काम नबन्दा मनमा चिन्ता बढ्न सक्छ। आवश्यकताभन्दा बढी चुनौतीको सामना गर्नुपर्नेछ। वाहन वा यात्रामा सजग रहनुहोला। सामान चोरी वा हराउन सक्छ, सावधान रहनुहोस्। व्यवसायमा सोचेअनुरूप सफलता मिल्ने सम्भावना कम छ।
मीन राशि-सही समयमा सही निर्णय लिन सकिनेछ। हिम्मतका साथ कार्य गर्दा सफलता प्राप्त हुनेछ। ठूलो कार्य वा योजना अगाडि बढ्नेछ। परोपकारमा समय बित्नेछ। शुभ समाचार सुन्न पाइनेछ। मान, प्रतिष्ठा र पदवी प्राप्त हुने दिन रहेको छ। तपाईँको क्षमताको कदर हुनेछ। व्यवसायमा सफलता मिल्नेछ। लगनशील भएर कार्य गर्दा नाफामुखी हुने दिन छ।
ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा।
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन जेसिस चोक, दाङ।
फोन नं.: ९८४८०६०७९९

