
मेष राशि-राजनीतिक कार्यमा सफलता मिल्नेछ। सामाजिक कार्य गर्ने अवसर मिल्नेछ। प्रतिस्पर्धामा सफलता मिल्ला। व्यवसायमा मनग्य आम्दानी होला। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त होलान्। सामाजिक प्रतिष्ठा बढ्नेछ। दाम र नाम दुवै कमाउने अवसर मिल्नेछ।
वृष राशि-आर्थिक पक्ष मजबुत हुनाले मन हर्षित हुनेछ। व्यवसायले फड्को मार्नेछ। पुराना मित्रसँगको मिलनले मनमा हर्ष छाउनेछ। भौतिक तथा मानसिक सुख बढ्नेछ। मित्र सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। दिन प्रसन्नतासाथ बित्नेछ।
मिथुन राशि-स्वादिष्ट भोजन प्राप्त होला। आर्थिक कारोबार गर्दा सावधानी अपनाउनु होला। व्यवसायिक सफलता सोचेअनुसार हुनेछैन। यात्रा गर्दा सतर्क रहनु होला। मनमा अनेक कुरा खेल्नाले चिन्ता बढ्नेछ। सोचेअनुसार काम नहुँदा मन खिन्न हुनेछ। सकारात्मक सोच राखेर कार्य गर्दा केही सकारात्मक परिणाम आउनेछ।
कर्कट राशि-नयाँ वाहन आदि किनमेलका लागि उपयुक्त समय छैन। कार्यक्षेत्रमा जिम्मेवारी बहन गर्नुपर्नेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा मन जानेछ। मान–सम्मान बढ्नेछ। बोल्दा विचार पुर्याउनु होला।
सिंह राशि-रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। नोकरीमा शुभ समाचार प्राप्त हुनेछ। व्यवसायिक सफलता मिल्नेछ। धार्मिक एवं सामाजिक कार्यमा मन जानेछ। दैनिक कार्यमा प्रगति हुनेछ। सेवामूलक कार्यमा सफलता मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। विद्यार्थीका लागि दिन शुभ रहनेछ।
कन्या राशि-पुराना योजनाहरू सफल हुनेछन्। सामाजिक तथा धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। चिताएका कार्यहरू तीव्र रूपमा अघि बढ्नेछन्। मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। दाम, नाम, प्रतिष्ठा कमाउने समय आएको छ। नजिकका आफन्तसँग भेटघाटमा समय बित्नेछ। विद्यार्थीका लागि आज शुभ दिन हुनेछ।
तुला राशि-कार्य क्षेत्रमा सफलता वा पुरस्कार प्राप्त हुनेछ। सामाजिक तथा राजनीतिक कार्यमा मन जानेछ। समाजमा नाम र प्रतिष्ठा प्राप्त हुनेछ। व्यवसायिक सफलता मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। तपाईंको पारदर्शिताको प्रशंसा हुनेछ।
वृश्चिक राशि-कार्य सुरु गर्दा एकदम सोचविचार गरेर गर्नुहोस्। कानुनी कार्यहरूमा सफलता मिल्नेछ। मनलाई धैर्य राखेर काम गर्दा राम्रो हुनेछ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। रोकिएका कार्यहरू गति लिनेछन्। सामाजिक गतिविधिमा सहभागिता जनाउने अवसर मिल्नेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नु होला।
धनु राशि-साझेदारीमा गरिएका कार्यले सार्थकता पाउनेछ। परिवारलाई समय दिने दिन हो। आम्दानीका नयाँ–नयाँ बाटाहरू खुल्नेछन्। व्यवसायबाट मनग्य आम्दानी हुनेछ। दीर्घकालीन योजनाले सार्थकता पाउनेछ। मनोरञ्जनमा दिन बित्नेछ। साँझ अप्रत्याशित उपहार वा वस्तु प्राप्त हुनेछ।
मकर राशि-आज दिन सोचेअनुसार सफल हुनेछैन। व्यवसायमा अपेक्षा पूरा नहुँदा मन खिन्न हुनेछ। पेशाप्रति मन खिन्न हुन सक्छ। अनावश्यक खर्च बढ्नेछ। बोल्दा विचार गर्नु होला, विवाद वा झमेलामा पर्न सकिन्छ। दाम्पत्य जीवनमा भने प्रेमपूर्ण वातावरण रहनेछ।
कुम्भ राशि-पहिलाको तुलनामा आर्थिक पक्ष बलियो हुनेछ। बच्चाहरूको स्वास्थ्यमा ख्याल गर्नु होला। वाणिज्य क्षेत्रबाट सफलता मिल्नेछ। व्यवसायिक कार्यले राम्रो परिणाम दिनेछ। निर्णय गर्दा विशेष सावधानी अपनाउनु होला। मित्रको सहयोगले आर्थिक र सामाजिक पक्ष बलियो हुनेछ।
मीन राशि-साथीभाइको सहयोगले कठिन कार्यहरू पनि पूर्ण हुनेछन्। आफ्नो सोच परिवर्तन गर्न सके राम्रो हुनेछ। सही समयमा सही निर्णय लिन सकिनेछ। हिम्मत गरेर काम गर्दा सफलता हात लाग्नेछ। परोपकारमा समय बित्नेछ। शुभ समाचार सुन्न पाइनेछ। मान, प्रतिष्ठा र पदवी प्राप्त हुने दिन हो। तपाईंको क्षमताको कदर हुनेछ। लगनशील भएर कार्य गर्दा नाफामुखी हुनेछ।
ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
तुलसीपुर, क-लाइन, जेसिस चोक, दाङ।
९८४८०६०७९९