२०८२ असार ३ गते बुधवार

तपाईँको आजको राशिफल २०८१ मङ्सिर ७ गते शुक्रबार



मेष राशि-कार्यक्षेत्रमा सतर्क रहनुहोला। प्रतिस्पर्धी र विरोधीहरूले सल्बलाउने सम्भावना छ। परिश्रमअनुसार लाभ प्राप्त नहुनाले मन खिन्न हुन सक्छ। नकारात्मक विचारबाट बच्नुपर्छ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। व्यवसायमा केही सफलता मिल्नेछ।

वृष राशि-नकारात्मक सोचबाट बचेर काम गर्दा लाभ हुनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीका लागि उत्साहपूर्ण दिन हुनेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। व्यवसायमा मनग्य आम्दानी हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुन सक्छन्। आर्थिक पक्ष सबल भएकाले मन हर्षित हुनेछ।

मिथुन राशि-एकपछि अर्को जिम्मेवारी थपिनेछ। अलिकति बोझले थकान महसुस होला। आर्थिक पक्ष बलियो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। बोलीमा मिठास बढ्नेछ। व्यवसायमा लाभ प्राप्त हुनेछ। आफू अनुकूल समय रहेकाले कार्यसम्पादनमा सहजता हुनेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता बढ्न सक्छ।

कर्कट राशि-पारिवारिक भेटघाट तथा मित्र मिलन हुनेछ। आर्थिक पक्ष बलियो बन्नेछ। आत्तिएर कुनै पनि निर्णय नगर्नुहोला। दिन सामान्य रहनेछ। व्यवसायिक सफलता मध्यम हुनेछ। यात्रा गर्दा सतर्क रहनुहोला। पारिवारिक सुख प्राप्त हुनेछ। विद्यार्थीका लागि शुभ दिन रहनेछ। तपाईँको कार्यकुशलताको प्रशंसा हुनेछ।

सिंह राशि-मनमा अनावश्यक चिन्ता बढ्नेछ। शरीरमा आलस्य उत्पन्न हुनाले कार्यमा बाधा पुग्न सक्छ। व्यवसायमा सोचेअनुरूप सफलता नमिल्दा मन खिन्न हुन सक्छ। अपजस प्राप्त हुने सम्भावना भएकाले बोल्दा सावधान रहनुहोला। प्रेम सम्बन्धमा खटपट हुनेछ।

कन्या राशि-कार्य क्षेत्रमा सम्मान प्राप्त हुनेछ। पारिवारिक वातावरण सुखद बन्नेछ। आर्थिक स्रोतहरू बढ्नेछन्। वैदेशिक कार्यहरू सुचारु हुनेछन्। मान-सम्मान बढ्नेछ। बोल्दा विचार गर्नुहोला। जग्गा जमिनको कारोबारमा सफलता मिल्नेछ। विद्यार्थीका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ। शेयर बजारका लागि पनि दिन शुभ रहनेछ।

तुला राशि-समयमै कार्य सम्पादन गर्न नसक्दा समस्या थपिनेछ। पारिवारिक माहोलमा खर्च हुनेछ। विद्यार्थीको बौद्धिक क्षमता वृद्धि हुनेछ। रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। नोकरीमा शुभ समाचार प्राप्त होला। व्यवसायमा सफलता मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। दैनिक कार्यमा प्रगति हुनेछ। सेवामूलक कार्यमा सफलता मिल्नेछ।

वृश्चिक राशि-शुभ समाचारले मन प्रसन्न हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। पुराना योजनाहरू सफल हुनेछन्। सामाजिक तथा धार्मिक कार्यमा सहभागी भइनेछ। चाहेका कामहरू तीव्र रूपमा अघि बढ्नेछन्। विद्यार्थीका लागि शुभ दिन हुनेछ।

धनु राशि-मित्रबाट धोका पाउन सकिन्छ। आर्थिक वृद्धि हुनेछ। जोश-जाँगर बढ्नेछ। व्यवसायमा सफलता मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा सहभागिता हुनेछ। विद्यार्थीका लागि महत्त्वपूर्ण दिन हुनेछ। सोचेअनुसार काम बन्नाले मन प्रसन्न रहनेछ। स्वास्थ्य सुधारोन्मुख हुनेछ। उत्तरार्धमा धन खर्च हुनेछ।

मकर राशि-कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ। रोकिएका काम सुचारु हुनेछन्। पारिवारिक स्वास्थ्यमा चिन्ता बढ्न सक्छ। अग्रजको सल्लाहमा गरिएको काम सफल हुनेछ। साझेदारीमा गरिएको कार्यले सार्थकता पाउनेछ। परिवारलाई समय दिनु राम्रो हुनेछ। कानुनी क्षेत्रमा शुभ समाचार प्राप्त हुनेछ। आम्दानीका नयाँ बाटाहरू खुल्नेछन्।

कुम्भ राशि-आजको दिन मध्यम फलदायी रहनेछ। व्यवसायमा लगानी गर्न उपयुक्त समय होइन। यात्रा गर्दा ध्यान दिनुहोला। विवादबाट टाढै बस्दा राम्रो हुनेछ। परिश्रमअनुसार लाभ प्राप्त हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। कृषि क्षेत्र सबल हुनेछ। राजनीतिक गतिविधिमा सहभागिता हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। विद्यार्थीका लागि दिन शुभ फलदायक हुनेछ। अनावश्यक खर्च हुनेछ।

मीन राशि-आजको दिन उत्साहपूर्ण हुनेछ। व्यवसायमा मनग्य आम्दानी बढ्नेछ। प्रतिस्पर्धामा जित हासिल हुनेछ। पारिवारिक हर्ष बढ्नेछ। सोचेअनुरूप काम बन्दै जानाले मन खुसी हुनेछ। जागिरेका लागि स्थानान्तरणको सम्भावना रहन्छ। विद्यार्थीका लागि शुभ फलदायक दिन हुनेछ। अनावश्यक खर्चबाट बच्नुहोला।

ज्योतिषाचार्य तथा वास्तुविद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क.लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार