२०८३ बैशाख १८ गते शुक्रवार

एक करोडको लागतमा राप्ती इलेक्ट्रोनिक्स



तुलसीपुर, १३ मंसिर ।

तुलसीपुरका युवा व्यवसायी खडक पुनले इलेक्ट्रोनिक व्यवसाय संचालनमा ल्याउनुभएको छ । पुनले ब्राण्डेड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामानको विक्री वितरणका लागि राप्ती इलेक्ट्रोनिक्स व्यवसाय संचालमा ल्याउनु भएको हो ।

तुलसीपुर स्थित विपि चोकमा करिब १ करोडको लागतमा व्यावसाय संचालनमा ल्याउनुभएको छ । व्यवसायको बिहिबार तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनील केसीले उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष केसीले तुलसीपुरमा अझै व्यवसायिक र आर्थिक सम्भावना बलियो रहेको बताउँदै युवा पुस्ताले स्थानीय स्तरमै अवसर खोज्न सके आर्थीक समृद्धि हाँसील गर्न सकिने बताउनुभयो । उहाँले पछिल्लो समय रोजगारीका लागि विदेश जाने प्रवृत्ति बढिरहेको भन्दै तुलसीपुरमा लगानीको राम्रो सम्भावना रहेको र स्थानीय स्तरमा रोजगारी सिर्जनामा योगदान पु¥याएको धारणा राख्नुभयो ।

व्यवसाय सञ्चालन गर्नु मात्र ठूलो नभएर गुणस्तरीय सेवा तथा सामग्री उपलब्ध गराउनु नै मुख्य उद्देश्य सहनुपर्ने बताउभयो । राप्ती इलेक्ट्रोनिक्स तथा मोबाईलमा ब्रान्डेड स्वदेशी तथा विदेशी जुनसुकै कम्पनीका इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामानहरू पाइने र मर्मत सुविधासमेत रहेको सञ्चालक खडक पुनले जानकारी दिनुभयो ।

व्यापार व्यवसाय छोडेर विदेश पलायन भइरहेका बेला नेपालमै प्रशस्त सम्भावना देखेर लगानी गरेको बताउनुभयो। ‘रोजगारीका लागि विदेश जानुपर्छ भन्ने छैन्, नेपालमै गर्न सकिन्छ ।’ उहाँले भन्नुभयो-‘हामी विदेशमा जस्तोसुकै काम गर्न सकिन्छ भन्ने मानसिकता बोक्छौँ, तर नेपालमा त्यस किसिमले रोजगारी गर्दैनौँ।’

ठुलो रकम खर्च गरेर विदेश जानुभन्दा स्वदेशमा अरुलाई पनि रोजगारी दिने गरी व्यवसाय संचालन गर्न पाउँदा निकै खुशी लाग्ने बताउनुभयो । व्यवसायमा ७ जनालाई प्रत्यक्षरुपमा रोजगारी प्रदान गरिएको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार