२०८३ बैशाख २० गते आइतवार

तपाईंको आजको राशिफल २०८१ मंसिर १५ गते शनिबार



मेष राशि:पारिवारिक सफल यात्राको योग रहला। सन्तानबाट शुभ समाचार प्राप्त होला। कार्यक्षेत्रबाट लाभ हुनेछ। व्यवसायमा सफलता मिल्नेछ। सोचेअनुसार कार्य सम्पन्न हुने भएकाले मन प्रसन्न रहला। दिन रमाइलो तरिकाले बित्नेछ। पारिवारिक जमघट हुनेछ। अधुरा कामहरू सुचारु हुनेछन्। कुनै पनि निर्णय गर्दा ध्यान दिनु होला।

वृष राशि:आजको दिन मध्यम फलदायी हुनेछ। व्यवसायमा सोचेअनुसार सफलता मिल्ने छैन। कार्य गर्दा एकदमै ध्यान दिनु पर्नेछ। विद्यार्थीका लागि उपयुक्त समय छैन; पढाइमा मन जानेछैन। स्वास्थ्यमा विशेष ख्याल गर्नु होला। खर्च बढ्न सक्छ।

मिथुन राशि:कार्यक्षेत्रमा ज्ञान र लगनशीलताको प्रशंसा हुनेछ। बेचैनी हटेर जानेछ। रोकिएका कामहरू पुनः सुचारु हुनेछन्। कारोबारमा सहजता आउने भएकाले मन प्रसन्न हुनेछ। मनका विकारहरू हट्नेछन्। पुराना मित्रहरूसँगको भेटघाटले मन प्रफुल्ल रहला।

कर्कट राशि:आर्थिक कारोबार मजबुत हुनेछ। सोचेअनुसार कार्य अगाडि बढ्नाले मन खुशी हुनेछ। व्यवसायमा नयाँ कामहरू प्राप्त हुनेछन्। साथीभाइको साथ मिल्नेछ। शिक्षा क्षेत्र सुदृढ रहला। आज आफैंलाई ऊर्जावान महसुस हुनेछ।

सिंह राशि:धार्मिक कार्यमा रुचि बढ्नेछ। धैर्यताले काम गर्दा शुभफल प्राप्त हुनेछ। नकारात्मक सोचबाट बच्न सके लाभ हुनेछ। लापरवाह वाणीले दुःख दिन सक्छ। समाजमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीका लागि उत्साहजनक दिन हुनेछ। कानूनी काममा सजग रहँदा सहजता हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।

कन्या राशि:एकपछि अर्को जिम्मेवारी थपिनेछ। कामको चापले थकान महसुस हुनेछ। कर्जा दिन आज उपयुक्त छैन। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। वाणीमा मिठास बढ्नेछ। समय अनुकूल भएकाले काम गर्न सजिलो हुनेछ। स्वास्थ्यलाई लिएर चिन्ता बढ्न सक्छ। सवारी चलाउँदा सावधानी अपनाउनु होला।

तुला राशि:पारिवारिक भेटघाट र मित्रहरूको मेल हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ। हतारमा कुनै पनि निर्णय नगर्नु होला। व्यवसायिक सफलता मध्यम रहला। यात्रा गर्दा सतर्क रहनु होला। पारिवारिक सुख प्राप्त हुनेछ। विद्यार्थीका लागि शुभ दिन हुनेछ। तपाईंको कार्यकुशलताको प्रशंसा हुनेछ। योजनाहरू पूरा भएकाले मन प्रसन्न हुनेछ। शेयर बजारबाट लाभ मिल्नेछ।

वृश्चिक राशि:कार्य क्षेत्रमा सम्मान मिल्नेछ। पारिवारिक माहोल सुखद रहनेछ। आर्थिक स्रोतहरू बढ्नेछन्। वैदेशिक कामहरू सुचारु हुनेछन्। मान–सम्मानमा वृद्धि हुनेछ। बोल्दा विचार गर्नु होला। जीवनसाथीको साथ मिल्नेछ। विद्यार्थीका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ।

धनु राशि:समाजमा मान-सम्मान मिल्नेछ। कार्यक्षेत्रमा योजना बमोजिम काम हुँदा मन खुशी हुनेछ। चिताएका कामले सार्थकता पाउनेछन्। दिन रमाइलो बित्नेछ। सामाजिक तथा धार्मिक काममा रुचि बढ्नेछ। स्वास्थ्यमा भने ख्याल राख्नु होला।

मकर राशि:समयमै काम सम्पन्न गर्न नसक्दा समस्या बढ्न सक्छ। पारिवारिक माहोलमै खर्च हुनेछ। रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। व्यवसायिक सफलता मिल्नेछ। धार्मिक तथा सामाजिक काममा मन लाग्नेछ। दैनिक काममा प्रगति हुनेछ। अरूको विश्वासमा पर्दा धोका पाइने भएकाले सतर्क रहनु होला।

कुम्भ राशि:शुभ समाचारले मन प्रसन्न हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग मिल्नेछ। पुराना योजनाहरू सफल हुनेछन्। सामाजिक तथा धार्मिक काममा सहभागिता जनाइनेछ। चिताएका कामहरू तीव्र रूपमा अगाडि बढ्नेछन्। न्यायिक काममा सफलता मिल्नेछ।

मीन राशि:नजिकका व्यक्तिसँग वादविवादबाट बच्नु होला। साथीभाइबाट धोका पाउन सकिन्छ। आर्थिक वृद्धि हुनेछ। जोश र जागर बढ्नेछ। व्यवसायमा सफलता मिल्नेछ। सामाजिक तथा धार्मिक काममा सहभागिता जनाइनेछ। सोचेअनुसार काम भएकाले मन प्रसन्न हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। उत्तरार्धमा धन खर्च हुनेछ। गाडी चलाउँदा ध्यान दिनु होला।

ज्योतिषाचार्य तथा वास्तुविद् -माधवा शर्मा
सचिव, नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार