
रोल्पा, १६ मंसिर ।
रोल्पाको रुण्टीगढी गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा भुपमणी पुनमगर निर्वाचित हुनुभएको छ । आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेसका पुनमगर ६४३ मतका साथ निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिष्पर्धि नेकपा एमालेका बेगम पुनले ५३५ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा माओवादी केन्द्रका नरेशजंग सिंहले ७० मत ल्याउनुभएको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पाटीका पहल बहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पाटीका हिमबहादुर पुन र मंगोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर बुढाले ७÷७ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार