२०८३ बैशाख २० गते आइतवार

तपाईंको आजको राशिफल २०८१ मंसिर १७ गते सोमबार



मेष राशि – नेतृत्वदायित्वको भूमिका निभाउनु पर्नेछ। पारिवारिक साथले कार्य सम्पादनमा सहयोग पुर्याउनेछ। आर्थिक लगानीमा सोचविचार गरेर अगाडि बढ्नुहोला। बोलिको प्रभाव बढ्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। शुभकार्यको चर्चा हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

बृष राशि – दिन प्रेमिल रहनेछ। नेतृत्व क्षमतामा सुधार हुनेछ। चिताएका कार्यले पूर्णता पाउनेछन्। विशिष्ट व्यक्तिसँगको साथले कार्यमा सहजता प्राप्त हुनेछ। साझेदारीमा गरिएको कार्यमा सफलता मिल्नेछ। दिन रमाइलो संग बित्नेछ।

मिथुन राशि – स्वास्थ्यमा विशेष ध्यान दिनु पर्नेछ। सामान्य चोटपटकको सम्भावना छ, सतर्क रहनुहोला। उत्साहमा कमी आउन सक्छ। कार्यमा केही ढिलाइ हुनेछ। खर्च बढ्नेछ। निर्णय गर्दा ध्यान दिनुहोला।

कर्कट राशि – शिक्षा क्षेत्रमा प्रगति हुनेछ। नयाँ कार्यको थालनी हुनेछ। लामो समयदेखि रोकिएका कार्य तिव्र गतिमा अघि बढ्नेछन्। एकपछि अर्को अवसर आउनेछ। आफ्ना इच्छाअनुसार समय व्यतित हुनेछ। स्वास्थ्यमा ख्याल राख्नुहोला।

सिंह राशि – व्यक्तिगत जीवनमा सन्तुलन राख्नु पर्नेछ। हर्ष उल्लासमा दिन बित्नेछ। चिताएका कार्यले गति प्राप्त गर्नेछन्। सोचेअनुसार सफलता प्राप्त हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ र मानसम्मान मिल्नेछ। पारिवारिक सुख प्राप्त हुनेछ।

कन्या राशि – अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्। वैदेशिक कार्यमा गति आउनेछ। अरुलाई छिटो प्रभावित गरेर कार्य सम्पन्न गर्न सकिनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। खानपानमा ध्यान दिनु पर्नेछ। सामान्य स्वास्थ्य समस्याले मन अशान्त पार्न सक्छ।

तुला राशि – अधिकार प्राप्त गर्न अलिकति बढी संघर्ष गर्नु पर्नेछ। खानपानमा ध्यान दिनु पर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नुहोला। चञ्चलता बढ्नाले काममा बाधा आउन सक्छ। बोल्दा ध्यान दिनुहोला। व्यवसायमा भने सोचेअनुसार सफलता मिल्नेछैन।

बृश्चिक राशि – साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोगले कार्य सहज हुनेछ। व्यवसायमा आम्दानी वृद्धि हुनेछ। धार्मिक र सांस्कृतिक कार्यमा सहभागी हुनु हुनेछ। महत्वपूर्ण कार्यहरू सफल हुनेछन्। प्रेमसम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति बढ्नेछ।

धनु राशि – दैनिक कार्यमा सफलता मिल्नेछ। आफन्तको साथ प्राप्त हुनेछ। तपाईको लगनशीलताले कार्यमा सहजता ल्याउनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले कार्य सजिलो हुनेछ। दिन शुभफलप्रद हुनेछ। पारिवारिक स्नेहले मनमा आनन्द उत्पन्न हुनेछ। व्यवसायमा सफलता मिल्नेछ।

मकर राशि – कुटुम्बको साथले दिन रमाइलो हुनेछ। कार्यमा केही चुनौतीहरू आउन सक्छन्, तर अग्रजको साथले सहजै सम्पन्न हुनेछ। वैदेशिक कार्यहरूमा प्रगति हुनेछ। व्यवसायमा विस्तार हुनेछ। प्रेमसम्बन्धमा मिठास हुनेछ।

कुम्भ राशि – आफूलाई कमजोर महशुस हुनेछ। नजिकका व्यक्तिहरूबाट धोका पाउन सक्नुहुन्छ, सजग रहनुहोला। झन्झटिलो कार्यमा संलग्न हुनु हुनेछ। फजुल खर्चले चिन्ता उत्पन्न गर्न सक्छ। महत्वपूर्ण कार्यमा व्यवधान आउन सक्छ। प्रेमसम्बन्धमा समस्याहरू आउन सक्छन्। अवसरहरू गुम्न सक्नेछन्।

मिन राशि – मङ्गलकार्यको योजना बन्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ। आज मनमा शान्ति र उमङ्ग हुनेछ। स्वादिष्ट भोजन प्राप्त हुनेछ। शुभकर्मको चर्चा हुनेछ। दिन आनन्दमय रहनेछ। रोकिएका अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्।

ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र: तुलसीपूर क लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार