२०८३ बैशाख २० गते आइतवार

तपाईँको आजको राशिफल २०८१ मंसिर १८ गते मंगलबार



मेष राशि-मानसिक दबाव बढेको महसुस हुन सक्छ। आजको दिन मध्यम फलदायी रहनेछ। पति-पत्नीमा मनमुटाव छाउन सक्छ। अनावश्यक चिन्ता उत्पन्न हुनेछ, स्वास्थ्यमा ध्यान दिनुहोला। धैर्यताले काम गर्दा सहजता हुनेछ।

वृष राशि-बन्धु-बान्धवको सहयोगले काम सम्पन्न गर्न सजिलो हुनेछ। शुभकार्यको चर्चा चल्न सक्छ। रोकिएका काम पुनः सुचारु हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कूटनीतिक सफलता प्राप्त हुनेछ। तर, पारिवारिक जीवनमा मतभेद सिर्जना हुन सक्छ। स्वास्थ्यमा सावधानी अपनाउनुहोला। व्यवसायमा अपेक्षाअनुसार सफलता नपाइने सम्भावना छ।

मिथुन राशि-नयाँ योजनाहरू बन्नेछन्। आफन्त र साथीभाइको सहयोग प्राप्त हुनेछ। सुरु गरेका कामहरू पूरा हुनेछन्। मान-प्रतिष्ठा वृद्धि हुनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। तर, दिनको उत्तरार्धमा स्वास्थ्यमा खटपट हुन सक्छ।

कर्कट राशि-आफ्नो इच्छाअनुसार समय बिताउन सकिनेछ। मनमा शान्ति छाउनेछ। सोचेजस्तै काम अघि बढ्दा खुशी मिल्नेछ। आर्थिक लाभ हुनेछ। पारिवारिक जमघटले आनन्द प्रदान गर्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

सिंह राशि-आत्मबलको कमीले मनमा दुविधा उत्पन्न हुन सक्छ। नयाँ योजनाहरू कार्यान्वयन गर्न कडा मिहिनेत गर्नुपर्नेछ। खानपानमा ध्यान दिनुहोला। निर्णय गर्दा सावधानी अपनाउनुहोस्। अनावश्यक खर्च बढ्न सक्छ। स्वास्थ्यमा विशेष ख्याल गर्नुहोला।

कन्या राशि-रोकिएका कामहरू पुनः सुचारु हुनेछन्। मनमा हर्ष छाउनेछ। व्यक्तिगत कामले तीव्रता पाउनेछ। मित्रबाट सहयोग प्राप्त हुनेछ। महत्वपूर्ण कामको थालनी हुनेछ। रोजगारका अवसर मिल्नेछन्। दैनिक काममा सफलता मिल्नेछ। व्यवसायमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव प्रदान गर्नेछ।

तुला राशि-प्रतिस्पर्धाबिनै लाभ मिल्ने समय छ। सामाजिक काममा संलग्न भइनेछ। बौद्धिक विकास हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। मनमा उत्साह र वाक्पटुता बढ्नेछ। जोश-जाँगर र हिम्मतले काममा सफलता मिल्नेछ। सोचेअनुरूप कामले तीव्रता पाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।

वृश्चिक राशि-संगीतमा रुचि बढ्नेछ। पुनर्मिलनको योग रहेको छ। सुरु गरेका कामहरू सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति हुनेछ। आफन्तसँगको भेटघाटले पारिवारिक सौहार्दता कायम रहनेछ।

धनु राशि-कार्य क्षेत्रमा भाग्यले साथ दिनेछ। चाहेका काम पूरा हुनेछन्। मित्र भेटले मन प्रफुल्ल हुनेछ। अवरोधहरू हट्नेछन्। पति-पत्नीबीच प्रेम सम्बन्ध प्रगाढ हुनेछ। पारिवारिक स्वास्थ्यमा भने ख्याल गर्नुपर्नेछ।

मकर राशि-पारिवारिक सुख र शान्ति प्राप्त हुनेछ। अधुरा काम पुनः सुचारु हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभ समाचार सुन्न पाइनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउँदै जानेछ। पारिवारिक साथ प्राप्त हुनेछ। तर, दिनको उत्तरार्धमा खर्च बढ्न सक्छ।

कुम्भ राशि-जोश-जाँगर र हिम्मत बढ्नेछ। धर्मकर्म तथा सामाजिक काममा मन जानेछ। दैनिक काममा प्रगति हुनेछ। रमाइलो यात्राको सम्भावना बढ्नेछ। धैर्य र लगनशीलताले अवसर प्राप्त हुनेछ। नयाँ अवसरहरू हात लाग्नेछन्। पारिवारिक सद्भाव कायम हुनेछ। कुनै कुराले भ्रममा पार्न सक्छ, सतर्क रहनुहोला।

मीन राशि-विश्वास गरेका व्यक्तिबाट पूर्ण सहयोग प्राप्त हुनेछ। मनमा शान्ति मिल्नेछ। उत्साह र उमंगले दिन बित्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। मिठो भोजनको आनन्द मिल्नेछ। शुभ कर्मको चर्चा चल्नेछ। दिन आनन्दमय रहनेछ।

ज्योतिषाचार्य एवं वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क–लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार