मेष राशि-पारिवारिक खर्च बढ्न सक्छ। कार्यक्षेत्रबाट लाभ प्राप्त हुनेछ। व्यवसायमा सफलता मिल्नेछ। सोचेअनुसार कार्य बन्नाले मन प्रसन्न रहनेछ। दिन रमाइलो तरिकाले बित्नेछ। पारिवारिक जमघट हुनेछ। अधुरा कार्यहरू सुचारु हुनेछन्। शत्रुहरू भने बढ्न सक्छन्।
वृष राशि-बेचैनी हटेर जानेछ। रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। कारोबारमा सहजता आउँदा मन हर्षित हुनेछ। जग्गा-जमिनको कार्यका लागि आज शुभ दिन छ। मनका विकारहरू हट्नेछन्। पुराना मित्रसँगको मिलनले मन प्रसन्न रहनेछ।
मिथुन राशि-कार्य क्षेत्रमा सतर्क रहनु होला। प्रतिस्पर्धीहरू सक्रिय हुनेछन्। परिश्रमअनुसार लाभ प्राप्त नहुँदा मन खिन्न हुन सक्छ। नकारात्मक विचारबाट बचेर कार्य गर्नु होला। स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्नेछ। व्यवसायमा केही सफलता मिल्नेछ।
कर्कट राशि-धैर्यतापूर्वक कार्य गर्दा शुभफल प्राप्त हुनेछ। नकारात्मक सोचबाट टाढा रहेर काम गर्दा लाभ हुनेछ। लापरवाह बोलीले दुःख दिन सक्छ। समाजमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीका लागि आज उत्साहपूर्ण दिन हुनेछ। कानुनी कार्यमा सजग रहँदा सहजता आउनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।
सिंह राशि-एकपछि अर्को जिम्मेवारी थपिनेछ। थकानको महसुस हुन सक्छ। कर्जा दिनका लागि आज उपयुक्त समय छैन। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। वाणीमा मिठास आउनेछ। समय अनुकूल भएकाले कार्यसम्पादन सहज हुनेछ। स्वास्थ्यलाई लिएर चिन्ता बढ्न सक्छ।
कन्या राशि-पारिवारिक भेटघाट र मित्रसँगको मिलन हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ। हतारमा कुनै निर्णय नगर्नु होला। व्यवसायिक सफलता सामान्य रहनेछ। यात्रा गर्दा सतर्क रहनु होला। पारिवारिक सुख प्राप्त हुनेछ। विद्यार्थीका लागि आज शुभ दिन छ। तपाईंको कार्यकुशलताको प्रशंसा हुनेछ। योजनाहरू पूरा हुँदा मन प्रसन्न हुनेछ। स्वास्थ्यमा ख्याल राख्नु होला।
तुला राशि-कार्य क्षेत्रमा सम्मान मिल्नेछ। पारिवारिक माहोल बन्नेछ। आर्थिक स्रोतहरू बढ्नेछन्। वैदेशिक कार्यहरू सुचारु हुनेछन्। मान-सम्मान बढ्नेछ। बोल्दा विचार गर्नु होला। जग्गा-जमिनको कारोबारमा सफलता मिल्नेछ। विद्यार्थीहरू प्रतिस्पर्धामा सफल हुनेछन्।
वृश्चिक राशि-समाजमा मान-सम्मान मिल्नेछ। कार्यक्षेत्रमा योजना अनुसार काम हुँदा मन खुसी हुनेछ। चिताएको कार्यले सार्थकता पाउनेछ। दिन रमाइलो तरिकाले बित्नेछ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। स्वास्थ्यमा भने अलिक ख्याल राख्नु होला।
धनु राशि-समयमै कार्य सम्पादन गर्न नसक्दा समस्या थपिन सक्छ। पारिवारिक माहोलमै खर्च हुनेछ। रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। व्यवसायिक सफलता मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। दैनिक कार्यमा प्रगति हुनेछ।
मकर राशि-शुभ समाचारले मन प्रसन्न हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। पुराना योजनाहरू सफल हुनेछन्। सामाजिक तथा धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। चिताएका कार्यहरू तीव्र रूपमा अगाडि बढ्नेछन्।
कुम्भ राशि-मित्रहरूबाट धोका पाउन सकिन्छ। आर्थिक वृद्धि हुनेछ। जोश-जाँगर बढ्नेछ। व्यवसायमा सफलता मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा सहभागी हुनु हुनेछ। सोचेअनुसार काम बन्नाले मन प्रसन्न हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। उत्तरार्धमा धन खर्च हुने सम्भावना छ। गाडी-मोटर चलाउँदा सतर्क रहनु होला। पिताको स्वास्थ्यमा चिन्ता बढ्न सक्छ।
मीन राशि-कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ। रोकिएका कार्य सुचारु हुनेछन्। पारिवारिक स्वास्थ्यलाई लिएर चिन्ता बढ्न सक्छ। अग्रजको सल्लाहमा गरिएको कार्यले सफलता दिनेछ। साझेदारीमा गरिएका कार्यले सार्थकता पाउनेछन्। परिवारलाई समय दिएर बिताउँदा उत्तम हुनेछ। आम्दानीका नयाँ बाटाहरू खुल्नेछन्। देखासिकी गर्ने बानीले धोका पाउने सम्भावना छ।
ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र: तुलसीपुर, क-लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

