मेष राशि-नेतृत्वदायी भूमिकामा सक्रिय हुनु पर्नेछ। पारिवारिक साथले कार्य सम्पादनमा सहयोग हुनेछ। आर्थिक लगानीमा सोचविचार गरेर अगाडि बढ्नुहोला। बोलीको प्रभाव बढ्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।
वृष राशि-दिन प्रेमिल रहनेछ। नेतृत्व क्षमतामा निखारता छाउला। चिताएका कार्यले पूर्णता पाउनेछन्। विशिष्ट व्यक्तिको साथले कार्यमा सहजता प्राप्त होला। साझेदारीमा गरिएको कार्यमा सफलता मिल्नेछ। दिन रमाइलो तरिकाले बित्नेछ।
मिथुन राशि-स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्नेछ। सामान्य चोटपटकको सम्भावना रहेकाले सतर्क रहनुहोला। उमङ्ग र उत्साहमा कमी आउला। कार्यमा ढिलासुस्ती हुनेछ। खर्च बढ्ने सम्भावना छ। निर्णय गर्दा सावधानी अपनाउनुहोस्।
कर्कट राशि-शिक्षा क्षेत्रमा प्रगति हुनेछ। नयाँ कार्यको थालनी हुनेछ। लामो समयदेखि रोकिएका कार्यहरू तीव्ररूपले अघि बढ्नेछन्। एकपछि अर्को अवसर आउँदा मन प्रसन्न हुनेछ। इच्छाअनुसार समय बित्नेछ। स्वास्थ्यमा ख्याल गर्नुहोला।
सिंह राशि-व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्नु पर्नेछ। हर्ष र उल्लासमा दिन बित्नेछ। चिताएको कार्यले तीव्रता प्राप्त गर्नेछ। सोचेअनुरूप सफलता प्राप्त हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नुका साथै मानसम्मान प्राप्त हुनेछ। पारिवारिक सुख पाइनेछ।
कन्या राशि-अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्। वैदेशिक कार्यले तीव्रता पाउनेछ। अरूलाई छिटै प्रभावित पारेर कार्य सम्पन्न गर्न सकिनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। खानपानमा ध्यान दिनुहोला। सामान्य स्वास्थ्य समस्या देखा पर्न सक्छ।
तुला राशि-अधिकार प्राप्त गर्न संघर्ष गर्नुपर्नेछ। खानपानमा ध्यान दिनुहोला। निर्णय गर्दा विशेष सतर्कता अपनाउनुहोला। चञ्चलता बढ्नाले काममा बाधा पर्न सक्छ। बोल्दा ख्याल गर्नुहोला। व्यवसायमा अपेक्षित सफलता प्राप्त नहुन सक्छ।
वृश्चिक राशि-साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोगले जुनसुकै कार्य सहज हुनेछ। व्यवसायमा मनग्य आम्दानी हुनेछ। धार्मिक र सांस्कृतिक कार्यमा सहभागिता बढ्नेछ। चाहेको काम पूरा हुनेछ। प्रेमसम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति हुनेछ।
धनु राशि-दैनिक कार्यमा सफलता मिल्नेछ। आफन्तको साथ प्राप्त हुनेछ। तपाईँको लगनशीलताले कार्य सम्पादनमा सहजता ल्याउनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले थप सहजता मिल्नेछ। दिन शुभ फलदायक रहेको छ। पारिवारिक स्नेहले मन आनन्दित हुनेछ। व्यवसायमा सफलता मिल्नेछ।
मकर राशि-कुटुम्बको साथले दिन रमणीय बन्नेछ। कार्यमा केही चुनौती देखिए पनि अग्रजको सहयोगले सहजै सम्पन्न हुनेछ। वैदेशिक क्षेत्रका अधुरा कार्य अघि बढ्नेछन्। व्यवसायले विस्तारै गति लिनेछ। प्रेमी–प्रेमिकाबीच सम्बन्ध सुमधुर हुनेछ।
कुम्भ राशि-आफूलाई कमजोर महसुस हुनेछ। नजिकका व्यक्तिबाट धोका पाउने सम्भावना भएकाले सतर्क रहनुहोला। झन्झटिला कार्यमा संलग्न भइनेछ। फजुल खर्चले मनमा चिन्ता उत्पन्न हुनेछ। महत्वपूर्ण कार्यमा व्यवधान आउन सक्छ। प्रेम सम्बन्धमा समस्या आउला। अवसर गुम्न सक्छ।
मीन राशि-मङ्गलकार्यको योजना बन्नेछ। एकपछि अर्को अवसर आउँदा मन प्रसन्न हुनेछ। मनमा शान्ति मिल्नेछ। उत्साह र उमङ्गमा दिन बित्नेछ। प्रशस्तान्न भोजन प्राप्त हुनेछ। शुभ कर्मको चर्चा चल्नेछ। दिन आनन्दमय हुनेछ। रोकिएका अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्।
ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव, नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क-लाइन, जेसिस चोक, दाङ।
९८४८०६०७९९