२०८१ माघ ६ गते आइतवार

तपाईँको आजको राशिफल २०८१ मंसिर २१ गते शुक्रबार



मेष राशि:आज परिवारसँग समय बिताउँदा लाभ मिल्नेछ। नकारात्मक विचारबाट बच्न ध्यान दिनुहोस्। दाम्पत्य जीवनमा केही प्रभाव पर्न सक्छ। अल्छिपनाका कारण कार्यमा बाधा आउन सक्छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ।

वृष राशि:प्रतिस्पर्धामा सफलता मिल्नेछ। व्यवसायमा मनग्य आम्दानी हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। दाम र नाम दुवै कमाउने मौका मिल्नेछ। आर्थिक पक्ष मजबुत हुँदा मन हर्षित हुनेछ। पुराना मित्रसँगको भेटघाटले मनमा खुसी ल्याउनेछ।

मिथुन राशि:शिक्षा क्षेत्रमा प्रगति हुनेछ। महत्वपूर्ण कार्यको जिम्मेवारी प्राप्त हुनेछ। वाणीमा मिठास बढ्नेछ। व्यवसायमा लाभ हुनेछ। अनुकूल समयले कार्यसम्पादनमा सहजता आउनेछ। स्वास्थ्य सामान्य रहनेछ।

कर्कट राशि:आर्थिक कारोबार गर्दा विशेष ध्यान दिनुहोस्, दिन सामान्य रहनेछ। व्यवसायिक सफलता औसत रहनेछ। यात्रा गर्दा सतर्क रहनुहोस्। मनमा अनेकन चिन्ताले सताउन सक्छ। शेयर बजारमा ठूलो लगानी नगर्नु नै शुभ हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ।

सिंह राशि:कार्यक्षेत्रमा जिम्मेवारी बहन गर्नुपर्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा मन जानेछ। मान–सम्मान बढ्नेछ। बोल्दा विचार गर्नुहोला। जग्गा–जमिनको कारोबारमा सफलता मिल्नेछ। शेयर बजारको लागि पनि दिन शुभ छ।

कन्या राशि:रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। जागिरमा शुभ समाचार प्राप्त हुनेछ। व्यवसायिक सफलता मिल्नेछ। धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। सेवामूलक कार्यमा सफलता मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। विद्यार्थीका लागि दिन शुभ रहनेछ।

तुला राशि:आज पुराना योजनाहरू सफल हुनेछन्। सामाजिक र धार्मिक कार्यमा सरिक हुने अवसर मिल्नेछ। चिताएका कार्यहरू तीव्रगतिमा अघि बढ्नेछन्। मांगलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। दाम, नाम, र प्रतिष्ठा कमाउने समय हो। नजिकका आफन्तसँग भेटघाटमा समय बित्नेछ। सामाजिक सञ्जालमा बोल्दा ख्याल राख्नुहोस्।

वृश्चिक राशि:कार्य शुभारम्भ गर्दा सोचविचार गरेर गर्नुहोला। कानूनी कार्यमा सफलता मिल्नेछ। धैर्य राखेर काम गर्दा लाभ हुनेछ। आफन्तको सहयोगले कार्यसम्पादनमा सहजता आउनेछ। रोकिएका कामले गति लिनेछन्। सामाजिक गतिविधिमा सहभागी हुनुहुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।

धनु राशि:अग्रजको सल्लाहमा गरिएको कार्य सफल हुनेछ। साझेदारीमा गरिएका कार्यले सार्थकता पाउनेछन्। परिवारलाई समय दिनु राम्रो हुनेछ। आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन्। व्यवसायबाट मनग्य आम्दानी हुनेछ। दीर्घकालीन योजनाले सफलता पाउनेछन्। मनोरञ्जनमा दिन बित्नेछ।

मकर राशि:आर्थिक क्षेत्रमा सुधार हुनेछ। परिश्रम अनुसार लाभ प्राप्त हुनेछ। व्यवसाय विस्तारै फड्को मार्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। कृषि क्षेत्रमा पनि सफलता मिल्नेछ। राजनीतिक गतिविधिमा सहभागी भइनेछ। स्वास्थ्य सामान्य रहनेछ। विद्यार्थीका लागि दिन शुभ फलदायक रहनेछ।

कुम्भ राशि:आजको दिन उत्साहपूर्ण हुनेछ। व्यवसायमा मनग्य आम्दानी हुनेछ। प्रतिस्पर्धामा सफलता हात पर्नेछ। पारिवारिक खुशी बढ्नेछ। सोचेअनुरूप कार्य सम्पन्न हुनेछन्। जागिरमा स्थानान्तरणको सम्भावना रहेको छ। विद्यार्थीका लागि दिन शुभ रहनेछ। निर्णय गर्दा विशेष ध्यान दिनुहोस्।

मीन राशि:मित्रको सहयोगले आर्थिक र सामाजिक पक्ष मजबुत हुनेछ। आफन्तसँग मनमुटाव हुनसक्छ, बोल्दा विचार गर्नुहोला। सही समयमा सही निर्णय लिन सकिनेछ। हिम्मतले कार्य गर्दा सफलता मिल्नेछ। परोपकारमा समय बित्नेछ। मान, प्रतिष्ठा, र पदवी प्राप्त हुनेछ। तपाईँको क्षमताको कदर हुनेछ। लगनशील भएर कार्य गर्दा नाफामुखी हुने दिन छ।

ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
ठेगाना: तुलसीपुर, क-लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार