२०८१ माघ ६ गते आइतवार

तपाईँको आजको राशिफल २०८१ मंसिर २२ गते शनिबार



मेष राशि – कार्यक्षेत्रबाट लाभ प्राप्त होला। व्यवसायमा सफलता मिल्नेछ। सोचेअनुरुप कार्य बन्नाले मन प्रसन्न रहला। दिन रमाइलोसँग बित्नेछ। पारिवारिक जमघट होला। अधुरा कार्यहरू सुचारु हुनेछन्।

वृष राशि – बेचैनी हटेर जानेछ। रोकिएका कार्यहरू पुनः सुचारु होलान्। कारोबारमा सहजता बन्नाले मन हर्षित हुनेछ। जग्गा-जमिनको कार्य गर्दै हुनुहुन्छ भने आज शुभ रहेको छ। मनका विकारहरू हट्नेछन्। पुराना मित्रसँगको मिलनले मन प्रसन्न रहला।

मिथुन राशि – कार्यक्षेत्रमा सतर्क रहनुहोला। प्रतिस्पर्धीहरू सल्बलाउने छन्। विरोधीहरू सल्बलाउनेछन्। परिश्रमअनुसार लाभ प्राप्त नहुँदा मन खिन्न होला। नकारात्मक विचारबाट बचेर कार्य गर्नुहोला। स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्नेछ। व्यवसायमा केही सफलता मिल्नेछ।

कर्कट राशि – धैर्यताले कार्य गर्दा शुभफल प्राप्त होला। नकारात्मक सोचबाट बचेर काम गर्दा लाभ हुनेछ। लापरवाह वाणीले दुख दिन सक्छ। समाजमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीका लागि आज उत्साहपूर्ण दिन रहेको छ। कानुनी कार्यमा सजग रही कार्य गर्दा सहजता हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्ला।

सिंह राशि – एकपछि अर्को जिम्मेवारी थपिनेछ। अलिक बोझ थपिँदा थकानको महसुस होला। कर्जा दिनका लागि आज उपयुक्त रहने छैन। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। वाणीमा मिठास बढ्नेछ। आफू अनुकूल समय रहनाले कार्य सम्पादनमा सहजता छाउला। स्वास्थ्यलाई लिएर चिन्ता बढ्नेछ।

कन्या राशि – पारिवारिक भेटघाट तथा मित्र मिलन होला। आर्थिक पक्ष बलियो हुनेछ। आत्तिएर कुनैपनि निर्णय नगर्नुहोला। व्यवसायिक सफलता मध्यम रहला। यात्रा गर्दा सतर्क रहनु होला। पारिवारिक सुख प्राप्त हुनेछ। विद्यार्थीका लागि आज दिन शुभ रहेको छ। तपाईँको कार्यकुशलताको प्रशंसा चल्नेछ। योजनाहरू पूर्ण हुनाले मन प्रसन्न हुनेछ।

तुला राशि – कार्यक्षेत्रमा सम्मान मिल्नेछ। पारिवारिक माहोल बन्नेछ। आर्थिक स्रोतहरू बढ्नेछन्। वैदेशिक कार्यहरू सुचारु होलान्। मान-सम्मान बढ्नेछ। बोल्दा अलिक विचार गर्नुहोला। जग्गा-जमिनको कारोबारमा सफलता मिल्नेछ। विद्यार्थीका लागि प्रतिस्पर्धामा सफलता मिल्ला।

वृश्चिक राशि – समाजमा मान-सम्मान मिल्नेछ। कार्यक्षेत्रमा योजना बमोजिम कार्य हुँदा मन खुसी हुनेछ। चिताएका कार्यले सार्थकता प्राप्त गर्नेछन्। दिन रमाइलोसँग बित्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ला। स्वास्थ्यमा भने अलिक ख्याल राख्नुहोला।

धनु राशि – समयमै कार्य सम्पादन गर्न नसक्दा समस्या थपिनेछ। पारिवारिक माहोलमै खर्च हुनेछ। रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्ला। व्यवसायिक सफलता मिल्ला। धार्मिक एवं सामाजिक कार्यमा मन जाला। दैनिक कार्यमा प्रगति हुनेछ।

मकर राशि – शुभ समाचारले मन प्रसन्न होला। सामाजिक प्रतिष्ठा बढ्ला। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्राप्त होला। आज पुराना योजनाहरू सफल हुनेछन्। सामाजिक तथा धार्मिक कार्यमा सरिक भइएला। चिताएका कार्यहरू तीव्ररूपमा अगाडि बढ्नेछन्।

कुम्भ राशि – मित्रहरूबाट धोका पाइने सक्छ। आर्थिक वृद्धि हुनेछ। जोश जाँगर बढ्नेछ। व्यवसायमा सफलता मिल्ला। सामाजिक एवं धार्मिक कृत्यमा सहभागिता भइएला। सोचेजस्तो काम बन्नाले मन प्रसन्न रहला। स्वास्थ्य सुधारोन्मुख होला। उत्तरार्धमा धन खर्च होला। गाडी-मोटर चलाउँदा ख्याल राख्नु होला।

मीन राशि – कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ। रोकिएका कार्य सुचारु हुनेछन्। पारिवारिक स्वास्थ्यलाई लिएर चिन्ता बढ्नेछ। अग्रजको सल्लाहमा गरिएको कार्यले सफलता प्राप्त गर्नेछ। साझेदारीमा गरिएका कार्यले सार्थकता पाउनेछ। आज परिवारलाई समय दिँदा उत्तम रहनेछ। आयर्जनका नयाँ-नयाँ बाटाहरू खुल्नेछन्। देखासिकी गर्ने बानीले धोका प्राप्त होला।

ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क-लाइन, जेसिस चोक, दाङ।

९८४८०६०७९९

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार