मेष राशि-आज पारिवारिक समय लाभदायक हुनेछ। नकारात्मक सोचबाट जोगिनुहोस्। दाम्पत्य जीवनमा केही प्रभाव पर्न सक्छ। आलस्यले गर्दा कार्यमा बाधा आउन सक्छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ।
वृष राशि-प्रतिस्पर्धामा सफलता मिल्नेछ। व्यवसायमा राम्रो आम्दानी हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। दाम र नाम दुवै कमाउने अवसर मिल्नेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। पुराना मित्रहरूसँगको भेटले मन खुशी हुनेछ।
मिथुन राशि-शिक्षा क्षेत्रमा प्रगति हुनेछ। महत्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। बोलीमा मिठास बढ्नेछ। व्यवसायमा लाभ प्राप्त हुनेछ। अनुकूल समय भएकाले कार्यमा सहजता आउनेछ। स्वास्थ्य सामान्य रहनेछ।
कर्कट राशि-आर्थिक कारोबारमा सावधानी अपनाउनुहोस्। दिन सामान्य रहनेछ। व्यवसायिक सफलता मध्यम हुनेछ। यात्रा गर्दा सतर्क रहनुहोस्। मनमा अनेक विचार आउनेछ। शेयर बजारमा ठूलो लगानी नगर्नु नै राम्रो हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ।
सिंह राशि-कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा मन लाग्नेछ। मानसम्मान बढ्नेछ। बोल्दा विचार गर्नुपर्नेछ। जग्गा-सम्पत्ति कारोबारमा सफलता मिल्नेछ। शेयर बजारका लागि पनि शुभ दिन हुनेछ।
कन्या राशि-रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। नोकरीमा शुभ समाचार प्राप्त हुनेछ। व्यवसायिक सफलता मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। दैनिक काममा प्रगति हुनेछ। सेवामूलक कार्यमा सफलता प्राप्त हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। विद्यार्थीका लागि शुभ दिन हुनेछ।
तुला राशि-पुराना योजनाहरू सफल हुनेछन्। सामाजिक तथा धार्मिक कार्यमा सहभागी भइनेछ। चिताएका कार्यहरू तीव्र रूपमा अघि बढ्नेछन्। मांगलिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। दाम, नाम र प्रतिष्ठा कमाउने समय छ। नजिकका आफन्तसँग भेटघाट हुनेछ। सन्तानको स्वास्थ्यप्रति चिन्ता बढ्न सक्छ।
वृश्चिक राशि-नयाँ लगानीका लागि उपयुक्त समय छैन। कार्य सुरु गर्दा विचार गरेर अघि बढ्नुहोस्। कानुनी मामिलामा सफलता मिल्नेछ। धैर्य राखेर काम गर्दा राम्रो हुनेछ। आफन्तको सहयोगले काम सहज हुनेछ। रोकिएका काम अघि बढ्नेछन्। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।
धनु राशि-रिस नियन्त्रण गर्न नसक्दा कार्य बिग्रन सक्छ। अग्रजको सल्लाह अनुसार काम गर्दा सफलता मिल्नेछ। साझेदारीमा गरिएका कामले सार्थकता पाउनेछन्। परिवारलाई समय दिनु राम्रो हुनेछ। आयका नयाँ बाटाहरू खुल्नेछन्। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। मनोरञ्जनमा समय बित्नेछ।
मकर राशि-आर्थिक क्षेत्रमा सुधार हुनेछ। परिश्रम अनुसार लाभ प्राप्त हुनेछ। व्यवसाय विस्तार हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। कृषि क्षेत्र सबल हुनेछ। राजनीतिक गतिविधिमा सहभागिता रहनेछ। विद्यार्थीका लागि शुभ दिन रहनेछ।
कुम्भ राशि-आजको दिन उत्साहजनक रहनेछ। व्यवसायमा राम्रो आम्दानी हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। पारिवारिक सुखद समय बित्नेछ। जागिरेहरूका लागि स्थानान्तरणको सम्भावना छ। विद्यार्थीका लागि शुभ दिन हुनेछ। निर्णय गर्दा सावधानी अपनाउनुहोस्।
मीन राशि-मित्रहरूको सहयोगले आर्थिक र सामाजिक पक्ष बलियो हुनेछ। आफन्तसँग मनमुटाव हुन सक्ने भएकाले बोलीमा ध्यान दिनुहोस्। सही निर्णय लिन सकिनेछ। हिम्मतले काम गर्दा सफलता मिल्नेछ। परोपकारी कार्यमा समय बित्नेछ। मान, प्रतिष्ठा र पदवी प्राप्त हुने दिन हुनेछ।
ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क लाइन, जेसिस चोक, दाङ।९८४८०६०७९९