२०८१ फाल्गुन ६ गते मङ्गलवार

अनेम संघ विजयनगर-१ को अध्यक्षमा सिर्जना थारु चयन



कपिलवस्तु,२५ मंसिर ।

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ विजयनगर गाउँपालिकाको वडा नम्बर १ को वडा कमिटीको अध्यक्षमा सिर्जना थारु चयन हुनुभएको छ । थारुको नेतृत्वमा ४१ सदस्य अनेम संघ वडा कमिटी गठन गरिएको जनाइएको छ ।

जसको उपाध्यक्षमा गिता कोरी, सचिवमा टीका माया थापा, उप-सचिवमा कमला खटिक र चेतमाया सारु सर्वसम्मत रुपमा चयन भएका छन् । अनेम संघले संगठनलाई बलियो बनाउन सबै वडामा वडा कमिटी विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गोपाल बहादुर थापाले संगठनलाई मजबुत बनाउँदै अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । अनेम संघले महिलाको हक अधिकारका लागि विभिन्न समयमा सक्रिय भएर अधिकारका पैरवी गर्दै आएको जिकिर गर्दै समाज परिवर्तन गर्न अनेम संघ महत्त्वपूर्ण भूमिका रहेको अध्यक्ष थापाको भनाइ छ ।

यस्तै नेपाल एमाले जिल्ला कमिटी सदस्य तथा अनेम संघ जिल्ला उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र नेकपा एमाले विजयनगर गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गाहाले नवनिर्वाचित कमिटीका पदाधिकारीलाई शुभकामना तथा बधाई दिँदै संगठनलाई चलायमान बनाउँदै एकताबद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेकपा एमाले विजयनगर गाउँ कमिटी उपाध्यक्ष प्रमिला पौडेल, सचिव गोकर्ण प्रसाद सापकोटा, अनेम संघ विजयनगर गाउँ कमिटीका अध्यक्ष अमृता खड्का लगायतको उपस्थिति रहेको थियोे ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार