२०८३ बैशाख १८ गते शुक्रवार

एमाले तुलसीपुर-४ द्धारा बलाङकेट सहित खेलकुद सामाग्री वितरण



तुलसीपुर, २५ मंसीर ।

नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ कमिटिले दोस्रो वडा अबिधेशनका अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।

कमिटिले वडा अधिवेशनको उद्घाटन कार्यक्रममा सम्मान तथा विभिन्न सामग्री वितरण गरेको छ ।

वडा कमिटिका अध्यक्ष घन बहादुर पुन मगरको अध्यक्षता एवं नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साँस्कृतिक कार्यक्रम, वडा भित्रका ७५ वर्ष माथीका जेष्ठका नागरिकहरुलाई निशुल्क न्यानो बलाङकेट वितरण तथा निशुल्क स्वास्थ्य शिविर, स्थानिय चुनाव २०४९ देखी स्थानिय निर्वाचन २०७४ मा नेकपा एमालेबाट निर्वाचित पुर्व जनप्रतिनिधिहरुलाई सम्मान र पाटी संगठनमा महत्वपुणर् योगदान पुर्‍याएका नेताहरुलाई सम्मान गरिएको छ ।

वडा कमिटिका उपाध्यक्ष कलिभान वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय निर्बाचन आयोगका सदस्य तथा पुर्ब स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसि, प्रदेश कमिटी सदस्य हुकुम बस्नेत , टोप बहादुर घर्ती,नेकपा एमाले प्रदेस कमिटी सदस्य तथा तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्का, पाटी जिल्ला सचिब श्याम डागी, राप्रपा ईकाई सभापति यामलाल पार्ध्ये लगाएतले शुभकामना मन्तव्य ब्यक्त भएको थियो । कार्यक्रमको सहजीकरण संगठीत सदस्य लक्ष्मण विश्वकर्माले गर्नुभएको हाे ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार