मेष राशि
आजको दिन मध्यम फलदायी रहला। आर्थिक पक्ष विस्तारै सुधारिनेछ। राजनीतिक क्षेत्रमा भने सफलता मिल्ने छैन। वैदेशिक कार्यमा ढिलासुस्ती हुनेछ। शत्रुहरू परास्त हुनेछन्। पराक्रम बढ्नेछ। विद्यार्थीहरूका लागि विशेष शुभ दिन रहनेछ।
वृष राशि
चिताएको कार्यले तीव्रता पाउनेछ। भाग्यले साथ दिनेछ। आत्मविश्वास बढ्नेछ। नयाँ कामको सुरुवात हुनेछ। पारिवारिक प्रेममा सुमधुरता छाउनेछ। बेलुका खर्चमा वृद्धि हुने सम्भावना छ।
मिथुन राशि
घरजग्गाको कारोबारमा सफलता मिल्नेछ। बन्धुबान्धवको सहयोगले काममा सहजता आउनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। मान–सम्मान बढ्नेछ। नयाँ सामाजिक तथा राजनीतिक क्षेत्रमा मन जानेछ। मन प्रसन्न रहनेछ।
कर्कट राशि
वित्तीय संस्थाबाट फाइदा हुनेछ। शुभ कर्मको चर्चा हुनेछ। पराक्रम बढ्नेछ। सही समयमा सही निर्णय लिन सकिनेछ। व्यवसायमा केही सफलता मिल्नेछ। मित्रहरूको सहयोगले कार्य सम्पन्न हुनेछ।
सिंह राशि
मालसामान हराउने योग छ। आजको दिन मध्यम फलदायी रहला। सानातिना कुरामा अल्झन पर्ने सम्भावना छ। कार्यमा बाधा अड्चन आउनेछ। स्वास्थ्य विग्रन सक्छ। खर्च बढ्नेछ। बुद्धिको सही प्रयोगले केही सहजता ल्याउनेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउनु होला।
कन्या राशि
सन्तान सुख तथा व्यावसायिक सफलता मिल्नेछ। सामाजिक कार्यमा मन जानेछ। मान–सम्मान उच्च हुनेछ। दाम्पत्य जीवनमा खुसी छाउनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। नाम, प्रतिष्ठा तथा कीर्ति बढ्नेछ।
तुला राशि
महिला वर्गबाट विशेष सहयोग प्राप्त हुनेछ। वाणीमा मिठास छाउँदा प्रशंसित भइनेछ। मिठो भोजनको आनन्द लिने मौका मिल्नेछ। साथीभाइ तथा इष्टमित्रको सहयोग पूर्णरूपमा प्राप्त हुनेछ। तपाईँको कर्मको चर्चा हुनेछ। अन्य क्षेत्रमा राम्रो दिन रहनेछ। स्वास्थ्यमा भने ध्यान दिनुहोस्।
वृश्चिक राशि
एकपछि अर्को अवसर आउनेछ। भाग्यले साथ दिनेछ। तपाईँको बोली नै समाजका लागि पर्याप्त हुनेछ। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक तथा मित्र सहयोगले सहजता आउनेछ। महत्वपूर्ण कार्यको थालनी हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।
धनु राशि
सरकारी निकायसँग सम्बन्धित काम बन्नेछ। समय मध्यम फलदायी रहला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। पूरा हुन थालेका काममा बाधा आउने सम्भावना छ। पारिवारिक साथ प्राप्त हुनेछ। मनमा दुविधा हुनेछ र स्वास्थ्यमा धन खर्च हुने सम्भावना छ।
मकर राशि
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। कूटनीतिक सहयोग प्राप्त हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आफन्तहरूको सहयोगले काममा सहजता हुनेछ। व्यवहारिक फाइदा पनि हुनेछ।
कुम्भ राशि
आदर्श व्यक्तिसँगको सहकार्यले व्यावसायिक सफलता मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरू प्राप्त हुनेछन्। तपाईँको धैर्यता र लगनशीलताले सफलता दिलाउनेछ। मन प्रसन्न हुनेछ। कार्यमा उत्तरदायित्वको कदर हुनेछ। भाग्यले साथ दिनेछ।
मीन राशि
मान–सम्मान बढ्नेछ। सामाजिक कार्यमा प्रेरणा प्राप्त हुनेछ। नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अरूलाई छिट्टै प्रभावित पार्न सकिनेछ। कार्य सम्पादनमा सहजता आउनेछ। पारिवारिक सद्भावमा मिठास छाउनेछ। आत्मबल उच्च रहनेछ।
ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर (क लाइन, जेसिस चोक, दाङ)
९८४८०६०७९९

