२०८२ माघ ३ गते शनिवार

तपाईँको आजको राशिफल २०८१ मंसिर २७ गते बिहिबार



मेष राशि

कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन्। भविष्यको लागि सोचनीय हुनेछ। अध्ययनमा मन जानेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। व्यवसायमा सफलता मिल्नेछ। अधुरा कार्यहरू सुचारु हुनेछन्। कुनै पनि निर्णय गर्दा ख्याल राख्नु होला। नजिकका व्यक्तिहरूले खुट्टा तान्ने प्रयास गर्न सक्छन्।

वृष राशि

व्यवसायिक सफलता मिल्नेछ। अधुरा कार्यहरू सुचारु हुनेछन्। प्रेम सम्बन्धमा मिठास छाउनेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। योजना अनुसार काम बन्नाले मन प्रसन्न हुनेछ। स्वास्थ्यमा भने ख्याल राख्नुपर्नेछ।

मिथुन राशि

आजको दिन मध्यम फलदायी रहनेछ। मित्र वा आफन्तसँग भेटघाटमा समय बित्नेछ। पुराना समस्याहरू सुल्झाउन प्रयास गर्दा सफलता मिल्नेछ। विद्यार्थीका लागि दिन मध्यम फलदायी रहनेछ। जीवनसाथीसँग तालमेल गरेर अगाडि बढ्दा शुभ हुनेछ। स्वास्थ्यमा मध्यमता रहनेछ, खानपानमा ख्याल गर्नुहोला।

कर्कट राशि

वैदेशिक कार्य वा शिक्षामा लगानीले सकारात्मक फल दिनेछ। प्रेमी-प्रेमिका बीच सुमधुर सम्बन्ध कायम हुनेछ। स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला। पति-पत्नीबीच सुमधुर सम्बन्ध हुनेछ। लापरवाह बोलीले दुःख दिन सक्छ, सचेत रहनुहोला।

सिंह राशि

स्वास्थ्य अनुकूल हुनेछ। जीवनसाथीको सहयोगले सहजता अनुभव हुनेछ। कार्यक्षेत्रमा ज्ञान र लगनशीलताको प्रशंसा हुनेछ। रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। कारोबारमा सहजता आउनेछ। मनका विकारहरू हट्नेछन्। पुराना मित्रहरूसँगको मिलनले मन प्रसन्न हुनेछ। ईर्ष्या गर्ने स्वभाव त्याग्दा उचित हुनेछ।

कन्या राशि

धर्मकर्मभन्दा भौतिक विलासितामा मन भुल्नेछ। कार्यक्षेत्रमा सञ्चित धन प्राप्त हुनेछ। आर्थिक कारोबार बलियो हुनेछ। सोचेअनुरूप कार्य अघि बढ्नाले मन हर्षित हुनेछ। व्यवसायमा नयाँ कार्यहरू प्राप्त हुनेछन्। साथीभाइको पूर्ण साथ मिल्नेछ। अनावश्यक विवादबाट बच्नुहोला।

तुला राशि

इच्छित कार्यहरू सिद्ध हुनेछन्। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। धैर्यताले काम गर्दा शुभफल प्राप्त हुनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीका लागि उत्साहपूर्ण दिन हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।

वृश्चिक राशि

कार्यक्षेत्रमा पद प्रतिष्ठा प्राप्त हुनेछ। मित्रहरूको साथ भने पाइने छैन। आत्तिएर कुनै पनि निर्णय नगर्नुहोला। व्यवसायिक सफलता हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। विद्यार्थीका लागि दिन शुभ रहनेछ। तपाईंको कार्यकुशलताको प्रशंसा हुनेछ।

धनु राशि

पारिवारिक रमाइलो जमघट हुनेछ। व्यवसायमा लगानी थप्न उपयुक्त समय हुनेछ। कार्यक्षेत्रमा सम्मान प्राप्त हुनेछ। आर्थिक स्रोतहरू बढ्नेछन्। मान सम्मान बढ्नेछ। बोल्दा विचार गर्नुपर्छ। जीवनसाथीको साथ पाइनेछ। विद्यार्थीका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ। वैदेशिक कार्यको शुभ समाचार सुन्न पाइनेछ।

मकर राशि

आर्थिक तथा भौतिक प्रगति हुनेछ। टाढाका मित्रसँग भेटघाटको सम्भावना हुनेछ। रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। व्यवसायमा सकारात्मकता देखिनेछ। रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। अरूको विश्वासमा पर्दा धोका पाउन सकिन्छ, सचेत रहनुहोला। स्वास्थ्यमा ख्याल गर्नुहोला।

कुम्भ राशि

शुभ समाचारले मन प्रसन्न हुनेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। शेयर बजारमा लाभ हुनेछ। व्यवसायिक सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुनेछ। चिताएका कार्यहरू तीव्र रूपमा अघि बढ्नेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ।

मीन राशि

व्यवसायमा सोचेअनुरूप लाभ नमिल्दा मनमा चिन्ता बढ्न सक्छ। विद्यार्थीका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ। जोश जाँगर बढ्नेछ। सामाजिक तथा धार्मिक कार्यमा सहभागिता जनाइनेछ। स्वास्थ्य सुधारोन्मुख हुनेछ। उत्तरार्धमा धन खर्च हुने सम्भावना छ। गाडी वा मोटर चलाउँदा सावधानी अपनाउनुहोला। दिन मध्यम फलदायी रहनेछ। जागिर वा पेसामा जिम्मेवारी बढ्नेछ।


ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
ठेगाना: तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार