२०८३ बैशाख २० गते आइतवार

तपाईँको आजको राशिफल २०८१ मंसिर २९ गते शनिबार



मेष राशि

नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ। पारिवारिक साथले कार्य सम्पादनमा सहयोग हुनेछ। आर्थिक लगानीमा अलिक सोचविचार गरेर अगाडि बढ्नुहोला। बोलीको प्रभाव बढ्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

वृष राशि

दिन प्रेमिल रहनेछ। नेतृत्व क्षमतामा निखारता छाउला। चिताएका कार्यले पूर्णरूप पाउनेछन्। विशिष्ट व्यक्तिसँगको साथले कार्यमा सहजता प्राप्त होला। साझेदारीमा गरिएको कार्यमा सफलता मिल्नेछ। दिन रमाइलोसँग बित्नेछ।

मिथुन राशि

स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्नेछ। सामान्य चोटपटकको जोखिम रहेकाले सतर्क रहनुहोला। उमङ्ग र उत्साहमा कमी आउला। कार्यमा केही ढिलासुस्ती होला। खर्च बढ्नेछ। निर्णय गर्दा अलिक ख्याल राख्नु होला।

कर्कट राशि

शिक्षा क्षेत्रमा प्रगति हुनेछ। नयाँ कार्यको थालनी होला। लामो समयदेखि रोकिएका कार्यले तीव्रता पाउनेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ। आफ्नो इच्छाअनुसार समय बित्नेछ। सोचेअनुसार कार्य अघि बढ्नाले मनमा हर्ष छाउनेछ। स्वास्थ्यमा ख्याल राख्नु होला ।

सिंह राशि

व्यक्तिगत जीवनलाई सन्तुलन राख्नु पर्नेछ। हर्ष उल्लासमा दिन बित्नेछ। चिताएको कार्यले तीव्रता प्राप्त गर्नेछ। सोचेअनुसार सफलता प्राप्त हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नुका साथै मानसम्मान प्राप्त होला। पारिवारिक सुख प्राप्त हुनेछ।

कन्या राशि

अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्। वैदेशिक कार्यले तीव्रता पाउनेछ। अरूलाई छिटो प्रभावित पारेर कार्य सम्पन्न गर्न सकिनेछ। पारिवारिक सुख प्राप्त होला। खानपानमा भने अलिक ध्यान दिनु पर्नेछ। सामान्य स्वास्थ्य बिग्रनाले मन अशान्त रहनेछ।

तुला राशि

खानपानमा अलिक ध्यान दिनु पर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नुहोला। चञ्चलता बढ्नाले काममा बाधा उत्पन्न होला। नोकरी वा पेशामा शत्रु बढ्नेछन्। बोल्दा अलिक ख्याल गर्नु होला। व्यवसायमा भने सोचेअनुसार सफलता मिल्ने छैन।

वृश्चिक राशि

साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोगले जुनसुकै कार्य पनि सहज हुनेछ। व्यवसायमा मनग्य आम्दानी बढ्नेछ। धार्मिक एवं सांस्कृतिक कार्यमा सहभागिता हुनेछ। आँटेका कार्यहरू सफल हुनेछन्। प्रेमसम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति हुनेछ।

धनु राशि

दैनिक कार्यमा सफलता मिल्नेछ। आफन्तको साथ प्राप्त हुनेछ। तपाईँको लगनशीलताले नै कार्य सम्पादनमा सहजता ल्याउनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले अझै सहजता होला। दिन शुभफलदायक रहेको छ। पारिवारिक स्नेहले मनमा आनन्द उत्पन्न हुनेछ। व्यवसायमा सफलता मिल्नेछ।

मकर राशि

कुटुम्बको साथले दिन रमणीय बन्नेछ। कार्यमा केही चुनौती रहन सक्छ, तर अग्रजको साथले सहजै सम्पन्न हुनेछ। वैदेशिक क्षेत्रका अधुरा कार्यहरू अघि बढ्नेछन्। व्यवसायले विस्तारै गति लिनेछ। प्रेमी-प्रेमिका बीच सम्बन्ध सुमधुर हुनेछ।

कुम्भ राशि

शत्रु पराजित हुनेछन्। चल-अचल सम्पत्ति जोड्न उपयुक्त समय रहेको छ। तर, फजुल खर्चले मनमा चिन्ता उत्पन्न हुनेछ। प्रेमसम्बन्धमा बाधा उत्पन्न होला। व्यावसायिक सफलता मिल्नेछ। दिन रमणीय हुनेछ ।

मीन राशि

मङ्गलकार्यको योजना बन्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ। आज मनमा शान्ति मिल्नेछ। उत्साह र उमङ्गमा दिन बित्नेछ। प्रशस्तान्न भोजन प्राप्त होला। शुभकर्मको चर्चा चल्नेछ। दिन आनन्दमय रहनेछ। रोकिएका अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्।

ज्योतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
तुलसीपुर क.लाइन, जेसिस चोक, दाङ।
९८४८०६०७९९

प्रकाशित मिति : २०८१ मङ्सिर २९ गते शनिवार