मेष राशि
साहस र पराक्रम बढ्नेछ। निर्णयात्मक क्षमतामा वृद्धि हुनेछ। नोकरी वा पेशामा पद र प्रतिष्ठा प्राप्त होला। कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन्। व्यवसायमा सफलता मिल्नेछ। नजिकका व्यक्तिले खुट्टा तान्ने कोसिस गर्नेछन्। अनावश्यक वादविवादबाट बच्नुपर्नेछ।
वृष राशि
बोलिमा मिठास बढ्नेछ। सञ्चित धन वृद्धि हुनेछ। व्यवसायमा सफलता मिल्नेछ। अधुरा कार्यहरू सुचारु हुनेछन्। प्रेम सम्बन्धमा मिठास छाउनेछ। मिष्टान्न भोजन प्राप्त हुनेछ। सामाजिक र धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। योजना अनुसार काम हुँदा मन प्रसन्न हुनेछ। स्वास्थ्य सबल रहनेछ।
मिथुन राशि
चञ्चलता बढ्नाले काम बिग्रन सक्छ। पारिवारिक विवादहरू सुल्झनेछन्। उत्साह बढ्नेछ। धार्मिक कार्यमा रुचि रहनेछ। मित्र वा आफन्तसँग भेटघाटमा समय बित्नेछ। पुराना समस्याहरू समाधान गर्दा सफलता मिल्नेछ। स्वास्थ्य मध्यम रहनेछ, खानपानमा विशेष ध्यान दिनुहोला।
कर्कट राशि
खर्च नियन्त्रण गर्न नसक्दा चिन्ता बढ्न सक्छ। लगानीका लागि उपयुक्त समय होइन। विद्यार्थीका लागि समय अनुकूल हुनेछ। वादविवादबाट बच्नुपर्छ। कानुनी समस्याबाट मुक्ति मिल्नेछ। कार्य गर्दा एकदमै ध्यान दिनुहोस्। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ, लापरवाहीले दुःख दिन सक्छ।
सिंह राशि
कार्य अधुरो छाडेर अन्यत्र नलाग्दा राम्रो हुनेछ। व्यवसायमा सफलता मिल्नेछ। स्वास्थ्य अनुकूल रहनेछ। जीवनसाथीको सहयोगले सहजता हुनेछ। कार्यक्षेत्रमा ज्ञान र लगनशीलताको प्रशंसा हुनेछ। कारोबारमा सहजता आएसँगै मन हर्षित हुनेछ। पुराना मित्रहरूसँगको भेटले मन प्रसन्न रहनेछ।
कन्या राशि
पेशा वा नोकरीमा उच्च अधिकारीबाट सम्मान प्राप्त हुनेछ। कार्यक्षेत्रमा सञ्चित धन प्राप्त हुनेछ। आर्थिक कारोबार बलियो हुनेछ। योजना अनुसार कार्य अघि बढ्नाले मन हर्षित हुनेछ। व्यवसायमा नयाँ कार्यहरू हात लाग्नेछन्। साथीभाइको पूर्ण साथ मिल्नेछ। दिन प्रेमिल हुनेछ।
तुला राशि
भाग्यले पूर्ण रूपमा साथ दिनेछ। इच्छाएको काम सिद्ध हुनेछ। जीवनसाथीको सल्लाहअनुसार अघि बढ्दा राम्रो हुनेछ। व्यवसायमा सफलता मिल्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीका लागि उत्साहपूर्ण दिन रहनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।
वृश्चिक राशि
कार्यक्षेत्रमा पद र प्रतिष्ठा प्राप्त हुनेछ। साथीभाइको सहयोगले कार्य सहज हुनेछ। आर्थिक पक्ष बलियो रहनेछ। आत्तिएर कुनै निर्णय नगर्नुहोस्। व्यवसायिक सफलता हुनेछ। अनलाइन कार्य गर्नेहरू सजग रहनुपर्छ। पारिवारिक सुख मिल्नेछ। विद्यार्थीका लागि दिन शुभ रहनेछ। कार्यकुशलताको प्रशंसा हुनेछ।
धनु राशि
कार्यक्षेत्रमा सहयोगको कमी हुनेछ। व्यवसायमा लगानी बढाउन उपयुक्त समय छैन। आर्थिक स्रोतहरू बढ्नेछन्। मान-सम्मान बढ्नेछ। बोल्दा विचार पुर्याउनुहोस्। जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ। विद्यार्थीका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ। वैदेशिक कार्यका शुभ समाचारहरू सुन्न पाइनेछ।
मकर राशि
सन्तानको प्रगतिले मन प्रसन्न हुनेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। रोकिएका कार्यहरू पुन: सुचारु हुनेछन्। व्यवसायमा केही सकारात्मकता देखिनेछ। रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। स्वास्थ्य सुधारोन्मुख हुनेछ।
कुम्भ राशि
रोकिएका कार्यहरू सुरु हुनेछन्। कानुन विपरीत कार्य गर्दा दुःख पाइने सम्भावना भएकाले सावधान रहनुहोस्। साथीभाइसँगको सम्बन्धमा समस्या आउन सक्छ। व्यवसायमा सफलता मिल्नेछ। चाहेका कामहरू तीव्र रूपमा अघि बढ्नेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ।
मीन राशि
अत्यधिक महत्वाकांक्षाले पारिवारिक समस्या बढ्न सक्छ। विद्यार्थीका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ। जोश र जाँगर बढ्नेछ। सामाजिक तथा धार्मिक कृत्यमा सहभागी भइनेछ। योजना अनुसार काम हुँदा मन प्रसन्न हुनेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस्।
ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
ठेगाना: तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

