मेष राशि – कार्यक्षेत्रलाई लिएर यात्रा हुनेछ। व्यवसायमा सफलता मिल्नेछ। सहयोगीको साथले हरेक क्षेत्रमा सफलता प्राप्त हुनेछ। रचनात्मक कार्यमा सरिक भइएला। बौद्धिक व्यक्तिसँगको संगतले स्तर वृद्धि हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ।
वृष राशि – संगीतको क्षेत्रमा विशेष उन्नति हुनेछ। विद्यार्थीहरूको लागि विशेष लाभदायक दिन रहनेछ। पुरुषार्थ बढ्नेछ। दिन प्रेमिल रहनेछ। चिताएका कार्यहरू पूर्णरूपमा सम्पन्न हुनेछन्। दिन रमाइलोसँग बित्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ।
मिथुन राशि – साहस र पराक्रम बढ्नेछ। प्रतिस्पर्धा वा इन्टरभ्यूमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। आफन्तको सहयोगले मनमा हर्ष छाउनेछ। व्यवसायिक सफलता मिल्नेछ। प्रशासनिक तथा न्यायिक सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा भने ख्याल राख्नु होला।
कर्कट राशि – अपजस सहन गर्नुपर्ने दिन रहेको छ। व्यवसायमा अलि विचार गरेर लगानी गर्दा उपयुक्त हुनेछ। विरोधीहरू सक्रिय हुनेछन्। आर्थिक कारोबारमा सोचेअनुरूप सफलता प्राप्त हुने छैन। खानपानमा विशेष ख्याल गर्नुहोस्, स्वास्थ्य बिग्रन सक्छ।
सिंह राशि – मांगलिक कार्यमा सहभागी हुने दिन रहनेछ। अरूलाई आवश्यकता भन्दा बढी सल्लाह नदिनु नै उपयुक्त हुन्छ। वाणीको प्रभाव बढ्नेछ। कलाको क्षेत्रमा मन रमाउनेछ। आर्थिक सुधार हुनेछ। चिताएका कार्यले तीव्रता प्राप्त गर्नेछ। सोचेअनुरूप सफलता प्राप्त हुनेछ।
कन्या राशि – कार्यक्षेत्रमा नयाँ जिम्मेवारी सम्हाल्नु पर्नेछ। हिम्मतका साथ काम गरे सफलता पनि प्राप्त हुनेछ। अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्। पारिवारिक प्रेम बढ्नेछ। कार्यक्षेत्रमा मान- सम्मान बढ्नेछ। शेयर लगानीबाट मनग्य आम्दानी हुनेछ।
तुला राशि – प्रेम सम्बन्ध प्रगाढ हुनेछ। दिन प्रेममय रहनेछ। नयाँ कार्यका योजनाहरू बन्नेछन्। आर्थिक पक्षमा सुधार आउनेछ। कृषकहरूको लागि आज उत्तम दिन रहनेछ। धार्मिक संघ-संस्था वा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ।
वृश्चिक राशि – काम गर्दा अलिक आत्मविश्वास बढाएर गर्नुपर्नेछ। राजनीतिक कार्यमा सोचेअनुरूप सफलता मिल्ने छैन। आर्थिक तथा व्यवसायिक पक्षमा पनि सोचेअनुरूप सफलता नपाइनेछ। कृषि वा पशुधनमा क्षति हुन सक्छ। सामान हराउन सक्छ, विशेष ख्याल गर्नु होला।
धनु राशि – आत्मविश्वास पूर्ण हुनेछ। वैदेशिक कार्यमा सफलता मिल्नेछ। सामाजिक सेवामा मन लाग्नेछ। मान- सम्मान बढ्नेछ। शैक्षिक प्रगति हुनेछ। शुभ समाचारले मनमा हर्ष छाउनेछ। रमाइलो यात्रा हुनेछ।
मकर राशि – कार्यक्षेत्रमा संघर्षपूर्ण समय हुनेछ। आँटेका कार्यमा बाधा उत्पन्न हुनेछ। अलिक झमेलामा पर्ने सम्भावना छ। प्रतिस्पर्धी सफल हुनेछन्। व्यवसायमा भने सफलता प्राप्त हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। प्रेमी-प्रेमिकाबीच सुमधुर सम्बन्ध बन्नेछ।
कुम्भ राशि – मान, प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ। तपाईंको क्षमताको कदर हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। व्यवसायिक सफलता प्राप्त हुनेछ। चिताएका कार्यले तीव्रता प्राप्त गर्नेछन्। मन प्रसन्न रहनेछ। सन्तानको स्वास्थ्यमा ख्याल गर्नु होला।
मीन राशि – चुनौतीको सामना गर्दै अघि बढ्नुपर्नेछ। कार्यमा बाधा-व्यवधान आए पनि कार्य सम्पादन भने हुनेछ। बुद्धिको विकासले जटिल समस्या समाधान हुनेछ। कार्यक्षेत्रमा अनावश्यक भय रहनेछ। स्वास्थ्यमा ख्याल राख्नु होला। हिम्मत बढ्नाले हरेक कार्यमा सहजता हुनेछ।
वास्तु टिप्स –पूजा स्थल कुन दिशामा बनाउँदा शुभ हुन्छ त? पूजा स्थल सकेसम्म पूर्व-उत्तर दिशामा बनाउनु पर्छ। उत्तर वा पूर्व फर्केर पूजा गर्दा अत्यन्तै शुभ हुन्छ। पूजा स्थलमा कुनै पनि एकै भगवान्का धेरै तस्वीर वा मूर्ति राख्न नहुने वास्तुशास्त्रले बताउँछ। उदाहरणका लागि, दुई-तीनवटा गणेश, देवी, शिव आदि राख्नाले नकारात्मक ऊर्जा पैदा हुन्छ।
ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
तुलसीपुर, क-लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

