२०८१ फाल्गुन ६ गते मङ्गलवार

आचार्यको १७ औँ स्मृति दिवसमा भोलि विभिन्न कार्यक्रम हुने



दाङ, २ पुस ।
दंगाली बाम आन्दोलनका नेता श्रीमणि आचार्यको १७ औँ स्मृति दिवसमा भोलि विभिन्न कार्यक्रम हुने भएका छन् ।

दिवसको अवसरमा भोलि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मालेडाँडामा रहेको श्रीमणी पार्कमा निशुल्क स्वास्थ्य शिविरदेखि विभिन्न साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

दिवसको अवसरमा हुने शिविरमा महिला प्रजनन र आँखा स्वास्थ्यबारे नि स् शुल्क जाँच हुने तुलसीपुर-११ का वडा अध्यक्ष मान बहादुर रावतले बताउनुभयो । उहाँले आम नागरिकलाई शिविरमा स्वास्थ्य जाँच गराउन आग्रह समेत गर्नुभएको छ ।

उहाँका अनुसार दिवसको अवसरमा भलिवल प्रतियोगिताको समेत आयोजना गरिएको छ । यस्तै दिवसका अवसरमा विभिन्न साँस्कृति कार्यक्रमको समेत आयोजना गरिएको उहाँले बताउनुभयो ।

नेकपा एमाले तुलसीपुर-११ नम्बर वडा कमिटीको आयोजनामा नि स् शुल्क शिविर तथा साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।

स्वर्गिय आचार्यको वडा नम्बर ११ मालेडाँडामा शालिक निर्माण गरी पार्क समेत बनाएको वडा अध्यक्ष रावतले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार