२०८३ बैशाख २० गते आइतवार

तपाईँको आजको राशिफल २०८१ पुस ३ गते बुधबार



मेष राशि
कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ। दाम र नाम दुवै कमाउने अवसर मिल्नेछ। कार्यमा उच्च अधिकारीहरूको सहयोगले सहजता हुनेछ। आत्मविश्वास बढ्नेछ। आफन्तसँगको भेटघाटले मन खुसी हुनेछ। अध्ययन-शिक्षामा रुचि बढ्नेछ।

वृष राशि
वाणीको प्रभाव बढ्नेछ। मान-प्रतिष्ठा वृद्धि हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। व्यवसायमा सफलता मिल्नेछ। चिताएको काममा तीव्रता प्राप्त हुनेछ। दिन प्रेमिल रहनेछ।

मिथुन राशि
हत्तारमा लिइएको निर्णयले नकारात्मक असर गर्न सक्छ। दैनिक काम केही खर्चिलो हुनेछ। आर्थिक समस्याले मन बेचैन बनाउन सक्छ। संघर्षअनुसार सफलता नपाउँदा मन खिन्न हुनेछ। व्यवसायमा सोचेअनुसार सफलता मिल्ने छैन। व्यक्तिगत जीवनमा सन्तुलन राख्न जरुरी हुनेछ।

कर्कट राशि
धार्मिक तथा सामाजिक काममा मन आकर्षित हुनेछ। दैनिक काममा प्रगति हुनेछ। सेवामूलक काममा सफलता मिल्नेछ। रचनात्मक काममा सरिक भइनेछ। पारिवारिक सद्भाव वृद्धि हुनेछ। सेयर बजारबाट लाभ हुनेछ। बौद्धिक क्षमताको वृद्धि हुनेछ।

सिंह राशि
साथीभाइबाट हौसला प्राप्त हुनेछ। नाम र प्रतिष्ठा कमाउने अवसर हुनेछ। नयाँ योजनाहरू बन्नेछन्। आफन्तहरूसँग भेटघाटमा समय बित्नेछ। चिताएको काम पूरा हुनेछ। दिन रमाइलो रहनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। विद्यार्थीका लागि शुभ दिन।

कन्या राशि
धैर्यपूर्वक काम गर्न सके फाइदा हुनेछ। खानपानमा विशेष ध्यान दिनुहोस्। आफन्तको सहयोगले काममा सहजता मिल्नेछ। रोकिएका काम अघि बढ्नेछन्। धार्मिक काममा रुचि बढ्नेछ। कृषकका लागि फलदायी दिन हुनेछ। दिन रमाइलो हुनेछ।

तुला राशि
स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन्। व्यवसायबाट राम्रै लाभ हुनेछ। दीर्घकालीन योजनाहरूले सार्थकता पाउनेछन्। मनोरञ्जनमा समय बित्नेछ। माङ्गलिक काममा सहभागी हुने अवसर मिल्नेछ। स्वास्थ्यमा भने ख्याल राख्नुपर्छ।

वृश्चिक राशि
सामाजिक मान-प्रतिष्ठा वृद्धि हुनेछ। वाणीको प्रभाव बढ्नेछ। लेनदेनमा सतर्क रहँदा लाभ हुनेछ। साझेदारीमा गरिएको काम सफल हुनेछ। विद्यार्थीका लागि लाभदायक दिन। सेयर बजारबाट फाइदा हुनेछ। नयाँ योजनाहरू बन्नेछन्।

धनु राशि
आजको दिन आय-व्यय र सुख-दुःख बराबरी हुने देखिन्छ। निर्णय गर्दा विशेष ध्यान दिनुहोस्। पेटसम्बन्धी समस्या सताउन सक्छ। दिन सोचेभन्दा संघर्षपूर्ण हुनेछ। आर्थिक पक्ष बलियो बनाउन आफन्तको साथ आवश्यक हुनेछ।

मकर राशि
दिन शुभ फलदायी रहनेछ। मित्रहरूको सहयोगले काम सजिलै सम्पन्न हुनेछ। कला, साहित्य, र संगीतमा रुचि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। आर्थिक सवलताले मन प्रसन्न हुनेछ। व्यवसायमा केही सफलता मिल्नेछ। नयाँ योजनाले मनमा आनन्द ल्याउनेछ।

कुम्भ राशि
नयाँ कामको सुरुवात हुनेछ। वाणीको प्रभावले अरूलाई प्रभावित गर्न सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू खुल्नेछन्। शुभकार्यको चर्चा हुनेछ। सामाजिक सेवामा रुचि जाग्नेछ। आदर्श व्यक्तिहरूसँग सहकार्य हुनेछ। मान-प्रतिष्ठा वृद्धि हुनेछ। सौखिनताले खर्च बढ्ने सम्भावना छ।

मीन राशि
सही समयमा सही निर्णय लिन सकिनेछ। परोपकारमा समय बित्नेछ। शुभ समाचार सुन्न पाइनेछ। मान-प्रतिष्ठा र पदवी प्राप्त गर्ने दिन। तपाईँको क्षमताको कदर हुनेछ। पारिवारिक सद्भाव वृद्धि हुनेछ। व्यवसायमा केही चुनौती थपिनेछ।

ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क.लाइन, जेसिस चोक, दाङ ।

 

 

प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार