२०८३ बैशाख २० गते आइतवार

दाङमा १७ औं श्रीमणि स्मृति दिवस विविध कार्यक्रमसहित मनाइयो



दाङ,३ पुस ।

नेकपा एमाले जिल्ला कमिटीकाे आयाेजनामा सत्राै श्रीमणि स्मृति दिवस मनाइएकाे छ । नेकपा एमाले दाङका उपाध्यक्ष मनाेहर बुढाथाेकीकाे अध्यक्षता एवम् केन्द्रीय सदस्य काेमल वलीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि काेमल वलीले श्रीमणि आचार्यले राजनीति,शिक्षा र सामाजिक कार्यमा विशेष याेगदान दिएकाे बताउनुभयाे ।उहाँले आचार्यकै याेगदानले यस क्षेत्रमा महत्वपूर्ण कार्य भएकाे बताउनुभयाे ।

कार्यक्रमका विशिष्ट तुलसिपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले आचार्यकाे दाङकाे कम्युनिष्ट आन्दाेलनमा महत्वपूर्ण याेगदान रहेकाे बताउनुभयाे । उहाँले आचार्य सबैका सामु निकै लाेकप्रिय रहेकाे बताउनुभयाे ।
समृति सभाकाे सञ्चालन नेकपा एमाले दाङका  सचिवालय  सदस्य मानबहादुर रावतले गर्नुभएकाे थियाे ।

स्मृति दिवसकै अवसरमा नेकपा एमाले वडा न ११ वडा कमिटीकाे वडा अधिवेशन,आँखा शिविर र भलिबल प्रतियाेगिता आयाेजना गरिएकाे वडा कमिटी अध्यक्ष भागीराम चाैधरीले बताउनुभयाे ।

वडा अधिवेशनकै अवसरमा जेष्ठ नागरिक,पूर्व जनप्रतिनिधिलाई सम्मान गरिएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि,विशिष्ट अतिथिले श्रीमणीकाे शालिकमा माल्यार्पण गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार