मेष राशि
मानसिक दवाव महसुस हुनेछ। दिन मध्यम फलदायी रहनेछ। पति–पत्निमा मनमुटाव हुन सक्छ। अनावश्यक चिन्ता उत्पन्न हुने सम्भावना छ। स्वास्थ्यमा ख्याल राख्नुहोस्। धैर्यताले कार्य गर्दा सहजता हुनेछ।
वृष राशि
बन्धुबान्धवको सहयोगले कार्य सम्पादनमा सहजता मिल्नेछ। शुभ कार्यको चर्चा चल्नेछ। रोकिएका कार्य पुनः सुचारु हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कूटनीतिक सफलता प्राप्त हुनेछ। पारिवारिक जीवनमा भने मतभेद सृजना हुन सक्छ। स्वास्थ्यमा सजगता अपनाउनुहोला।
मिथुन राशि
नयाँ कार्यका योजनाहरू बन्नेछन्। आफन्त तथा साथीभाइको सहयोग प्राप्त हुनेछ। आँटेका कार्यहरू पूरा हुनेछन्। मान–सम्मान वृद्धि हुनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। दिनको उत्तरार्धमा स्वास्थ्यमा खटपट हुन सक्छ।
कर्कट राशि
आफ्नो इच्छाअनुसार समय बिताउन सकिनेछ। मनमा शान्ति छाउनेछ। सोचेअनुरूप कार्य अगाडि बढ्दा मनमा हर्ष उत्पन्न हुनेछ। आर्थिक लाभ हुनेछ। पारिवारिक जमघटले आनन्द मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ।
सिंह राशि
आत्मबलमा कमी आउने सम्भावना छ। मनमा द्विविधा उत्पन्न हुन सक्छ। नयाँ योजनाहरू कार्यान्वयन गर्न कडा मेहनत गर्नुपर्नेछ। खानपानमा ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नुहोला। अनावश्यक खर्च बढ्नेछ। स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला।
कन्या राशि
रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। मनमा हर्ष छाउनेछ। व्यक्तिगत कार्यमा तीव्रता आउनेछ। मित्रबाट सहयोग प्राप्त हुनेछ। महत्वपूर्ण कार्यको थालनी हुनेछ। रोजगारीका अवसरहरू मिल्नेछन्। पेशा र व्यवसायमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव प्राप्त हुनेछ।
तुला राशि
प्रतिस्पर्धा बिना नै फाइदा हुने समय छ। सामाजिक कार्यमा संलग्न भइनेछ। बौद्धिक विकास हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। मनमा उत्साह छाउनेछ। वाणीको प्रभाव बढ्नेछ। गरेका कार्यहरूमा सफलता मिल्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।
वृश्चिक राशि
सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। पुनर्मिलनको योग रहेको छ। आँटेका कार्यहरू सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति हुनेछ। आफन्तजनसँगको भेटघाटले पारिवारिक सुमधुरता कायम हुनेछ।
धनु राशि
महत्वपूर्ण कार्यमा अवरोध आउन सक्छ। आर्थिक समस्या उत्पन्न हुने सम्भावना छ। मनमा भय उत्पन्न हुन सक्छ। सोचेअनुरूप काम बन्न मुस्किल होला। नाक, कान, घाँटीको सामान्य समस्याले सताउन सक्छ। प्रेम सम्बन्धमा बाधा उत्पन्न हुने सम्भावना छ।
मकर राशि
पारिवारिक सुख र शान्ति प्राप्त हुनेछ। अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभ समाचार सुन्न पाइनेछ। आयआर्जनका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउनेछ। पारिवारिक साथ प्राप्त हुनेछ। दिनको उत्तरार्धमा खर्च बढ्न सक्छ। स्वास्थ्यमा ख्याल गर्नुहोला।
कुम्भ राशि
जोस, जाँगर र हिम्मत बढ्नेछ। धर्मकर्म तथा सामाजिक कार्यमा मन जानेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। रमाइलो यात्राको सम्भावना हुनेछ। धैर्य र लगनशीलताले नयाँ अवसरहरू प्रदान गर्नेछन्। पारिवारिक सद्भाव मिल्नेछ। कुनै कुराले भ्रममा पार्न सक्छ, चनाखो हुनुहोस्।
मीन राशि
विश्वास गरेका व्यक्तिबाट पूर्ण सहयोग प्राप्त हुनेछ। मनमा शान्ति मिल्नेछ। उत्साह र उमंगका साथ दिन बित्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। मिष्ठान्न भोजनको अवसर हुनेछ। शुभकर्मको चर्चा हुनेछ। दिन आनन्दमय रहनेछ।
ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ।
९८४८०६०७९९

