२०८३ बैशाख २० गते आइतवार

तपाईँको आजको राशिफल २०८१ पुष ७ गते आइतबार



मेष : दिन अनुकूल रहनेछ। व्यापारमा गरेको प्रयास सफल हुनेछ। शिक्षामा गरेको मेहनतको सकारात्मक नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। चिसोबाट बच्न सावधान रहनुहोला। राज्यको तर्फबाट सेवाका अवसर प्राप्त हुनेछन्।

वृष : अचानक नराम्रा शब्द सार्वजनिक हुन सक्ने भएकाले कम बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारबाट विश्वासघात हुने सम्भावना छ। पूर्वतर्फको लामो यात्रा नगर्नु उचित हुनेछ। विदेशमा लगानीप्रति आकर्षण बढ्ने समय छ।

मिथुन : बन्धुसँगको कारोबारबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा केही ढिलासुस्ती हुनसक्छ। परिवारको सुझावलाई प्राथमिकता दिएमा उत्साह थपिनेछ। साथीहरूको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ।

कर्कट : शुभग्रहहरूको प्रभावले दिन राम्रो हुनेछ। सानो दान गरेर दिन सुरु गर्दा फाइदा हुनेछ। विपक्षीहरू शान्त हुने भएकाले योजनाहरू पूरा गर्न सजिलो हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

सिंह : दिन सहज रहनेछ। आज गरेका कामले दीर्घकालसम्म फाइदा पुर्‍याउनेछन्। काम गर्दा सतर्कता अपनाउनु पर्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। राज्य सेवामा अवसर प्राप्त हुनसक्छ। परिवारमा खटपट हुनसक्ने भएकाले जिम्मेवारीप्रति सचेत रहनुहोला।

कन्या : दिन राम्रो हुनेछ। दैनिक कार्य सहजै सम्पन्न हुनेछन्। सानो कुराले मन अशान्त भए पनि प्रिय व्यक्तिसँगको भेटले शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग रमाइलो समय बिताउने मौका मिल्नेछ। घुमफिरको अवसर प्राप्त हुनेछ।

तुला : चन्द्रमाको अनुकूल स्थितिले आम्दानी बढ्नेछ। साना कुरामा अल्झिनुभन्दा महत्त्वपूर्ण कार्यमा ध्यान दिनु उपयुक्त हुनेछ। शिक्षामा गरेको प्रयासले सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : अढैया शनि भए पनि शुभग्रहहरूको प्रभावले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। दाजुभाइसँगको सहकार्यले उन्नति हुनेछ। खानपानमा लापरबाही नगर्नुहोला, चिसोबाट बच्न सावधान रहनुहोला। परिवारप्रति कर्तव्य निर्वाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ।

धनु : दिन सकारात्मक छ। धन आर्जनका अवसरहरू प्राप्त हुनेछन्। निजी क्षेत्रमार्फत अघि बढ्दा लाभ हुनेछ। सरकारी पदमा हुनुहुन्छ भने बढुवा हुने सम्भावना छ। उपचारमा सुधार आउनेछ। साथीहरूसँगको भेटघाटले मन प्रफुल्ल हुनेछ।

मकर : दिन सामान्य रहनेछ। साथीभाइबाट आक्रमणको सम्भावना छ। सहकर्मीभन्दा बाहिरका व्यक्तिबाट प्रशंसा प्राप्त हुनेछ। पूर्वतर्फको लामो यात्रा नगर्नु उचित हुनेछ। धार्मिक व्यक्तिहरूसँगको भेटले मन शान्त हुनेछ। बिहान पिपलको दर्शन गरे दिन सहज हुनेछ।

कुम्भ : मध्य साढेसाती भए पनि शुभग्रहहरूको सहयोगले काम बन्नेछ। धार्मिक व्यक्तिसँगको परामर्श लाभदायक हुनेछ। स्वास्थ्यमा लापरबाही नगर्नुहोला। औषधि नियमित नलिए समस्या बढ्न सक्छ। साथीहरूको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : सुरुवाती साढेसातीको प्रभावले सानातिना कुरामा तनाव बढ्नसक्छ। बोली र व्यवहारमा सन्तुलन राख्नु आवश्यक छ। खानपानमा समस्या हुने सम्भावना छ। प्राविधिक शिक्षामा गरेको लगानीले लाभ दिनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क-लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार