
मेष राशि:समयअनुसार योजनाहरू बन्नेछन्। राजनीतिक सफलता मिल्नेछ। आर्थिक पक्ष बलियो हुनेछ। अतिथिको स्वागत सत्कार गर्नुपर्नेछ। व्यवसायिक सफलता प्राप्त हुनेछ। सम्मानजनक आतिथ्यता प्राप्त हुनेछ।
वृष राशि:रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। धार्मिक यात्रा हुनेछ। आर्थिक कारोबारमा सफलता मिल्नेछ। पारिवारिक साथले मन प्रसन्न रहनेछ। कूटनीतिक सफलता मिल्नेछ। व्यवसायमा मनग्य आम्दानी हुनेछ।
मिथुन राशि:स्वास्थ्यमा समस्या आउन सक्छ। आर्थिक संकट उत्पन्न हुन सक्छ। शरीरमा आलस्य छाउनेछ। व्यवसाय सोचेअनुरूप सफल हुनेछैन। बोल्दा विचार पुर्याउनु होला। सामान चोरी हुने वा हराउने सम्भावना छ।
कर्कट राशि:आज महत्वपूर्ण कार्यको थालनी हुनेछ। शत्रुहरू पराजित हुनेछन्। अधुरा कार्यहरू पूरा हुनेछन्। राज्यबाट सम्मान प्राप्त हुनेछ। वित्तीय संस्थाबाट फाइदा हुनेछ। कृषकहरूको लागि आजको दिन सफलतादायी रहनेछ। मित्रहरूको सहयोगले कार्य सम्पन्न हुनेछ।
सिंह राशि:रोजगारीका अवसर प्राप्त हुनेछन्। रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। आफ्नै प्रयासमा कार्य सम्पन्न हुनेछन्। दिन मध्यम फलदायी रहनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। दैनिक कार्यहरूमा सफलता मिल्नेछ। बुद्धिको सही प्रयोगले कार्यमा सहजता आउला।
कन्या राशि:केही उपहार प्राप्त गर्ने समय रहेको छ। गरेका कार्यहरूमा सफलता मिल्नेछ। सोचेअनुरूप कार्यले तीव्रता पाउनेछ। आफन्तको साथ र सहयोगले सहजता छाउनेछ। व्यवसाय राम्रो रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
तुला राशि:लगनशीलतामा कमी आउन सक्छ। स्वास्थ्यमा धन खर्च हुनेछ। सुखदुःख, हाँसोखुशी, लाभहानि बराबरी हुनेछन्। आत्मबल बढाएर अगाडि बढ्नुपर्ने दिन रहेको छ। झिना मसिना कार्यमा अल्झिएर समय व्यतीत हुनेछ। नाक, कान, र घाँटीको समस्या आउन सक्छ।
वृश्चिक राशि:कला तथा संगीतमा रुचि बढ्नेछ। आँटेका कार्यहरू पूरा हुनेछन्। धर्मकर्ममा मन लाग्नेछ। शुभ कर्मको चर्चा चल्नेछ। आज भाग्यले साथ दिनेछ। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक तथा मित्रहरूको सहयोगले सहजता मिल्नेछ।
धनु राशि:धर्मकर्म तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। शुभ समाचार सुन्न पाइनेछ। धन र प्रतिष्ठा प्राप्त हुनेछ। आयआर्जनका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउँदै जानेछ। पारिवारिक साथ प्राप्त हुनेछ। वाणीमा मिठास छाउनेछ। कुटुम्ब वृद्धि हुनेछ।
मकर राशि:धैर्य र लगनशीलताले अवसरहरू प्रदान गर्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक सद्भाव मिल्नेछ। सट्टापटामा गरिएका कार्यले पूर्णता पाउनेछन्। दिन प्रेमिल हुनेछ। स्वास्थ्यमा सजगता अपनाउनु होला।
कुम्भ राशि:मनमा अनेक विचार बढ्नाले अशान्ति छाउनेछ। नयाँ कार्य गर्दा सोचविचार गरेर अगाडि बढ्नु होला। आजको दिन लाभहानि, आयव्यय, र दुःखसुख बराबर हुनेछ। निर्णय क्षमतामा कमी आउन सक्छ। आर्थिक क्षेत्रमा कठिनाइ हुनेछ। स्वास्थ्यमा ख्याल राख्नु होला।
मीन राशि:आज कार्यमा सोचेअनुरूप सफलता मिल्नेछ। नयाँ काम सुरू गर्न सकिने समय छ। मान-सम्मान बढ्नेछ। सामाजिक कार्यमा प्रेरित भइनेछ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। कार्य सम्पादनमा सहजता हुनेछ। पारिवारिक सद्भावमा मिठास आउनेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नु होला।
ज्योतिषाचार्य तथा वास्तु विद् -माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क-लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९